Advertisement
Advertisement
Advertisement
Advertisement

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘शंकाकै’ भरमा विमानस्थलबाटै फर्काइँदै

  |      16:39:00   |  
web imege
web imege

असार २८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै मेनपावर व्यवसायीले असन्तुष्टि पोखेका छन् । अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शंकाकै भरमा श्रमिकलाई फर्काउन थालेको उनीहरुको आरोप छ ।

वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन अधिकृतको ‘मुड’को भरमा उनीहरूलाई फर्काउन थालिएको व्यवसायी बताउँछन् ।

गएराति पौने ११ बजे सलाम एयरबाट वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको हो । त्यस्तै बिहीबार बिहान ६ बजे कुवेत एयरबाट जान लागेका १६ जनालाई समेत फर्काइएको छ ।

इन्डेक्स म्यानपावरबाट ४७ जना, युथ म्यानपावरबाट ३२ जना, निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना कुवेत जान लागेका थिए । उनीहरू सबैले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

वर्किङ भिसा, टिकट, श्रम स्वीकृति लगायतका कागजात हुँदा हुँदै पनि अनुसन्धान अधिकृतले शंका लागेको कारण देखाउँदै धमाधम फर्काउन थालेको व्यवसायीको भनाइ छ । अध्यागमन कार्यालयले भने वैदेशिक रोजगारीका लागि जान लागेका उनीहरूको कागजात शंकास्पद भन्दै रोकेको जनाएको छ ।

यसअघि गत आइतबार जोर्डन जान लागेका १५ जनालाई पनि अध्यागमन कार्यालयले रोकेको थियो । पछि उनीहरूले पेस गरेका कागजात सही रहेको पाइएपछि उडेका थिए । 

कम्पनीले नै टिकटको व्यवस्था मिलाएर लैजाने गरेको भए पनि अध्यागमनले रोक्दा अनावश्यक टिकट खर्चको भार बढ्ने व्यवसायीको गुनासो छ । त्यसरी उनीहरूलाई फर्काउँदा मेनपावर व्यवसायीले फेरि पठाउन ९ लाखभन्दा बढी रूपैयाँ खर्च गरेर टिकट काटेको बताइन्छ ।

त्यस्तै आज बिहान समेत फर्काएकाहरू यदि अब जान पायो भने अर्को टिकट काट्नुपर्छ । ‘ननरिफण्डेबल’ टिकटमार्फत कुवेत जान लागेकाहरू अब पुनः टिकट काटेर जानुपर्नेछ । त्यसका लागि लाखौँ रूपैयाँ फेरि खर्च गर्नुपर्ने हुन्छ ।

अध्यागमनको उक्त कार्यको व्यवसायीहरूले चर्को विरोध गर्दै आएका छन् भने अध्यागमनले रोक्ने निर्णयको बचाउ गर्दै आएको छ । अध्यागमन कार्यविधि मापदण्डले तोकेको आवश्यक कागजात पेस नगर्नेहरूलाई रोक्दै आएको अध्यागमनले जनाएको छ ।

अध्यागमक विभागका महानिर्देशक झलकराम अधिकारीले वैदेशिक रोजगारी वा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजात पेस गर्न नसक्नेहरूलाई रोक्दै आएको बताए । अध्यागमन ड्युटी अधिकृतलाई शंका लागेको खण्डमा उसले रोक्न सक्ने अधिकारीको भनाइ छ ।

महानिर्देशक अधिकारीले श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागमा अर्को भिसाको कागजात रहेको पाइएपछि फर्काइएको बताए । घरेलु श्रमिकको रूपमा कुवेतमा जान लागेको पाइएकोले उनीहरूलाई रोक लगाइएको उनले प्रस्ट पारे ।

अध्यागमन कार्यालयले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार सम्बन्धित देशमा जानका लागि प्रस्थान अनुमति दिन नसकेको जनाउँदै आएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले यो विषयमा अध्ययन भइरहेको बताए । ‘अध्यागनबाट दुई खालको भिसा छ भनेको छ । व्यवसायीहरूले श्रम स्वीकृति लिएर जान लागेकाहरूलाई बिना कारण रोकेको भनेका छन् । अध्यागमनलाई हामीले प्रमाण दिनुहोस् भनेका छौं । यदि दुई खालको भिसा रहेको पाइए व्यवसायीलाई कारवाही गर्छौं’ महानिर्देशक दाहालले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमनले व्यवसायीहरूलाई अनावश्यक दुःख दिइरहेको बताए । पछिल्लो समय अध्यागमनले नियतबस नै दुःख दिने काम गर्दै आएको उनको भनाइ छ ।

‘व्यवसायीमार्फत जान लागेका कामदारहरूले श्रम स्वीकृति लिएका छन् । टिकट, भिसा सबै छन् । तर, अध्यागमनका कर्मचारीले मुडको भरमा फर्काइरहेका छन्,’ अध्यक्ष भण्डारीले भने ।

सबै कागजात हुँदा हुँदै पनि अध्यागमनले शंकाको भरमा रोक्ने गरेको भन्दै उनले त्यसबाट हुने क्षतिको कसले क्षतिपूर्ति दिने भन्ने प्रश्नसमेत गरे ।

पछिल्लो समय भिजिट भिसामा जानेहरूको संख्या निकै बढिरहेको छ । भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले एक वर्षको अवधिमा ४ हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाएको छ ।

यस्तो क्रम बढेपछि विमानस्थलमा कडाई गर्दै उनीहरूलाई धमाधम फर्काउन लागेको हो । भिजिट भिसामा जाँदा मानव तस्करीको जोखिममा पर्नसक्ने भन्दै २०७९ वैशाखदेखि हालसम्म ४ हजार भन्दा बढीलाई अध्यागमनले फर्काएको हो ।

यो वर्षको वैशाख यतामात्रै एक हजार ८०० भन्दा बढीलाई फर्काएको अध्यागमनको तथ्यांक छ ।

रातोपाटी

 

 

 

 

 

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement