Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउन मा महिलालाई कामको बोझ पो थपियो

  |      17:53:00   |  
लकडाउन मा महिलालाई कामको बोझ पो थपियो
►नेदुर्गा देवकोटा
वैशाख ७, लम्की ।   पालमा लकडाउन भएको २७ दिन पुग्यो । रोजगारी तथा अध्ययनको सिलसिलामा बाहिरी जिल्लामा रहेकाहरु घर फर्किएका छन् । लकडाउनपछि अधिकांशको घरमा पारिवारिक जमघट राम्रो छ ।  जमघटमा रमाइलो भए पनि महिलाको दैनिकी भने निकै व्यस्त भएको छ । महिलालाई घरको काम भ्याइनभ्याई भएको छ ।
लम्कीचुहा नगरपालिकाकी सीता खड्काको परिवारमा ११ जना छन् । उहाँका श्रीमान् सरकारी जागिरे हुनुहुन्छ । पढाइको सिलसिलामा काठमाडौँमा रहेका तीन छोराछोरी पनि घर फर्किएका छन् । हाल उहांँलाई घरको कामले च्यापेको छ । ‘‘सासू, ससुरा, देवर, उनका दुई बच्चापनि छन् । देउरानी भने लकडाउनका कारण महेन्द्रनगरमै रोकिएकी छन्’’, खड्काले भन्नुभयो, ‘‘मलाई बिहान ४ बजेदेखि घरको कामले च्याप्छ । दिनमा चार पटक त खाना र खाजा पकाउनुपर्छ । दैनिक लुगाकपडा धुनुप¥यो, घर सरसफाइलगायतका अन्य काम पनि हुन्छ, म त थाकिसकँे ।’’ 
खड्काले घरको काममा परिवारका अन्य सदस्यले नसघाउंँदा महिलालाई कठिन रहेको बताउनुभयो । ‘‘बालबच्चा बाहिर बस्थे, आराम गर्छौँ भन्छन्, सासूससुरा बूढाबूढी  छन् । श्रीमान् र देवरले कहिल्यै घरको काम गरेनन्’’, खड्का भन्नुहुन्छ, ‘‘लकडाउनपछि महिलालाई  कामको बोझ पो थपियो । आराम गर्ने समय नै मिल्दैन ।’’
कैलाली, जोशीपुर–१ की सरस्वती साउदलाई पनि यस्तै पिरलो छ । उहांँलाई पनि घरको कामले च्यापेको छ । ‘‘घरको काम नै सकिँदैन, झन् गहुंँ खेती स्याहार्ने समयमा कामको बोझ बढेको छ’’, साउदले भन्नुभयो, ‘‘पुरुषले घरको काममा सघाउने वातावरण नभएसम्म हामी जस्ता महिलालाई आराम गर्ने समय मिल्दैन ।’’
टीकापुर ९ की रुपा खत्रीको व्यस्तता पनि घटेको छैन । उहाँलाई घरभरि भरिएका परिवारलाई के पकाएर खुवाउने भन्ने चिन्ताले सताउंँछ । ‘‘सबै परिवार घर फर्किएका छन्, घरमा तरकारी सकिएको छ । किन्न पनि पाइँदैन’’, खत्री भन्नुहुन्छ, ‘‘मलाई त के पकाएर खुवाउनु भन्ने पिर बढी लाग्छ, घरमा भएको खाद्यान्नसमेत सकिन थालेको छ, कसरी जोहो गर्ने रु’’
महिलाअधिकारकर्मी कल्पना उपाध्याय घरका काममा पुरुष जिम्मेवार नभइदिँंदा महिलाले घरकै काममा पीडा महसुस गरिरहेको बताउनुहुन्छ । ‘‘महिलाको पनि शरीर हो भन्ने पीडा बोध गर्न आवश्यक छ । खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने काम महिलाकै ठेक्का हो भन्ने बुझाइ गलत हो ।’, उपाध्यायले भन्नुभयो, ‘‘सहयोगी श्रीमान् पाएका महिला भने सुखी  छन् ।’’
टीकापुर बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयका उपप्राध्यापक रामप्रसाद तिवारी घरको काममा महिलालाई राहत हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुहुन्छ । उहांँ काम जसले जे सक्छ त्यही गर्न आवश्यक रहेको बताउनुहुन्छ । ‘‘घरको काममा परिवारकै सहयोग र सहकार्य चाहिन्छ, सहकार्य नभए एउटालाई भार भइहाल्छ नि’’, तिवारी भन्नुहुन्छ, ‘‘महिलाहरु त्यसमा पनि जागिरे महिलालाई अझ बढी कामको बोझ छ । काममा पारिवारिक सहकार्य आवश्यक छ ।’’
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement