Advertisement
Advertisement
Advertisement
Advertisement

वृद्ध दम्पतीबाट छोराछोरीलाई कटेरामा राखी स्याहार

  |      14:45:00   |  
वृद्ध दम्पतीबाट छोराछोरीलाई कटेरामा राखी स्याहार
फागुन ४, गौशाला । भनिन्छ बूढेसकालमा बाबाआमाको सहारा छोराछोरी नै हुन्छन् । आमाबाबुले पनि आफ्ना सन्तानको पालनपोषणमा रत्तिभर कसर बाँकी राख्दैनन् । छोरछोरीले पनि बूढेसकालमा आमाबाबाको सहारा बनी उनीहरुप्रति आदर एवं सम्मान प्रकट गर्छन् । छोराछोरी नै पूर्णरूपमा अशक्त भएपछि कसको के पो लाग्छ र रु यस्तै घटनाले पीडित छन् महोत्तरीका एक वृद्ध दम्पती ।
 
बर्दिवास नगरपालिका–८ हात्तीलेटका ७२ वर्षीय बादल बम्जन र उहाँकी ७० वर्षीया श्रीमती धनमायालाई आफ्ना सन्तानको भविष्यको चिन्ताले सताएको छ । शारीरिकरूपले पूर्णरूपमा अशक्त रहेकी ४५ वर्षीया छोरी सुकमाया र ३० वर्षका छोरा मानबहादुरको भविष्यप्रतिको चिन्ताले सताएको हो । भएभरको सारा सम्पत्ति सन्तानको उपचारमा खर्चिए पनि निको हुन नसकेपछि छोराछोरीलाई कटेरोमा थुनेर राख्नुपरेको आमा धनमायाले बताउनुभयो । 
 
“पहिलो सन्तानका रूपमा जन्मिएकी छोरीको लाउँलाउँ खाउँखाउँ उमेर मै मानसिक सन्तुलन गुम्यो, छोरीको उपचारका लागि हरसम्भव प्रयास गरेका थियौँ तर निको हुन सकेन । उपचारक्रममा धामीझाँक्री, अस्पताल, डाक्टर सबै गर्दा पनि छोरीलाई निको पार्न सकिएन,” आमा धनमायाले भन्नुभयो, “छोरीको उपचारकै क्रममा सिन्धुलीको रानीचुरीको घर, खेती, हल गोरु, बाख्रा सबै बिक्यो ।”
 
छोरी निको नभएपछि २० वर्ष अगाडि धनमाया सपरिवार बसाइँ सरी बर्दिवास–८ हात्तीलेटमा आउनुभएको थियो । बादल भन्नुहुन्छ, “भएको सारा सम्पत्ति बेचियो तर छोरी निको हुन सकिन । उपचार गर्न नसकेपछि छोरीलाई २० वर्षदेखि एउटा कटेरोमा कोचेर राखेको छु ।” धनमायाले शुरुशुरुमा छोरीलाई बाँधेर राख्ने गरेको बताउँदै अहिले उसको हालत देखेर रुन मात्र आउँछ भन्दै आँशु खसाल्नुहुन्छ ।
 
यता बादल र धनमायाको एकमात्र छोरा मानबहादुरको अवस्था निकै नै दयनीय छ । छोरीको पीडाले सताएको यो दम्पतीलाई छोराको अवस्थासमेत त्यस्तै भएपछि छोरालाई समेत कटेरोमै कोचेर राख्नुपर्ने बाध्यता छ । छोरा मानबहादुर जन्मिँदा बोल्न नसक्ने मात्र थिए । शारीरिक अवस्था ठीकै थियो तर १२ वर्ष पुगेपछि हिँड्न नसक्ने अवस्था भयो । बोल्न नसके पनि मानबहादुर अरु सबै काम आफैँ गर्थे । “शुरुमा बिरामी भएपछि खर्चको अभावमा छोराको कतै उपचार गराउन सकिएन । जसका कारण अहिले यो अवस्था सिर्जना भएको छ”, बादलले भन्नुभयो ।
 
“छोरो कम्तीमा ठीक भएको भए अलिअलि कमाइ गथ्र्यो, बूढेसकालको सहारा बन्थ्यो तर दैवको लीला सबै सपना चकनाचुर भयो”, बादलले दुःखेसो पोख्नुभयो । उहाँले सम्पत्ति सकिएपछि छोरी ठीक हुने आशामा सात पटकसम्म ठाउँ सर्दै बसेको बताउनुभयो । “बाँसको झिक्राभिक्रीको टाट लगाएको सानो झुपडी र छेउमा दुई अशक्त बिरामी छोराछोरीलाई राख्ने कटेरा नै अहिले हाम्रो सम्पत्ति हो”, उहाँले भन्नुभयो ।
 
धनमायाले भन्नुभयो, “राति उठेर टर्च लिएर यिनीहरूको सेवा गर्छु, आमा हुँ, कसरी मर्न दिउँ रु मर्न दिन सक्दिनँ तर उपचार पनि गर्न सक्दिनँ ।” धनमायाले कटेरामा कोचिएका दुई सन्तान सुकुमाया र मानबहादुरलाई आफ्नै सारीले भए पनि ओढाएर राख्दैआउनुभएको छ । 
 
यस्तो दुःख कष्टपूर्ण जीवन र पारिवारिक अवस्था सबैले देखेको भए पनि कहीँकतैबाट केही सहयोग नपाएको उहाँहरुको गुनासो छ । दुवै सन्तान पूर्ण अशक्त भए पनि अहिलेसम्म अपाङ्गता परिचयपत्र उहाँहरूले बनाउन सक्नुभएको छैन । पशुझैँ दुई सन्तान कटेरामा राखेर पाल्दासमेत स्थानीय सरकारले नदेखेझँै गरेको दम्पतीको गुनासो छ ।
 
सामाजिक अभियानकर्मी नीलबहादुर लुम्रेले उहाँहरूको उपचारको व्यवस्था मिलाउन र सहयोग गर्न स्थानीय सरकार चुकेको बताउनुभयो । ज्येष्ठ नागरिक दम्पतीको आर्थिक अवस्था कमजोर भएकाले पशुको झैँ जीवन बाँच्न बाध्य उहाँहरुका सन्तान सुकुमाया र मानबहादुरको स्थानीय सरकारले उद्धार गर्नुपर्ने उहाँको भनाइ छ । वर्षौंदेखि कटेरोमा थुनेर राखिएका उनीहरूलाई संरक्षण गर्न उपचार पहिलो आवश्यकता भएको लुम्रेले बताउनुभयो ।
 
वडा–८ का वडाध्यक्ष शमशेरसिंह थिङले गत पुसमा इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुखसहितको टोली लगेर नागरिकता बनाइदिएको भन्दै उनीहरूको सामाजिक सुरक्षाभत्ताका लागि पहल गरिरहेको बताउनुभयो । 
रासस 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement