Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउन’मा लहलहाउँदै नगरको सौन्दर्य

  |      17:14:00   |  
लकडाउन’मा लहलहाउँदै नगरको सौन्दर्य
►गोपालप्रसाद बराल 
वैशाख २२,  महोत्तरी ।  सबै मानिस कोरोना सन्त्रासले जकडिएका बेला महोत्तरीको जलेश्वर नगरपालिकामा भने सौन्दर्य लहलहाएको छ । 
 
नगरक्षेत्रको भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकको आगेपुरदेखि भिठ्ठामोरसम्म र जलेश्वर बजारक्षेत्रका सडक किनारमा रोपिएका विभिन्न जातका बिरुवा ‘लकडाउन’ अवधिमै हलक्क बढेपछि नगरको सौन्दर्य वृद्धि भएको हो । आगेपुरदेखि भिठ्ठामोरसम्म १० किलोमिटर र जलेश्वर बजार क्षेत्रको छ किलोमिटर दूरीका सडक किनारमा विभिन्न १३ प्रजातिका बिरुवा रोपेर घेराबेरा लगाएलगत्तै शुरु भएको ‘लकडाउन’ यिनका लागि वरदान भएको छ । यस अवधिमा लगातार भएको हिउँदे वर्षा र आवागमन बन्दले बिरुवा हुर्कन मद्दत पुगेको जलेश्वर–५ का बजरङ्ग नेपालीले बताउनुभयो । नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहनुभएका नेपालीले ‘लकडाउन’ अवधिको प्रदूषणमुक्त अवस्थामा बिरुवा हुर्कन उपयुक्त अवसर बनेको बताउनुभयो ।
 
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०, जलेश्वर नगरपालिका र जिल्लाबाटै प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयको आर्थिक सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासले ‘जलेश्वर हरित अभियान’अन्तर्गत यो अभियान सञ्चालन गरेको हो । यस अभियानका लागि जलेश्वर नगरपालिकाले एक करोड ७५ लाख, युएनडिपीले एक करोड २९ लाख ७५ हजार तथा प्रदेशसभा सदस्यद्वय रानी शर्मा तिवारी र अभिराम शर्माको प्रदेशसभा क्षेत्र विकास कोषबाट ३५ लाखसहित जम्मा तीन करोड ३९ लाख ७५ हजार रकम जुटेको मञ्चका अध्यक्ष नागदेव यादवले बताउनुभयो । 
 
नगरका–२, ३, ४, ५, ६ र ८ नम्बर वडा समेटिएको यस अभियानमा रोपिएर अहिले हुर्कदै गरेका १३ जातका तीन हजार ८०० बिरुवाले जलेश्वरको स्वरुप नै फेरेको छ । “बिरुवा त केके नाउँमा यसअघि पनि नरोपिएका हैनन्, तर सुरक्षा प्रबन्ध ९तारजालीको घेराबेरा० नहुँदा तिनका चिनाचपेटा केही रहेनन्”, जलेश्वर–१ का सामाजिक, राजनीतिक कार्यकर्ता सुधीर साहले भन्नुभयो, “यसपाली भने बिरुवा रोपिएसँगै बन्दिलो घेराबेरा गरिएको हुँदा जता निस्के पनि हराभरा देखिएको छ ।” 
 
जलेश्वरमा हुर्कदै गरेका यी बिरुवामा नीम, राजवृक्ष, कपुर, पारिजात, रुद्राक्ष, समी, छतिवन, गुलमोहर, निलमोहर, वीरेन्द्रपूmल, एर्केरिया, कल्की, एरिकापाम र फिस्टेलपामसहित रहेका छन् । रोपिएका सबै बिरुवा बन्दिलो तारजालीले घेरिएका र वृक्षरोपण क्षेत्रमा स्ट्रिट सोलार लाइट ९सौर्य ऊर्जा० जडान गरिएको हुँदा बिरुवा सुरक्षित हुन सकेका जलेश्वरवासी बताउँछन् । जडित सौर्यऊर्जाले अँधेरी रातमा पनि झलमल्ल उज्यालो हुने भएपछि सुरक्षा प्रबन्धमा थप सहजता भएको छ । वृक्षरोपण गरिएका ठाउँमा फोहर राख्ने ठूलठूला भाँडा ९डस्टवीन० राखिएपछि बाटो हिँड्ने पनि त्यसैमा फोहर राख्न थालेका जलेश्वर–२ का वडाध्यक्ष बरुण दाहालले बताउनुभयो । अहिले वृक्षरोपण क्षेत्रमा २२५ वटा यस्ता डस्टविन राखिएका छन् । फोहर उत्सर्जन र व्यवस्थापनको कुरामा भने धेरै काम गर्न अझै बाँकी रहेको दाहालको भनाइ छ । 
 
जलेश्वरमा अहिले हुर्कदै गरेका बिरुवाले बाटो हिँड्ने जोसुकैको मन खिच्ने गरेको छ । काम विशेषले जिल्ला सदरमुकाम जलेश्वर जाँदा त्यहाँ हुर्कदै गरेका बिरुवा र तिनको सुरक्षा प्रबन्धमा भएको कामले बल्ल केही काम थालिएछ भन्ने परेको भङ्गाहा नगरपालिका–१ का वडाध्यक्ष नवलकिशोर कापरले बताउनुभयो । यो अभियानबारे आफ्नो नगर कार्यपालिकामा छलफल गर्ने कापरको थप भनाइ छ ।
 
यसैबीच जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले हरित अभियान नगरका सबै वडामा बिस्तार गरिने जनाउनुभएको छ । “हाम्रो यो कामले राम्रो चर्चा र वास्ता पाएको छ”, उहाँले भन्नुभयो, “अभियानमा सहयोगी हात थपिने विश्वास पाएका छौँ, यसलाई निरन्तरता दिइने छ ।” बिरुवाको संरक्षण र रेखदेखमा सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी० को चासोले सहयोग पुगेको नगरप्रमुख मिश्रले बताउनुभयो । यस अतिरिक्त बिरुवाको संरक्षण र रेखदेखका लागि जनशक्ति नै व्यवस्थापन गरिएको मिश्रले बताउनुभयो। 
 
जिल्ला सदरमुकाम रहेको नगरमा भएको यो कामले जिल्लाभरि नै चर्चा पाएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि अभियानबारे सकारात्मक चासो बढाएका देखिँदो छ ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement