Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनले घरभित्रै बस्दा बढ्न सक्छ मानसिक तनाव, यी ६ तरिकाले गर्नुस् कम

  |      12:04:00   |  
लकडाउनले घरभित्रै बस्दा बढ्न सक्छ मानसिक तनाव, यी ६ तरिकाले गर्नुस् कम

चैत २३ , काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागिअहिले विश्वका अधिकांश देश लकडाउन गरिएका छन्। जसका कारण स्कुल, कलेज, अफिस, मार्केट सबै बन्द हुनुका साथै मानिसहरु अहिले आफ्नो घरभित्रै बस्न बाध्य छन्। 


लकडाउन गरिएका मुलुक सरकारहरुले पनि जनतालाई घरबाहिर ननिस्किन अपिल गरिरहेका छन्। जनता आफैँ पनि यो भाइरसबाट सुरक्षित हुन घरबाट बाहिर निस्किन सकिरहेका छैनन्। 

लामो समयसम्म घरभित्रै बसिरहँदा कामकाजी मानिसलाई स्ट्रेस मानसिक तनाव जस्ता समस्या बढ्न सक्छ। 


कोरोनाभाइसबाट अहिले विश्वभर ६५ हजार मानिसको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १२ लाख नाघिसकेको छ। 

यो ज्यानमारा भाइरसबाट बच्ने अचुक उपया भनेकै अहिले घरभित्रै सुरक्षित रहनु बनेको छ। त्यसैले लामो समयसम्म घरभित्रै थुनिँदा हुने मानसिक तनावबाट बच्न के गर्न सकिन्छ त रु अपनाउनुस् यी ६ तरिका, जसले तपाइँको मानसिक तनाव कम गर्न निकै मद्दत गर्छ। 

१. संगीत, अध्ययन र चित्रकला


यदि घरभित्रै परिवारसँग बस्दा पनि एक्लोपन महसुस भइरहेको वा मानसिक तनाव उत्पन्न हुन थालेको छ भने संगीत सुनेर, किताब पढेर वा चित्रकला गरेर कम गर्न ससकिन्छ। यो बेला तपाइँ ज्ञानबद्र्धक किताब पढ्नु स्वास्थ्यका लागि राम्रो हुन्छ। अथाव कथा, कविता वा उपन्यास पनि लेख्न सक्नुहुन्छ। गीतसंगीमा रुचि छ भने आफूलाई मनपर्ने गीतसंगीत सुन्न सक्नुहुन्छ। चित्रकलामा रुचि छ भने विभिन्न चित्र पनि बनाउन सक्नुहुन्छ। यी कुराले तपाइँको ध्यान तिनै चिजमा केन्द्रित गर्छ र मानसिक तनाव कम गर्छ। 

२. मर्निङ वाक 

लकडाउन बिहान र साँझको समय केही खुकुलो बनाइएको छ। यो समयमा तपाइँ आफूलाई आवश्यक दैनिक उपभोग्य वस्तु किन्न सक्नुहुन्छ। यो समयको सदुपयोग गर्दै बिहान मर्निङ वाकमा निस्किनुहोस्। ताजा हावामा खुलेर सास लिँदा शरीर स्फुर्त हुन्छ। यसले मानसिक तनाव कम गर्न निकै मद्दत गर्छ।

३. साथीभाइ र आफन्तसँग कुराकानी

लकडाउनका बेला घरभित्रै बस्नुपर्ने भएकोले भिडियो कन्फ्रेन्सबाट साथीभाइ र आफन्तसँग गफ गर्न सक्नहुन्छ। उनीहरुसँग भिडियो च्याट पनि गर्न सक्नुहुन्छ। यसले तपाइँलाई एक्लोपन महसुस हुनेछैन र मानसिक तनाव पनि उत्पन्न हुनेछैन।

४. व्यायम

व्यायमले तपाइँको स्वास्थ्य राम्रो हुनुका साथै तनाव पनि कम गर्छ। त्यसैले लकडाउनका समयमा बिहान र साँझ व्यायम गर्नुहोस्। यसले तपाइँको शरीर स्फुर्त पार्नुका साथै ह्याप्पी हर्मोन उत्पन्न गर्न मद्दत गर्छ र तनाव पनि कम हुन्छ। कम्तीमा दैनिक साँझबिहान २० मिनेटसम्म व्यायम गर्नुहोस्।

५. स्वच्छ र सफा खानेकुरा खानुहोस्

स्वच्छ र सफा खानेकुरा स्वास्थ्यका लागि निकै फलादायी हुन्छ। यसले स्वास्थ्यलाभ पनि हुन्छ र अनावश्यक तनावबाट मुक्ति दिलाउँछ। 

६. निद्रा पूरा गर्नुहोस्

स्वस्थ जीवनका लागि निद्रा पूरा हुनु अत्यन्त आवश्यक छ। यदि तपाइँले निद्रा पूरा गर्नुभएको छैन भने विभिन्न थरी समस्या देखिन्छ। यसले गर्दा मानसिक तनाव उत्पन्न हुन सक्छ। अझ लकडाउनका बेला मनमा अनेकथरी कुरा खेल्ने हुँदा निद्रा पूरा गर्न अतिआवश्यक हुन्छ। यसले दिनभरको थकावट अन्त्य गर्नुका साथै दिमागलाई शान्छ पार्छ र मानसिक तनावबाट मुक्ति दिलाउँछ। स्वस्थ मानिसका लागि दैनिक ७ देखि ९ घन्टा निद्रा अनिवार्य हुन्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement