चैत २०, काठमाण्डौ। विश्वमा कोरोनाभाइरसको प्रभाव बढ्दै गइरहेको छ। यसले विशेष गरेर काम गरेर खाने श्रमिक वर्गलाई प्रभाव पारिरहेको छ।
कोरोनाले करोडौँ श्रमिकको रोजीरोटी खोसिएकाले यसले विश्वमा आर्थिक संकट निम्त्याउने अन्तर्राष्ट्रिय श्रम संगठनले ९आर्ईलओ० चेतावनी दिएको छ। आईएलओका अनुसार कोरोनाको प्रभावले गर्दा विश्वका २।५ करोड मानिसले रोजगार गुमाउनेछन्।
अमेरिकाको तीनवटा विश्वविद्यालयमा गरिएको एक अध्ययनअनुसार महामारीले श्रम बजारलाई नराम्ररी प्रभावित पार्नेछ। महामारीले गर्दा पुरुषभन्दा महिलाले आफ्नो रोजगारी गुुमाउनुुपर्ने देखिएको अनुुसन्धानमा जनाइएको छ। अनुसन्धानअनुसार विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुले काम गुमाउनुपर्ने हुन सक्छ।
सन् २००८ को आर्थिक संकटभन्दा बेग्लै रहेको यो महामारीले अर्थतन्त्रमा पनि फरक प्रभाव पार्ने देखिएको छ। नर्थवेस्ट युनिभर्सिटीका प्रोफेसर मेथियास डोएपेकका अनुसार १० वर्ष पहिले अमेरिकामा उत्पन्न भएको आर्थिक संकटको बेला महिलाभन्दा पुुरुषले आफ्नो रोजगारी गुमाएका थिए। सन् २००८ को आर्थिक संकटको बेला निमार्ण क्षेत्र र उत्पादनमूलक क्षेत्र विशेष गरेर प्रभावित भएका थिए, जुन पुरुष प्रधानक्षेत्र हुन्। तर यतिबेला अवस्था पहिलेभन्दा ठिक उल्टो छ।
डोएपेकका अनुुसार कोरोनाले निम्ताएको यो मन्दीले विशेष गरेर होटल व्यवसाय, रिटेल र पर्यटनजस्ता क्षेत्रहरु सबैभन्दा बढी प्रभावित भएका छन्। यी क्षेत्रहरुमा धेरैजसो महिलाहरु संलग्न छन्। तर यो क्षणिकमात्रै हुुनेछ। समय बित्दै जाँदा महिला समानताको कानुनले गर्दा योग्य महिलाहरुले काम पुन पाउन सक्नेछन्।