Advertisement
Advertisement
Advertisement
Advertisement

व्यवसायमा लैङ्गिक समानता प्रवर्द्धन

  |      10:31:00   |  
Web Image
Web Image

साउन १२ ,काठमाडौं । व्यवसायिक क्षेत्रमा लैङ्गिक समानता सुदृढ गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमन नेपालले यूएन ग्लोबल कम्प्याक्ट नेपालसँग सहकार्य गर्दै एक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा महिला सशक्तीकरण सिद्धान्तमा आबद्ध विभिन्न व्यवसायिक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
उक्त प्रशिक्षण कार्यक्रममा ‘जेंडर ग्याप एनालिसिस टुलको प्रयोगबारे व्यावहारिक अभ्यास गराइएको थियो। यस उपकरणमार्फत संस्थाहरूले आफ्ना कार्यस्थलमा रहेको लैङ्गिक असमानताको अवस्था मूल्याङ्कन गर्न र त्यसलाई न्यूनीकरण गर्ने ठोस रणनीति पहिचान गर्न सक्नेछन्।
कार्यक्रममा सहभागीहरूलाई ध्भ्एक का सिद्धान्तहरूको परिचय गराइनुका साथै कार्यस्थलमा समान अवसर सुनिश्चित गर्न अपनाउनुपर्ने नीति तथा अभ्यासबारे विस्तृत जानकारी दिइएको थियो। व्यावहारिक अभ्यास, अन्तरक्रियात्मक छलफल तथा प्रश्नोत्तर सत्रमार्फत सहभागीहरूले सिकेका कुरालाई आफ्ना संस्थामा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा स्पष्ट मार्गदर्शन पाएका थिए।
आयोजकका अनुसार, निजी क्षेत्रले लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसका लागि प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्नु आवश्यक रहेकोमा जोड दिइएको थियो। कार्यक्रममा सहभागी संस्थाहरूले समान अवसर, समावेशी वातावरण र सुरक्षित कार्यस्थल निर्माणतर्फ सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस पहलले नेपालमा निजी क्षेत्रलाई थप जिम्मेवार र समावेशी बनाउँदै महिला तथा पुरुष दुवैका लागि समान अवसर सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। आयोजकहरूले ‘लैङ्गिक समानता केवल सिद्धान्त मात्र नभई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने अभ्यास हो’भन्ने सन्देशसमेत दिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement