बैशाख २४,काठमाण्डौ । पर्साको वीरगञ्जमा बुधबार थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेका खुलेको छ ।
आइतबार वीरगञ्ज महानगरपालिकाको छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको कन्ट्याक्ट टेसिंगको क्रममा उनका सबै परिवार र उनीसँग सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गरिएको थियो । सो क्रममा ती पुरुषका १७ जना परिवारका सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा एउटै परिवारका २ महिने शिशुदेखि ८६ वर्षका वृद्ध समेत छन् । उनीहरु सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।