Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी

  |      11:52:00   |  
विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी

चैत २३, जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाटआइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

सङ्क्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार व्यक्ति हाल उपचारारत छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।  यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ । 

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीसङक्रमित रहेका छन् । 

कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी सङक्रमित छन् । 

कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् । 

जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण १ हजार ४४४ जना, फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ३१३ जना नेदरल्यान्ड्समा १ हजार ६५१ जना र बेल्जियममा १ हजार २८३ जनाको मृत्यु मृत्यु भइसकेको छ । 

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ४५२ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १८३ व्यक्तिको मृत्यु भएको छ ।  
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement