Advertisement
Advertisement
Advertisement
Advertisement

विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भीर

  |      17:06:00   |  
विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भीर
चैत २६, गौशाला । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । 
 
मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विष सेवनले दुई वर्षीय छोरा राहुलकुमार रामको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा मङ्गलबार मृत्यु भएको थियो । त्यस्तै विष सेवनका कारण ममताको स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 
 
प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार महिलाका श्रीमान् घरमै रहँदै आएका र पछिल्लो केही समययता श्रीमान्श्रीमतीबीच दिनहुँ घरायसी विषयमा विवाद कायम रहेको समयमा महिलाले तनावमा आई यस्तो कदम उठाएको देखिएको छ । बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement