Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा सैलुन खुलेलगत्तै लखपति बनिन् एक सञ्चालिका, कसरी ?

  |      10:53:00   |  
लकडाउनमा सैलुन खुलेलगत्तै लखपति बनिन् एक सञ्चालिका, कसरी ?

जेठ ७, काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि नेपालसहित विश्वका अधिकांश देशहरुमा लकडाउन र प्रतिबन्धहरु लागू गरिएका छन्।


लकडाउन र प्रतिबन्धका कारण व्यापार–व्यवसायमा प्रतिकूल प्रभाव परेको छ। तर अब विश्वका केही देशहरुमा लकडाउनलाई खुकुलो पारिएका छन् र यसका कारण शैलुनहरु पनि खोलिएका छन्। 

अमेरिकामा शैलुन खुलेपछि त्यहाँकी एकजना शैलुन सञ्चालिका केही घन्टामा नै लखपति बनेको समाचार अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रकाशित भएका छन्। 

अमेरिकाको कोलोराडो राज्यमा लकडाउनपछि फेरि एकपटक शैलुनहरु खुलेका छन्। यस्तोमा त्यहाँको एउटा शैलुनकी सञ्चालिका र हेयर स्टाइलिस्ट इलिसिया नोवोटनी आफ्नो शैलुनमा ग्राहक कुरेर बसेकी थिइन्। दिनको करिब १ बजे उनको शैलुनमा एकजना ग्राहक आए र कपाल कटाएपछि नोवोटनीलाई टिप्स स्वरुप २।५ हजार डलर हातमा थमाएर गए। यतिमात्रै होइन ती ग्राहकले शैलुनका म्यानेजरलाई १ हजार डलर र रिसेप्सनिस्टलाई ५०० डलर दिएको शैलुन सञ्चालिकाले बताएकी छन्। 

यो रकमलाई नेपालीमा रुपान्तरण गर्दा तीन लाखभन्दा हुन आउँछ। शैलुन सञ्चालिकाले ती दानी ग्राहकलाई धन्यवाद दिँदै यो रकम आफूले अप्ठेरो समयमा प्राप्त गरेको र यसको आफूलाई अति नै आवश्यक रहेको बताएकी छन्। उनले यो रकम आफ्नो लागि कति महत्वपूर्ण छ भनेर शब्दमा बयान गर्न नसक्ने बताइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement