Advertisement
Advertisement
Advertisement
Advertisement

शिशुलाई गाईवस्तुको दूध भन्दा आमाको दूधनै अमूल्य उपहार: पोषणविद्

  |      13:35:00   |  
web image
web image

मंसिर २८, काठमाडौं ।  आधुनिक महिलाहरु शिशुलाई आफ्नो दूध खुवाउन त्यति रुचि गर्दैनन् । त्यसैले स्तनपानको विकल्प खोज्छन् । यसलाई सहज बनाइदिएको छ, फर्मुला मिल्कले । बजारमा पाइने फर्मुला मिल्क नै आफ्नो शिशुको भोक मेट्छन् ।

कतिपयले गाईवस्तुको दूध पनि खुवाउने गरेका छन् । तर आमाको दूध बराबर अरु केही छैन । आमाको दूध शिशुको लागि अमूल्य उपहार हो । यसको कुनै विकल्प छैन ।

हरेक शिशु र आमाको प्रकृति फरक-फरक हुन्छ । कुनै पनि शिशुको लागि आफ्नै आमाको दूध खास हुन्छ । किनभने शिशुको शारीरिक एवं मानसिक आवश्यकता अनुसार आमाको दूध आउने गर्छ । यसले शिशुको भोक-प्यास मात्र मेट्दैन, उसको शारीरिक एवं मानसिक विकासका लागि सम्पूर्ण पोषण पनि प्रदान गर्छ ।

त्यसैले एक आमाको दूध पनि अर्को शिशुका लागि त्यति उपयुक्त हुँदैन । एउटा आमाको दूधमा जुन पोषक तत्व हुन्छ, ठ्याक्कै त्यही पोषक तत्व अर्को शिशुमा हुँदैन । यसर्थ आफ्ना शिशुलाई आमाले नै स्तनपान गराउनुपर्छ । अरु कुनै पनि खाद्य तत्वले शिशुलाई जरुरी दूधको पूर्ति गर्दैन ।

फर्मुला मिल्कले शिशुको एन्टीबडीमा योगदान दिंदैन

सम्भव भएसम्म दुई वर्षसम्म आफ्नो शिशुलाई नियमित आमाले नै स्तनपान गराउनुपर्छ । तर कतिपय अवस्थामा आमाको दूध नआउन सक्छ । स्तनपान गराउन कठिन हुनसक्छ । स्तन क्यान्सर भएको स्थितिमा, दूध नै नआएको स्थितिमा के गर्ने त रु

आमाको दूधबाट शिशुलाई चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त हुन्छ । यसमा आमाको स्वास्थ्य अवस्थाले भने फरक पार्न सक्छ । आमा स्वस्थ छिन्, पर्याप्त आराम पाएकी छन्, शान्त छिन् र खानपान राम्रो छ भने दूधमा सम्पूर्ण पोषण प्राप्त हुन्छ ।
यसैको विकल्पमा मात्र फर्मुला मिल्क बनाइएको हो । आमाको दूधमा पाइने पोषक तत्वलाई आधार मानेर नै फर्मुला मिल्क उत्पादन गरिएको हुन्छ । आमाको दूधमा कति प्रोटिन, भिटामिन, खनिज, फ्याट छ, त्यसैको संयोजन गरेर निश्चित मापदण्ड अनुसार फर्मुला मिल्क तयार गरिन्छ । यसले शिशुलाई पोषण त दिन्छ । आफ्नै आमाको दूधले जस्तो एन्टीबडी बनाउनमा योगदान दिंदैन ।

फर्मुला मिल्क लिंदा उच्च लिक्विड प्रोटिन भएको लिनुपर्छ । आमाको दूधमा लिक्विड प्रोटिन ७० प्रतिशत हुन्छ, जसले शिशुको शारीरिक विकास गर्न र कब्जियत हुन नदिन भूमिका खेल्छ ।

गाईवस्तुको दूध दिनु हुँदैन

सम्भव भएसम्म एक वर्षभन्दा कम उमेरको शिशुलाई गाईवस्तुको दूध दिनु हुँदैन । विश्व स्वास्थ्य संगठनले त दुई वर्षसम्म पनि गाईवस्तुको दूध नदिनु भनेको छ । यद्यपि हाम्रो एसियाली मुलुकमा गाईवस्तुको दूध दिंदा बच्चा बलियो हुन्छ भने भ्रम छ ।

वास्तवमा गाईवस्तुको दूध यसकारण नदिनु भनिएको हो कि त्यो गाईवस्तुको बाच्छाको लागि बनेको हो । उक्त दूध मान्छेको शिशुले पचाउन सक्दैन ।

गाईको बाच्छा ५० दिनमा दोब्बर तौलको हुन्छ । जबकि मान्छेको बच्चाको तौल ६ महिनामा मात्र दोब्बर हुन्छ । आमाको दूधमा पाउने प्रोटिनभन्दा तीन गुणा उच्च प्रोटिन, फ्याट गाईको दूधमा पाइन्छ । त्यसैले गाईवस्तुको दूध खुवाउँदा शिशुको पाचन प्रणाली अपरिपक्व भएकाले पचाउन सक्दैन । पछि मिर्गौलामा समस्या हुनसक्छ । प्रोटिन एलर्जी हुनसक्छ ।

जब शिशु दुई वर्षका हुन्छन्, तब अन्य खानासँगै गाईको दूध पनि खुवाउन सकिन्छ ।

आमाको दूधमा के पाइन्छ ?

आमाको दूधमा ९० प्रतिशत पानी हुन्छ । त्यसैले ६ महिनासम्मको शिशुलाई पानी नदिनु भनिन्छ । पानीबाहेक प्रोटिन, फ्याट, आमाको एन्टीबडी, खनिज, क्याल्सियम, भिटामिन बी २, भिटामिन ए, डी र ईसहित फस्फोरस, म्याग्नेसियम, आयोडिन तथा धेरै खनिज र बोसो तथा ऊर्जा दूधबाट प्राप्त हुन्छ ।

आमाको नियमित स्तनपान गर्ने शिशुमा सुगरको जोखिम ४० प्रतिशत कम हुने, कानको मध्यकानमा हुने संक्रमण ५० प्रतिशत जोखिम कम हुने, छातीको संक्रमण र चिसो लाग्ने समस्या कम गराउनेदेखि ब्लड क्यान्सरको जोखिम समेत न्यून हुने विभिन्न अध्ययनले देखाएको छ । त्यसबाहेक दुईदेखि चार महिनाको शिशु वा एक वर्षभन्दामुनिका उमेरका शिशुमा देखिने आकस्मिक नवजात मृत्यु सिन्ड्रोम (एसआईडीएस) को ३५ प्रतिशत जोखिम कम हुन्छ ।

आमाको दूध कुन उमेरसम्म नियमित खुवाउनुपर्छ ?

शिशु जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र दिनुपर्छ । त्यसपछि सकेसम्म दुई वर्षसम्म दूध खुवाउनुपर्छ । दुई वर्षपछि पनि दूध राम्रो आइरहेको खण्डमा दिन सकिए राम्रो मानिन्छ ।

कति खेर आमाको दूध दिने ?

शिशुले माग्ने बित्तिकै दूध दिनुपर्छ । उसले रुने, कराउने, नसुत्ने अवस्थामा दूध खुवाउनुपर्छ । त्यो भोक लागेको संकेत हो ।

सम्पूर्ण पोषण

आमाको दूधबाट शिशुलाई चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त हुन्छ । यसमा आमाको स्वास्थ्य अवस्थाले भने फरक पार्न सक्छ । आमा स्वस्थ छिन्, पर्याप्त आराम पाएकी छन्, शान्त छिन् र खानपान राम्रो छ भने दूधमा सम्पूर्ण पोषण प्राप्त हुन्छ ।

बच्चा दुई वर्षको पुगुञ्जेलसम्म आमाले पोषणयुक्त खानेकुरा खाएको छैन, सन्तुलित भोजन गरिएको छैन, तनावग्रस्त जीवन बिताइरहेको अवस्थामा भने दूध पूर्ण रुपमा पोषिलो नहुन सक्छ ।

स्तनपानको समस्या भएमा

दूध नै नआउने वा निप्पल नै भित्र पसेको कारण बच्चाले स्तनपान नै गर्न सक्दैनन् । त्यसको पनि विकल्प हुन्छ । त्यस्तो अवस्थामा चिकित्सकले पनि कसरी निप्पललाई तान्न मिल्छ भन्ने विधि सिकाउनु हुन्छ ।

उनीहरुले आमाको दूध विभिन्न तरिकाले तानेर बच्चालाई पनि दूध चुसाउन प्रोत्साहन गर्नुपर्छ । बच्चाले नचुस्दा दूध आउँदैन र विस्तारै दूध सुक्दै जाने हुन्छ । त्यसैले निप्पल भित्र छ, कठिन छ भनेर अभ्यास नै नगराउँदा पनि स्तनपानबाट शिशु वञ्चित भएका छन् ।

स्तनपान गर्ने आमाको खानपान

चिकित्सक र पोषणविद्हरुले यो खाने र त्यो नखाने भनेर निश्चित केही तोकेका हुँदैनन् । तर समाजअनुसार आ-आफ्नो विश्वास हुन्छ । यो खान हुँदैन, त्यो खान हुँदैन भनेर भन्ने गरिन्छ र त्यो मानिन्छ पनि जसमा कुनै सत्यता नहुन सक्छ । चिसो गराउने खानेकुरा, फ्रिजमा हुने खानेकुरा सिधा खाँदा बच्चालाई पनि चिसो लाग्छ । त्यसैले यी कुरामा ध्यान दिनुपर्छ । खानेकुरा नै केही बार्नुपर्छ भन्ने हुँदैन ।

फलफूलमा भिटामिन, खनिजहरु एक समयमा खानुपर्छ । मेथी, मुसुरोको दाल, ज्वानोको झोल, ड्राइ फ्रुट्स, दूधमा सेवाइ र ड्राइ फ्रुट्स राखेर पनि खाँदा दूध उत्पादनमा मद्दत गर्छ । सुत्केरीले सकेसम्म दिनको पाँच टाइम कार्बोहाइड्रेट, फ्याट, भिटामिन, आइरन, खनिज जस्ता पोषक तत्व सन्तुलित रुपमा मिलाएर खानु राम्रो हुन्छ ।

ह्युमन मिल्क बैंक विकल्प मात्र

आमाको दूध खान असम्भव भएको अवस्थालाई मध्यनजर गरेर नै यो ह्युमन मिल्क बैंक ल्याइएको हो । यो आमाको दूध नै भण्डारण गरिएको हुन्छ । अरु आमाको दूध स्वीकार्छ स्वीकार्दैन त्यो बच्चामा पनि भर पर्छ । हरेक आमा र सन्तानको प्रकृति र आवश्यक फरक-फरक भए पनि आफ्नो आमाको दूध खान नपाउने अवस्थामा भन्दा अन्य आमाको दूधबाट पूर्ति गर्न सक्नु एउटा राम्रै उपाय हो । ह्युमन मिल्क बैंकको दूध खुवाउँदा भने आमासँगको आत्मीयतामा कमी आउँछ ।

स्तनपान गराउँदा आमालाई पनि लाभ

धेरैले नबुझेको कुरा के भने स्तनपान गराउँदा आमालाई फाइदा हुन्छ भन्ने । जबकि यसले आमालाई पनि उत्तिकै फाइदा गर्छ । पहिलो त शिशुसँग बलियो सम्बन्ध स्थापित गराउन मद्दत गर्छ । त्यस्तै, स्तनपान गराउँदा आमाको तौल कम हुँदै जान्छ ।

अध्ययनहरुले पाठेघर र स्तन क्यान्सरको जोखिम स्तनपान नगराउनेको भन्दा निकै कम हुन्छ । बच्चालाई दैनिक दूध खुवाइरहेको छ भने त्यसले प्राकृतिक गर्भनिरोधकको काम समेत गर्छ।

स्तनपान नगराउँदा ब्लड कोलेस्टेरोल उच्च हुन्छ भने स्तनपान गराउनेमा यो नियन्त्रणमै हुन्छ । आमामा हर्मोनल परिवर्तनले पोस्टमार्टम डिप्रेसन पनि हुन्छ । त्यो सबै बच्चाको क्रियाकलाप, स्तनपान गराउदै जाँदा, बच्चालाई हेर्दा त्यो कम हुँदै जान्छ ।

तथ्यांकले के बताउँछ ?

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको तथ्यांकले नेपालमा स्तनपान गराउनेको संख्या तुलनात्मक रुपमा घट्दै गएको देखाएको छ । तथ्यांकअनुसार सन् १९९६ मा ७६ प्रतिशत आमाले स्तनपान गराएका थिए । सन् २००६ मा आइपुग्दा ५३ प्रतिशत, २००१ मा ६८ प्रतिशत, २०११ मा बढेर ७० प्रतिशत, २०१६ मा ६६ प्रतिशत छ भने २०२२ सम्म घटेर ५६ प्रतिशत मात्रै रहेको छ । जसले स्तनपान गराउनेको संख्या घट्दो रहेको पाइन्छ ।

त्यस्तै, २०२२ मा २३ महिनासम्मका एक हजार ९२६ शिशुमध्ये ५५.३ प्रतिशत शिशुले जन्मिएको एक घण्टाभित्रै स्तनपान गरेका थिए । त्यस्तै, ६ महिनाको ५२७ बच्चामध्ये ५६.५ प्रतिशत शिशुमा पर्याप्त स्तनपान गराएको देखिन्छ ।

(पोषणविद् देवजूसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

                                                    स्रोत - अनलाइनखबर 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement