Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा मनग्य कमाउन चाहनुहुन्छ ? घरमै बसी गर्न सकिन्छ यी २० काम

  |      12:52:00   |  
लकडाउनमा मनग्य कमाउन चाहनुहुन्छ ? घरमै बसी गर्न सकिन्छ यी २० काम

बैशाख ६, काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वभरका अधिकांश देश लकडाउनमा छन्।


लकडाउनका कारण करोडौँ मानिस बेरोजगार भएका छन्। लकडाउनले विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर अतिप्रभावित छन्। केही देशमा लकडाउनमा जनताको खाद्यसुरक्षाका लागि विभिन्न राहात प्याकेज उपलब्ध गराइएको छ। विकासान्मुख देशहरुमा भने राहात वितरण खासै उपलब्धिमूलक हुन सकेको छैन। 

त्यसो त कतिपय कम्पनी तथा कार्यालयहरुले ‘वर्क फ्रम होम’ ट्रेन्ड चलाइरहेका छन्। जसअन्तर्गत कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन्। 


लकडाउनकै कारण बढ्दो बेरोजगारी राम्रै कमाइ गर्ने अवसरका रुपमा पनि परिणत गर्न सकिन्छ। त्यस्ता थुप्रै कामहरु छन् जुन घरभित्रै बसीबसी महिनाका लाखौँ रुपैयाँ कमाउन सकिन्छ। 

यहाँ हामी तपाइँहरुलाई घरभित्रै बसेर कमाइ गर्न सकिने २० कामका बारेमा जानकारी दिन गइरहेका छौँ। जुन कामबाट तपाइँहरुले घरमै बसीबसी मनग्य कमाउन सक्नुहुन्छ। 

१. सिलाइकटाइ


यदि तपाइँ कपडा सिलाइने मेसिन चलाउन जान्नुहुन्छ भने तपाइँ घरमै बसेर सिलाइकटाइ गरेर राम्रो आम्दानी गर्न सक्नुहुन्छ। त्यसैले खाली नबस्नुस् आफ्ना कन्सेप्ट र ग्राहकको रोजाइअनुसार कपडा तयार पार्नुस्।

२. काठका खेलौना

यदि तपाइँलाई काठको काम आउँछ र कारपेन्ट्रीको स्किल पनि छ भने बालबालिकाका लागि घरमै बसीबसी काठका खेलौना बनाउनुस्। यसले तपाइँको कलामा निखार आउनेछ भने व्यापार पनि बढ्नेछ।

३. ह्यान्डब्याग

ह्यान्डब्यागको प्रचलन सधैँभरि रहन्छ। तपाइँले आफूसँग भएका सामग्रीबाट फरकफरक शैलीका ह्यान्डब्याग बचाउन सक्नुहुन्छ। अनि राम्रै कमाइ पनि गर्न सक्नुहुन्छ।

४. कपालको सजावट

हेयर एक्सेसरिज अर्थात कपालको सजावट गर्ने कामबाट घरमै बसीसी महिना राम्रै आम्दानी गर्न सक्नुहुन्छ। त्यसैले आफूसँग प्रतिभा अहिले लकडाउनको समयमा सदुपयोग गर्नुस्।

५. ग्रिटिङ कार्ड

रंगीचंगी काजगको प्रयोग गरेर थुप्रै किसिमका ग्रिटिङ कार्ड बनाउन सकिन्छ। यसका लागि आवश्यक कागज, कलम, टिकट, खाम र केही रचनात्मक शब्दको प्रयोग गरी ग्रिटिङ कार्ड बनाउनुस्, आम्दानी राम्रै हुनेछ।

६. लोगोअंकित टि–सर्ट

विभिन्न लोगोअंकित टि–सर्ट युवामाझ प्रचलनमा छन्। त्यसैले यस्ता टि–सर्टको माग पनि बढ्दै गएको छ। तपाइँसँग यस्ता टि–सर्ट बनाउने सीप छ भने बनाउन थाल्नुस् अनि कमाउन थाल्नुस्। 

७. सुगन्धित मैनबत्ती

एउटा राम्रो र सुगन्धित मैनबत्ती कसलाई मन नपर्ला। यस्ता मैनबत्ती घरमै बसीबसी बनाउन सकिन्छ। अनि अनलाइन व्यापार पनि गर्न सकिन्छ। 

८. गिफ्ट बास्केट

घरमै थुप्रै प्रकारका गिफ्ट बास्केट बनाउन कुनै गाह्रो काम हैन। यस्ता गिफ्ट बास्केटको माग पनि अत्याधिक छ। आजैबाट यो काम सुरु गर्नुस्।

९. तकिया

हातले बनाइएका तकियाको माग अहिले बजारमा निकै छ। किनकि यस्ता तकिया मेसिनबाट सिलाइएका भन्दा धेरै बलिया हुन्छन्। 

१०. पेन्टिङ

तपाइँ पेन्टिङ गर्नुहुन्छ भने लकडाउनमा तपाइँको यो कलाले राम्रै कमाइ गर्न सक्छ। त्यसैले पेन्टिङ सुरु गर्नुहोस्।

११. एप्स

यदि तपाइँ प्रविधिबारे राम्रै ज्ञान र सीप छ भने विभिन्न किसिमका एप्स बनाएर बेच्न सक्नुहुन्छ। 

१२. साबुन र स्याम्पू

हस्तनिर्मित साबुन, स्याम्पूर बढी लोसन तथा अन्य प्रसाधन र सौन्दर्य उत्पादनको बजारमा निकै माग छ। घरमा खाली बस्नुभन्दा यस्ता सामग्री बनाएर बेचेर राम्रै आम्दानी गर्न सकिन्छ।

१३. फूल तथा बोटबिरुवा

यदि तपाइँ बगानको शोक छ भने घरमा विभिन्न किसिमका बोटबिरुवा उमारेर गमलामा सजाएर बेच्न सक्नुहुन्छ। अनलाइनबाट पनि व्यापार गर्न सक्नुहुन्छ।

१४. ग्राफिक डिजाइनिङ

यदि तपाइँ ग्राफिक डिजाइनमा राम्रै दख्खत राख्नुहुन्छ भने विभिन्न कार्यालयहरुलाई आवश्यक ग्राफिक डिजाइनका काम गरेर घरबाटै राम्रो आम्दानी गर्न सक्नुहुन्छ।

१५. भिडियो गेम

भिडियो गेम डेभलपरले घरमै बसीबसी राम्रो आम्दानी गर्न सक्छन्। रोमाञ्चक र भर्चुअल रियालिटी खालका भिडियो गेमहरुको माग अहिले निकै छ।

१६. पाउरोटी

घरमै बसेर विभिन्न प्रकारका पाउरोटी बनाउन पनि सकिन्छ। विशेषगरी खाजाका रुपमा उपभोग हुने पाउरोटीको माग अहिले बजारमा निकै छ। 

१७. फर्निचर

यदि तपाइँ काठको कला राम्रो गर्नुहुन्छ भने विभिन्न प्रकारका फर्निचर बनाएर राम्रै आम्दानी गर्न सक्नुहुन्छ। यसका लागि घरबाहिर निस्किरहनुपर्दैन।

१८. अनलाइन पाठ्यक्रम

अनलाइन पाठ्यक्रमको माग पनि लकडाउनका क्रममा ह्वात्तै बढेको छ। तपाइँ अनलाइन पाठ्यक्रम बनाएर वा कोचिङ पढाएर पनि राम्रै आम्दानी गर्न सक्नुहुन्छ।

१९. मूर्तिकला

तपाइँ माटोबाट विभिन्न प्रकार मूर्ति बनाउन सक्नुहुन्छ भने लकडाउनमा यो पनि राम्रै आम्दानीको स्रोत बन्न सक्छ। 

२०. फोटोग्राफी

घरमै फोटो स्टुडियो चलाउन खासै समस्या छैन। यदि तपाइँसँग फोटो खिच्ने कौशल छ भने होम स्टुडियोबाट राम्रै आम्दानी हुन्छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement