Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा १०० किलोमिटर हिँडेरै फर्किंदै गरेकी बालिकाको घर पुग्नै लाग्दा मृत्यु

  |      11:28:00   |  
लकडाउनमा १०० किलोमिटर हिँडेरै फर्किंदै गरेकी बालिकाको घर पुग्नै लाग्दा मृत्यु

बैशाख ९, काठमाण्डौ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका क्रममा हवाई र स्थल यातायात सञ्चालनमा लगाइएको छ। मानिसहरुलाई भीडभाडजन्य गतिविधि नगर्न पनि निर्देशन दिइएको छ। 

लकडाउनका कारण मानिसहरु घरभित्रै थुनिएका छन्। अत्यावश्यक कामबाहेक बाहिर निस्किन सकेका छैनन्। 

लकडाउनकै क्रममा सहरी क्षेत्रमा ग्रामीण इलाकाबाट काम गर्न आएका मजदुरहरु निकै प्रभावित भएका छन्। दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने यस्ता मजदुरहरु लकडाउनका कारण काम नपाएपछि घर फर्किन हारगुहार गरिरहेका छन्। 


नेपालमा लाखौँ मजदुर राजधानीमा फसेका छन्। कतिपयलाई स्थानीय निकायको पहलमा आआफ्नो घर जाने व्यवस्था मिलाइएको छ तर पर्याप्त हुन सकेका छैनन्। कतिपय मजदुरहरु चाउचाउ, चिउरा र पानी भरका आफ्नै ढंगले हिँड्दै घर फर्किरहेका छन्। 

नेपालमा मात्रै होइन यो समस्या भारतमा पनि उत्तिकै छन्। ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा मजदुरी गर्न हिँडेकाहरु अहिले काम नभएपछि धमाधम हिँडेरै घर फर्किरहेका छन्। 

यस्तो जर्जरस्थित थुप्रै असोचनीय घटनाहरु पनि घटिरहेका छन्। जसले आमजनताको मनमस्तिष्कमै खैलाबैला मच्चाउने गरेको छ। 

यस्तै एउटा घटना भारतमा भएको छ। लकडाउनका क्रममा करिब १०० मिटर टाढा आफ्नो घर पैदलै जाँदै गरेकी १२ वर्षीया एक बालिकाको गन्तव्यमा पुग्न केही किलोमिटरमात्र बाँकी छँदा ज्यान गएको छ। 

द इन्डियन एक्सप्रेसमा प्रकाशित विशेष रिपोर्टअनुसार १२ वर्षीया जमालो मडकाम करिब २ महिनाअघि आफ्नो घरबाट तेलंगाना सहरमा खुर्सानीखेतीमा मजदुरी गर्न भनी गएकी थिइन्। उनी आफ्ना आफन्ताका साथ पहिलोपटक घरबाट पैसा कमाउन भनी त्यहाँ पुगेकी थिइन्। तर पैसा कमाएर परिवारलाई खुसी पार्ने बालिका जमालोको सपना सपना नै बन्यो। अन्ततः घरमा जमालोले कमाएको पैसा होइन उनको शव पुग्यो। 

घटना विवरणअनुसार लकडाउनका कारण मजदुरी पनि गर्न नपाएपछि पैसा अभाव हुन थालेपछि जमालो आफन्तका साथ पुनः हिँडेरै घर फर्किने क्रममा थिइन्। तेलंगानाबाट करिब १०० किलोमिटर पर आफ्नो गाउँ छत्तीसगढको बीजापुर उनी फर्किंदै थिइन्। 

जमालोका साथ अन्य १३ जना आफन्त पनि थिए। उनीहरु अप्रिल १६ तारिखमा तेलंगानाबाट हिँडेका थिए। तीन दिन पैदल हिँडेपछि घर पुग्न केही किलोमिटर बाँकी छँदा गत अप्रिल १८ तारिखमा जमालोको बाटोमै ज्यान गयो।

समाचारमा जनाइएअनुसार थकान र कमजोरीका कारण जमालोको ज्यान गएको जनाइएको छ। जमालो आफ्ना मातापिताकी एक्ली सन्तान थिइन्। 

घटनापछि राज्यका मुख्यमन्त्री भूपेश बघेलले जमालोको परिवारलाई राहातस्वरुप भारु १ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। 

भारतमा मे ३ सम्म लकडाउन गरिएको छ। यो घटनापछि मजदुरहरुका विषयमा सोचविचार गर्न राज्य र केन्द्रीय सरकारलाई दबाब परेको समाचारमा उल्लेख गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement