Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउन : चोकचोकमा तरकारी

  |      20:13:00   |  
लकडाउन : चोकचोकमा तरकारी
चैत १६,  विराटनगर । कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिम  हुन नदिन  सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन  चोकचोकमा रिक्सा  र साइकलबाट तरकारी उपलब्ध गराउन शुरुआत गरिएको छ । 
सामाजिक दूरी ९सोसल डिस्टेन्स० कायम गरी उपभोक्तालाई तरकारी वितरण गर्न शुरु गरिएको हो ।  सो भाइरसको जोखिम हुन नदिन स्थानीय प्रशासन र विराटनगर महानगरपालिकाद्वारा  यहाँको गुद्री तरकारी बजार बन्द गराइएको थियो ।
 सो तरकारी वजार व्यवस्थापन समितिका सचिव सावद अहमत गुड्डुले उपभोक्ताको दुरी कायम गरी तरकारी बिक्री वितरण गर्न  विराटनगर–११ मा तरकारी बजार राख्न माग गर्दै लकडाउनको समयमा  हरियो सागसब्जी एवम् तरकारीको अभाव हुन नदिने जानकारी दिनभयो 
गुद्री बजारका थोक तरकारी व्यापारी पशुपति भगतले लकडाउनमा तरकारीको अभाव हुन नदिने र  उपभोक्तालाई सुलभ रुपमा  वितरण गरिने बताउनुभयो । उहाँले फलफूल लगायत आलु ,प्याज लगायत मौज्दात रहेको जानकारी दिँदै अगामी आइतबारदेखि थप सामाग्री भारतबाट ल्याउने तयारी रहेको छ भन्नुभयो । 
स्थानीय प्रशासन र भन्सारको सहयोगका कारण तरकारी आयातमा सहज हुन पुगेको  व्यवसायी भगतले बताउनुभयो ।  थोक विक्रेताका सहयोगी भगवान रायले हाल विराटनगरमा सुनसरीको हरिनगरा,देवानगञ्ज, मोरङको जहदा, कटहरी गाउँपालिकाबाट हरियो तरकारी आपूर्ति भइरहेको र आलु प्याजको केहीदिनका पुग्ने मौज्दात रहेको जानकारी दिनुभयो । 
गुद्री बजार बन्द भए पनि चोक÷ चोकमा ढाकी, सटर र खुल्ला रुपमा तरकारीको सहज उपलव्धता भइरहेको छ । नगरका वसपार्क, सरौचिया, भट्टीभोड, हस्पिटल मोड, शान्तिचौक, पिछरा, रामपुर लगायतका क्षेत्रमा क्षेत्रमा दुरी कायम गरीहरियो तरकारी विक्री वितरण भइरहेको छ ।
अहिले बजारमा  आलु  प्रतिकेजी रु। ६०, प्याज प्रतिकेजी रु ७०,टमाटर प्रतिकेजी रु ५०, हरियो मटरकोशा प्रतिकेजी रु ६०, हरिया गट्टा प्रतिकेजी रु ७०, पाकेको फर्सि रु ७०,फूलकोवी प्रतिकेजी रु ६०, बन्दाकोवी प्रतिकेजी रु ३० विक्री भइरहेको छ ।  हरियो खुर्सानी प्रति पाउ रु।५० रहेको पाइएको छ । बजारमा जहीत्यही पाउने खसीको मासु र माछा लकडाउनका कारण बन्द रहेको छ । 
धनकुटा लगायत देवानगञ्ज, हरिनगरा, कटहरी, जहजा, सुनवर्शी र भारतवाट तरकारीको आपूर्ति हुने गरेको छ। 
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement