Advertisement
Advertisement
Advertisement
Advertisement

लुम्बिनीमा एक सयभन्दा बढी बालबालिका संक्रमित

  |      11:58:00   |  
Web : Image
Web : Image

वैशाख ५, लुम्बिनी ।  रूपन्देही, दाङ, बाँके, कपिलवस्तुलगायत जिल्लामा संक्रमित बढेका छन् । बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहलपुर, नेपालगन्जजस्ता मुख्य सहरमा ४ देखि १९ वर्षसम्मका बालबालिकामा संक्रमण बढिरहे पनि विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । 

पछिल्लो एक सातामा बाँकेमा १६ वर्षमुनिकै ५५ बालबालिकामा संक्रमण देखिएको छ । त्यो संख्या तीव्र रूपले बढ्दो छ । बाँकेका जनस्वास्थ्य प्रमुख धीरजंग शाहका अनुसार पाँच वर्षमुनिकै चार बालबालिकामा संक्रमण देखिएको छ । ‘पहिलो चरणमा पाँच प्रतिशतभन्दा कम दर रहेको बाँकेमा दोस्रो चरणमा १२ प्रतिशतमा संक्रमण देखिएको छ,’ उनले भने, ‘विद्यालय, मन्दिर, चर्च, मस्जिद खुल्नु र त्यहाँ स्वास्थ्य सुरक्षा सतर्कता कमजोर हुनु नै मुख्य कारण होला ।’ बाँकेमा पछिल्लो एक सातामा ५ सय २७ जनामा संक्रमण देखिएकामा ५४/५५ जना बालबालिका रहेको उनले बताए ।

रूपन्देहीमा १० दिनमा २ सय ८ जना संक्रमित देखिएकामा १६ वर्षमुनिका ५ जना छन् । २० देखि ४० वर्ष उमेरका एक सय जनामा कोरोना संक्रमण देखिएको छ । रूपन्देहीमा पछिल्लो एक साता सबैभन्दा धेरै संक्रमित बुटवल र तिलोत्तमाका छन् । पाँच बालबालिका पनि बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाभित्रकै रहेको जनस्वास्थ्य कार्यालयका कोभिड सहजकर्ता विवेक केसीले बताए । ‘संक्रमित २ सय ८ जनामध्ये बुटवल उपमहानगरपालिकाका मात्र १ सय ४ जना छन्,’ उनले भने, ‘त्यही संख्याभित्र बालबालिका पनि छन् ।’ बुटवलका धेरै बालबालिका पढ्ने निजी र सामुदायिक विद्यालयमा स्वास्थ्य सतर्कता अपनाइएको छैन । विद्यालय पूर्ववत् अवस्थामै सञ्चालनमा छन् । स्वास्थ्य सतर्कतामा विद्यालय र स्थानीय तह दुवै उदासीन छन् । दाङको तुलसीपुर उपमहानगरपालिकामा चार बालबालिका संक्रमित छन् ।

रूपन्देहीको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को शनिबार बसेको बैठकले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ । डीसीसीएमसीका संयोजक एवं प्रजिअ आशमान तामाङले स्थानीय तहको कार्यपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयमा कोभिड संक्रमणको अवस्था विश्लेषण गरी स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको बताए । ‘सीसीएमसीको निर्णय पूर्ण रूपले पालना गर्ने पनि निर्णय भएको छ,’ उनले भने, ‘विद्यालयसँगै भारतसँगका नाकाहरूमा थप कडाइ गर्ने, कोभिड उपचार हुने अस्पतालको क्षमता वृद्धि गर्ने निर्णय पनि भएको छ ।’

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दोस्रो लहरको कोभिड संक्रमण बालबालिकामा पनि बढ्दो देखिएको बताए । प्रदेशमा संक्रमित बालबालिकाको संख्या एक सयभन्दा बढी रहेको उनले बताए । ‘सात जनाको त आईसीयूमै उपचार भइरहेको छ,’ उनले भने, ‘बालबालिकामा मुख्यतः विद्यालयबाटै संक्रमण भएको देखिएको छ, थप खोज्दै छौं ।’

साभार :  कान्तिपुर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement