Advertisement
Advertisement
Advertisement
Advertisement

विपन्नलाई निःशुल्क खाद्यान्न

  |      11:14:00   |  
विपन्नलाई निःशुल्क खाद्यान्न
चैत १९, बैतडी । अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहतस्वरूप बैतडीको दोगडाकेदार गाउँपालिका–४ को कार्यालयले निःशुल्क खाद्यान्न वितरण गरेको छ । लकडाउनले मजदुरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका वडाभित्रका ४४ परिवारलाई  मङ्गलवार खाद्यान्न वितरण गरिएको हो । 
 
उनीहरु सबैलाई गरेर १० क्विन्टल ८० किलो चामल  वितरण गरिएको हो । कोभिड–१९ को सतर्कतास्वरूप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरी खानेहरुलाई छाक टार्न समस्या भएपछि खाद्यान्न वितरण गरिएको वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । कम्तीमा १५ दिन पुग्ने गरी परिवार सङ्ख्याका आधारमा चामल वितरण गरिएको उहाँले बताउनुभयो । यस्तै आज पनि वडामा बाँकी रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने उहाँले बताउनुभयो ।  
 
यस्तै  डिलाशैनी गाउँपालिका–५ मा भारतबाट आएका छ जनालाई गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइनमा राखिएको छ । अन्य तीन जना होम क्वारेन्टाइनमा बसेको वडा सदस्य जयदेव जोशीले जानकारी दिनुभयो ।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि वडा नं ५ को जनचेतना आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा बस्ने नागरिकका लागि खान र बस्न उचित व्यवस्था मिलाइएको छ ।  
 
विपन्नको  तथ्याङ्क सङ्कलन शुरु
 
दशरथचन्द नगरपालिकाले दैनिक मजदुरी गरेर छाक टार्ने परिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य शुरु गरेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै लकडाउन भएपछि मजदुरी गरेर खाने वर्गलाई समस्या परेकाले उनीहरुलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले तथ्याङ्क सङ्कलन कार्य मङ्गरबारदेखि शुरु भएको नगर उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । 
 
चैत २० गतेसम्म ११ ओटै वडामा दैनिक मजदुरी गरेर खाने वर्गको तथ्याङ्क सङ्कलन गरिसकिनेछ । उहाँले भन्नुुभयो, “तथ्याङ्क सङ्कलनपश्चात मजदुरी गरेर खाने परिवारलाई खाद्यान्न वितरण गर्छौँ, चार जनासम्म सदस्य भएको परिवारलाई १० केजी र सोभन्दा बढीसदस्य भएको परिवारलाई १५ केजीका दरले चामल वितरण गरिनेछ ।”
 
कुटपिट गर्नेविरुद्ध मुद्दा 
 
बैतडीको पुर्चौडीमा वडाअध्यक्ष र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने दुईजनाविरुद्ध मुद्दा दर्ता भएको छ । पुर्चौडी नगरपालिका–७ का धर्मानन्द बडु र वडा नं ५ का नरेन्द्र जागरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको हो  । 
 
दुवैलाई अभद्र व्यवहारको मुद्दा दर्ता गर्नुका साथै पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । बडुले आइतबार वडा नं ७ का वडाअध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट गरेका थिए । नागरीलाई कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीलाई हातपात गरेको आरोप लागेको छ । 
 
नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बेला बडुलाई सम्झाउन खोज्दा आइतबार वडाअध्यक्ष ऐर कुटिएका थिए । यस्तै चैत १२ गते क्वारेनटाइनमै खटिएका अहेब धामीमाथि आफ्ना परिवारका सदस्यलाई क्वारेन्टाइनमा किन राखेको भनी मदिरा सेवन गरी नागरीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement