साउन १०, काठमाडौं । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिंगापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला झुन्ड्याएर र ५६ वर्षीय पुरुषलाई चंगी जेलमा मृत्युदण्ड दिने तयारी गरेको छ।
टिजेसीका अनुसार पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका ती पुरुषलाई बुधबार चंगी जेलमा र ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी जामानीलाई शुक्रबार फाँसी दिइने छ।
दण्ड पाउने दुवै सिंगापुरका नागरिक हुन्। उनीहरूका परिवारले उनीहरूको मृत्युदण्डको मिति निर्धारण गरिएको सूचना प्रदान गरिएको छ।
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ। टिजेसीले पनि मृत्युदण्ड रोक्न आग्रह गर्दै आएको छ। सिंगापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ।