Advertisement
Advertisement
Advertisement
Advertisement

शैक्षिक कानूनमा बालअधिकार अनिवार्य समावेश गर्न सुझाव

  |      12:24:00   |  
Symbolic Image
Symbolic Image

काठमाडौँ, १६ फागुन  । बालबालिकाको गुणस्तरीय सिकाइका लागि उनीहरुको सुरक्षा पहिलो शर्त भएकाले शिक्षाका कानून तर्जुमा गर्दा बालअधिकार संरक्षणका सवाल अनिवार्यरुपमा समावेश गर्न सुझाव दिइएको छ ।
राष्ट्रिय बाल संरक्षण सञ्जाल (एनसिपिए)द्वारा आज आयोजित ‘शिक्षा ऐन र बाल संरक्षण’ विषयक परामर्शमा जनप्रतिनिधि, सरकारी अधिकारी र अधिकारकर्मीले विद्यालय र घरपरिवारमा समेत विभेद र हिंसा जारी रहेकाले त्यस्ता उलङ्घनकर्तालाई कानूनी कारवाही गराउन माग गरेका हुन् । बालविवाह अझै अन्त्य हुन सकेको छैन भने सडक बालबालिकाको समस्या कायमै छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् बीना श्रेष्ठले शिक्षा र बालअधिकारको सही कार्यान्वयनविना समृद्ध नेपाल निर्माण सम्भव नहुने भएकाले सोका लागि संसद्मा भूमिका खेलिने बताउनुभयो ।

नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले शिक्षा र बालअधिकारका क्षेत्रमा नीतिनियम बनाउन उदार भए पनि कार्यान्वयनमा कमजोर स्थिति रहेको बताउँदै विद्यालय बालबाललिका असुरक्षितरुपमा पढ्न विवश भएको बताउनुभयो । बालिकालाई विद्यालयमा सेनेटरी प्याड उपलब्ध हुन थाले पनि फेर्नका लागि अलग्गै कोठा अभाव भएको जनाउँदै उहाँले पाठ्यक्रममै बालअधिकारका सवाल समावेश गर्न माग गर्नुभयो । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुल्सीप्रसाद थपलियाले बालबालिको गुणस्तरीय शिक्षाका लागि सुरक्षित वातावरण पहिलो शर्त भएकाले त्यसको प्रबन्धका लागि सबै तहका सरकार र सरोकार भएका पक्ष लाग्नुपर्ने बताउनुभयो ।

मानवाधिकारकर्मी गौरी प्रधानले भावी शिक्षा ऐनका लागि सरोकार भएका पक्षको सुझावका आधारमा बालअधिकारका विषयलाई सहीरुपमा सम्बोधन भए बालबालिका सुखी हुने र त्यसले समृद्ध नेपालको आधार खडा गर्ने बताउनुभयो । 

बाल अधिकारकर्मी तारक धितालले शिक्षा र बालअधिकारसँग सम्बन्धित नीतिनियम र निर्देशिकाबीचको समानता कायम गरी अधिकारको सही कार्यान्वयका लागि स्थानीय तहलाई क्रियाशील बनाउन सुझाव दिनुभयो ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) का अध्यक्ष नरेन्द्र डङ्गोलले विद्यालय शान्ति क्षेत्र विभिन्न राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले विद्यालयमा राजनीतिक हस्तक्षेप र बन्द, हड्ताल नगरी बालअधिकारको निर्वाध प्रयोगका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । एनसिपिएका अध्यक्ष रितु भट्टले बालअधिकारको व्यवहारिक कार्यान्वयनका लागि सम्बन्धित संस्थाको सहकार्यमा कार्यक्रम अघि बढाइने जनाउनुभयो ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement