Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा स्रष्टा: एकान्तबासले मात्रै सिर्जना नहुने रहेछ.....

  |      11:32:00   |  
लकडाउनमा स्रष्टा:  एकान्तबासले मात्रै सिर्जना नहुने रहेछ.....

►जमुनावर्षा शर्मा

 बैशाख ४, चिप्लेढुङ्गा । एकान्तमा सिर्जना गर्न रमाउने स्रष्टाहरुलाई अहिलेको अनपेक्षित लकडाउनले फूर्सद भएपनि मानसिकरुपमा लेखनको वातावरण मिलेको छैन ।
कोरोना भाइरस सङ्क्रमणको माहामारीका कारण सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेपछि अहिले प्रायः सबै एकान्तवासमा छन् । वरिष्ठ साहित्कार सरुभक्त यतिबेला चिन्ता र चिन्तनमा आफ्नो समय व्यतित भएको बताउनुहुन्छ । “मनमा खुशी छैन, जीवनको छ दशक बितिसक्यो, विगतका माहामारीका कुरा पुस्तकमा पढेको थिएँ,  अहिले आँखा अगाडि भोगिरहनुपरेको छ, त्यतिबेला अविकसित समाज भएर होला भन्ने एउटा भ्रम थियो, अहिले भने त्यो हट्यो ।” विज्ञानको चमात्कारिक युगमा पनि माहामारीको यो अवस्थामा पुग्नु र समाधान ननिस्कनु एउटा भयावह अवस्था भएको उहाँको बुझाइ छ । “घरिघरि सोच्छु किन अझसम्म यो भाइरसविरुद्धको खोप बन्न सकेको छैन, प्रकृतिमाथि विजय हासिल गरेको ठान्ने मानव अहिले भने किन निरीह बनिरहेको छ” अनुत्तरित भएर समय बित्ने गरेको उहाँ बताउनुहुन्छ ।
  
विज्ञानसँग सम्बन्धित कथा र उपन्यास लेखिरहने स्रष्टा सरुभक्त अहिलेको परिवेशले मानव जीवनको अस्तित्वलाई नै सङ्कटमा परेको बताउँदै
 भन्नुुहुन्छ, “जीवन जगत्को यथार्थबोधको गहिराइमा पुगेर चिन्तन गर्छु, निष्कर्ष केही भेट्दिन ।” तत्काल साहित्य सिर्जनाभन्दा पनि यसको अध्ययन र चिन्तन प्रक्रियामा रहेकाले ठोसरूपमा अहिले कुनै लेखनकार्यमा तल्लीन हुन नसकेको उहाँको भनाइ छ । 

विश्वव्यापी माहामारीले मानसिकरूपमा एक प्रकारको त्रास सिर्जना गरेकाले यसको निराकरण कहिले र कसरी होला भन्ने अनेक तर्कहरु मात्रै मनमा खेल्ने गरेको उहाँ बताउनुहुन्छ । उपन्यास, कथा सङ्ग्रह, कविता, मुक्तक, खण्डकाव्य, नाटक गरेर करिब ४५ भन्दा बढी कृति प्रकाशित गरेका सरुभक्तलाई कोरोना प्राकृतिक भाइरस हो कि, कृत्रिम भाइरस हो भन्ने विषयले पनि सशङ्कित बनाइरहन्छ । “प्रयोगशालाबाट बाहिर निस्किएको जैविक हतियार भएको भन्ने कुरा पनि आएका छन् । यसको  सत्यता पुष्टि त पक्कै होला, तर यो पनि सोचनीय विषय हो ।” उहाँले भन्नुभयो ।
कवि तीर्थ श्रेष्ठ कोरोना भाइरसबाट जोगिन परिवारका साथ समय बिताइरहनुभएको छ । ‘जिन्दगी कुरूक्षेत्रबाट’, ‘पाइलाकानिवहरुले’ ९मञ्जुलसँग संयुक्त० मुक्तक सङ्ग्रहमा ‘जिन्दगीको गोधूलीमा’, ‘धर्सै धर्साको चक्रब्यूह’, ‘महाभारतका गीतहरु’ र  गीत सङ्ग्रह ‘मेरो हिमालजस्तो’ आदि कृतिका स्रष्टा श्रेष्ठ भन्नुहुन्छ, “मैले बाहिर हिँड्दा घरभित्रको धेरै कुरा ‘मिस’ गरेको रहेछु, लकडाउनले परिवारको साथ र सामिप्यताको महत्वलाई उजागार गरायो, अहिले बगैँचाका फूल र भान्छामा श्रीमतीको दैनिकीसँग म पनि जोडिएको छु, फरक अनुभूति गरेको छु ।” 

उहाँले साहित्य सिर्जना एकान्तवासले मात्र सम्भव नहुने र सबैभन्दा पहिला स्वस्थ मानसिकता जरुरी रहेछ भन्ने अनुभव भएको जनाउँदै उहाँ श्रेष्ठ भन्नुहुन्छ, “अहिलेको अवस्थामा जताततै कोरोना त्रास र यसले उत्पन्न गराएको मानसिक विचलनले गर्र्दा यसबाट मुक्त हुने चिन्तनमा मात्र अधिकांश समय खर्च हुने गरेको छ ।” 

पूर्वीय दर्शन र संस्कारले सिकाएको सीप, ज्ञान, प्रविधिको प्रयोग नगर्दा र प्रकृति प्रतिकूल जीवनयापनमा मान्छे बाँच्न खोज्दा सङ्कट देखिएकोे उहाँको निष्कर्ष छ । “पुर्खाले व्यतित गरेको जीवनशैली नमस्ते गर्ने, मलामी गएर आउँदा आगो छुने, लास छोए स्नान गने लगायतका पूर्वीय संस्कार निकै वैज्ञानिक रहेछन्, हामीले अन्धविश्वास र परम्परावादी भन्दै छोड्दै गयाँै”, श्रेष्ठ भन्नुहुन्छ, “अहिले सामाजिक र भौतिक दूरीका कुरा, खानपान र रहनसहनका कुरामा देखिएको बन्देजले साँच्चै हाम्रा पुर्खाले जीवनलाई वास्तवमा बुझेका रहेछन् ।” 

लोकगायिका हरिदेवी कोइराला भने आफ्नो जीवनका पूर्वाद्धका पुराना डायरी पल्टाउँदै दिन बिताइरहेको बताउनुहुन्छ । “पुराना डायरी पल्टाउँछु, तत्कालीन समयमा कोरिएका ती भावहरुसँगै घोत्लिन्छु, कति लेख्दालेख्दै छोडेका छन् । कति लेखिएका, तर बाहिर नआएका रचनाहरु छन्, अहिले सिर्जनालाई काँटछाँट गर्दै परिमार्जन गर्दै समय सदुपयोग गरेकी छु ।” कोइरालाले भन्नुभयो ।

‘पाइनँ खबर।।।’ बोलको गीतका गायिका कोइराला यतिबेला प्रकृतिसँग रमाउन पाएको अनुभव सुनाउनुहुन्छ । “सधैँ कोलाहलको बीचमा बाँच्नुपरेको परिवेशमा यतिबेला प्रकृतिको स्वच्छतासँगै चराचुरुङ्गीका चिरवीर आवाजले मनलाई शान्त बनाएको छ भने आफ्नै जीवनलाई गहिरोसँग बुझ्ने अवसर पनि दिलाएको छ ।” बेला–बेला बढ्दो सङ्क्रमणका समाचार पढिरहँदा भने समस्याको समाधान कहिले होला भन्ने चिन्ताले पनि उहाँलाई सताउने गरेको छ ।
 
युवा साहित्यकार सरस्वती प्रतिक्षालाई भने यो लकडाउनले खासै असर पारेको छैन । “म स्वभावैले एकान्तप्रेमी हुँ, साहित्य सिर्जनाका लागि केही समय अघिदेखि एक प्रकारले लकडाउनकै स्थितिमा बसेकी थिएँ । त्यो हिसाबले यो लकडाउनले मलाई त्यतिबिघ्न गाह्रो महसुस भइरहेको छैन तर बाध्यात्मक लकडाउनले मानसिकरुपमा चाहिँ निकै ‘डिष्टर्ब’ गर्दोरहेछ ।” 
‘यद्यपि प्रश्नहरु’ ‘बिम्बहरुको कठघरा’, ‘बागी सारङ्गी’ र ‘नथिया’ कृतिका स्रष्टा प्रतिक्षाले सिर्जनासँग तल्लीन हुन मानसिक स्वस्थताको अपरिहार्यताले गर्दा अहिलेको कोरोना कहरको विषम परिस्थितिमा आफूलाई योग र ध्यानमार्फत आफूलाई संयम र सन्तुलित बनाएर सिर्जनात्मक काममा डुबिरहेकी बताउनुभयो । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement