Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउन: महिला हिंसाका घटनामा कमी

  |      14:33:00   |  
लकडाउन: महिला हिंसाका घटनामा कमी

वैशाख ५, लम्की । लकडाउनका समयमा कैलालीको टीकापुर क्षेत्रमा महिला हिंसाका घटनामा कमी आएको छ । नेपालमा लकडाउनपछि शुक्रबारसम्म इलाका प्रहरी कार्यालय टीकापुरमा  हिंसाका दुई मात्र उजूरी दर्ता भएका छन् ।
 ‘‘लकडाउनको २५ दिनमा दुई महिलाले मात्रै हिंसामा प¥यौँ भनी उजुरी गरेका छन् । दुई वटा घटना पनि श्रीमान्ले मदिरा सेवन गरी झगडा र कुटपिट गरेका हुन् ’’, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले भन्नुभयो, ‘‘हामीले उनीहरुकै घरमा गएर सम्झाएर आयौँ । आइन्दा हिंसा नगर्ने शर्तमा प्रहरीकहाँ ल्याएनौंँ, त्यसपछि पनि जानकारी लिएका छौँ, उनीहरुमाथि हिंसा भएको छैन ।’’
डिएसपी भट्टका अनुसार विगत महिनामा २० भन्दा बढी महिला हिंसाका उजूरी दर्ता हुन्थे । बन्दाबन्दीपछि हिंसाका घटनामा कमी आएका छन् । प्रहरीका अनुसार सो क्षेत्रमा मदिराकै कारण महिला हिंसामा पर्छन् । ‘‘लकडाउनका कारण पुरुषहरु घरमै बस्नुपर्दा मदिरा खान पाएनन्, जसले हिंसाका घटनामा पनि कमी आयो’’, भट्ट भन्नुहुन्छ, ‘‘हामीले लकडाउनको समयमा घरेलु मदिरा बिक्री गरिरहेका केही स्थानबाट चार सय लिटर बरामद समेत गरेका छाँैं ।’’
टीकापुर बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयका उपप्राध्यापक रामप्रसाद तिवारी पनि मदिराले महिलामाथि हिंसा बढाउने गरेको बताउनुहुन्छ । ‘‘यस्तो विपत्तिको समयमा महिलामाथि हिंसा हुनु दुःखद् कुरा हो । सबै घरभित्रै बसिरहेका कारण हिंसाका घटना प्रहरीसमक्ष नपुगेका पनि हुन सक्छन्’’, उपप्राध्यापक तिवारी भन्नुहुन्छ, ‘‘अप्ठेरो समयमा महिलामाथि हिंसा गर्ने त अपराधी हुन्, महिलामाथि हुने दुव्र्यवहार न्यूनीकरण गर्न समाजका सबै नागरिक जिम्मेवार बन्नुपर्छ ।’’
लकडाउनपछि सवारी दुर्घटनाका घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । मानिस हिँड्न र सवारी साधन नचलेपछि सवारी दुर्घटना नभएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement