Advertisement
Advertisement
Advertisement
Advertisement

शनिबार थपिने सङ्क्रमितको सङ्ख्या ५८४ पुग्यो

  |      17:02:00   |  
शनिबार थपिने सङ्क्रमितको सङ्ख्या ५८४ पुग्यो

जेठ १०, काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा थप ३६ जना कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बैतडी, बाँके, झापा, बर्दिया र सुर्खेतमा गरी ३६ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित हुनेहरुको संखया ५८४ पुगेको छ । 

शुक्रबार बिहान पनि ३२ नयाँ संक्रमित थपिएका थिए । योसहित शुक्रबार बिहान र दिउँसो गरी देशमा ६८ नयाँ संक्रमित थपिएका छन् । 


डा। देवकोटाका अनुसार ३३ नयाँ संक्रमितमध्ये सेती अस्पतालको आइसोलेसनमा रहेका बैतडी शिवनाथ गाउँपालिका ४ जना रहेका छन् । उनीहरु २० वर्षका २ जना, २२ वर्षका एकजना र २७ वर्षका एक पुरुष रहेका छन् । भारतबाट आएका उनीहरुको आरडिटी परीक्षण पोजिटिभ देखिएपछि पीसीआर गरिएको थियो र सो क्रममा समेत पोजिटिभ रिपोर्ट आएको हो । 

यस्तै, विराटनगरस्थित कोशी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा झापा गाउँपालिका झापाको डिल्लीराज मावि क्वारेन्टाइनमा बसिरहेका एक ३३ वर्षीय पुरुषमा समेत संक्रमण फेला परेको छ । 

राप्ति अस्पतालमा गरिएको परीक्षणको क्रममा बाँकेको नरैनापुर मदरसका १७ देखि ३२ वर्षका ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बाँकेको नरैनापुर ३ स्थित राष्ट्रिय प्रावि गेगलीस्थित क्वारेन्टनाइनमा रहेका १५ जना पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ३२ वर्ष उमेरका रहेका बताइएको छ । 

नरैनापुर १, महातनियाको क्वारेन्टाइनमा बस्दै आएका ६ पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । उनीहरुको उमेर २२ देखि ५० वर्ष रहेको छ । 

यस्तै, बर्दियाको बढैयाताल ७ का एक १९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण फेला परेको छ । 

यस्तै, सुर्खेतमा समेत एक महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

हालसम्म नेपालमा कोरोना संक्रमण बिस्तार भएका जिल्ला संख्या ४१ पुगेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement