Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउन खुलेसँगै वुहानमा ‘लगनगाँठो’ कस्ने बढ्दै, ‘कोरोना फ्री’ रिपोर्ट अनिवार्य

  |      11:16:00   |  
लकडाउन खुलेसँगै वुहानमा ‘लगनगाँठो’ कस्ने बढ्दै, ‘कोरोना फ्री’ रिपोर्ट अनिवार्य

बैशाख ४, काठमाण्डौ । ७६ दिन लामो लकडाउन खुुलेपछि कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान सहरमा बिहे गर्ने जोडीको लर्को लाग्न थालेको छ।


लामो लकडाउनका बेला त्यहाँ डिभोर्सका घटना  बढेको भन्ने समाचार पनि बाहिरिएका थिए। तर अहिले बिहेका लागि अनलाइन अप्लाई गर्नेको संख्या केही दिनमा मात्रै यति बढेको छ कि बिहेको लागि रजिस्ट्रेसन गर्ने एप नै क्र्यास भएको थियो। स्थानीय म्यारिज एप अलिपेका अनुुसार ७६ दिनको लामो लकडाउन खुुलेपछि एपको ट्राफिकमा ३०० प्रतिशतको बढोत्तरी भएको छ। जसका कारण एपको सिस्टम केही समयका लागि क्र्यास भएको थियो। 

कम्पनीका अनुुसार वुुहानमा बिहेको पन्जीकरणका लागि  अनलाइन आवेदन दिनेको संख्या अपेक्षाभन्दा धेरै पुुगेको छ। 


कोरोना संक्रमण बढेपछि वुुहानमा पूर्ण लकडाउन लागुु गरिएको थियो। यसका साथै बिहेको आवेदनमा पनि रोक लगाइएको थियो। 

वुुहानमा १।१ करोड जनसंख्याको बसोबास रहेको छ। अलिपेले आफ्नो सिस्टमलाई ठिक गरेपछि फेरि आवेदन दिनेको संख्या बढिरहेको छ। तर अहिले बिहे गर्न त्यति सजिलो भने छैन। किनकि बिहे गर्नेले पन्जीकरणको बेला आफू  ‘कोरोना फ्री’ भएको रिपोर्ट पेस गर्नुुपर्नेछ। यदि त्यसो नगरे बिहे गर्ने रहर सपनामात्रै सीमित रहनेछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement