Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउन अब बैशाख १५ सम्म

  |      15:47:00   |  
लकडाउन अब बैशाख १५ सम्म

बैशाख २, काठमाण्डौ । सरकारले लकडाउनलाई बढाएर बैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । 


केहीबेरअघि बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमितको संख्या बढ्न थालेको र अवस्था जटिल बन्दै गएको विश्लेषणसहित लकडाउनको अवधि १२ दिनले बढाएर बैशाख १५ सम्म कायम गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउनको अवधि लम्ब्याउने घोषणा गरेको यो तेश्रोपटक हो । यसअघि चैत १७ गते र चैत २३ गते लकडाउनको अवधि बढाउने निर्णय गरिएको थियो । 

सरकारले संभावित संक्रमण र महामारीलाई रोक्ने उद्देश्यले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सुरुमा चैत १८ गतेसम्म मात्र लकडाउन लगाइएको थियो । तर, त्यसपछि लकडाउनको अवधिलाई फेरि लम्ब्याएर चैत २५ गतेसम्म पुर्याइयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसपछि देशबासीको नाममा सम्बोधन गर्दै अबका २ साता जोखिमपूर्ण रहेका भन्दै धैर्य गर्न र सरकारका कदममा साथ दिन नागरिकहरुमा आह्वान गरे । उनले आफ्नो सम्बोधनमा नै लकडाउनको अवधि कम्तीमा २ साता बढ्ने प्रष्ट संकेत गरिसकेका थिए । 

यही संकेत अनुसार सरकारले बैशाख ३ गतेसम्म जारी लकडाउनलाई बढाएर बैशाख  १५ गतेसम्मलाई बनाएको हो । 


सरकारले लकडाउनको अवधि लम्ब्याउनु पछाडिको अर्को महत्वपूर्ण कारण भारत सरकारसँगको सहकार्य पनि हो । त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच कोरोनाविरुद्धको लडाईमा एकअर्का देशबीच सहकार्य गरेर अगाडि बढ्ने यसअघि नै सहमति बनिसकेको छ । 

नेपालको निकै ठूलो क्षेत्र भारतसँगको खुल्ला सीमानासँग जोडिएका कारण र भारतमा लकडाउनको अवधिमै कोरोना संक्रमितको संख्या बढेर १० हजार नजिक पुगिसकेको अवस्थामा नेपालले भारतको निर्णयसँग मिल्ने गरी आफ्नो रणनीति बनाउनुभन्दा अर्को विकल्प नरहेको सरकारकै मन्त्रीहरु बताउँछन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement