Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा ‘लुडो’ खेल, हारको रिसमा पतिले भाँचे पत्नीको ढाडका हड्डी

  |      14:54:00   |  
लकडाउनमा ‘लुडो’ खेल, हारको रिसमा पतिले भाँचे पत्नीको ढाडका हड्डी

बैशाख १५, काठमाण्डौ । कोरोनाको नियन्त्रण र रोकथामका लागि यबितेला विश्वभर लकडाउन जारी रहेका छन्।

लकडाउनले गर्दा मानिसहरु घरमै बस्न बाध्य भएका छन्। समय कटाउन मानिसहरु घरभित्रै विभिन्न खेलहरु खेल्ने गरिरहेका छन्। 

अहिले अनलाइनमै पनि बढी नै खेल खेल्न थालिएको छ। तर भारतको गुुजरात राज्यको बडोदरामा लुुडो एउटा परिवारको कलहका कारण बनेको छ। 


अनलाइन लुुडोमा एक परिवारकी महिलाले आफ्नो पतिलाई हराउँदा दुुवैबीच झगडा भएको थियो। झगडा यतिसम्म अगाडि बढेको थियो कि पतिले निर्घात कुुटेर पत्नीको ढाडको हड्डी नै भाँचिदिएका छन्। 

भारतको १८१ अभयम हेल्पलाइन नम्बरमा आएको गुुनासोपछि घटनाका बारेमा जानकारी पाइएको थियो। काउन्सलरका अनुुसार २४ वर्षीया पीडित महिला बेमाली भन्ने ठाउँमा बस्ने गर्छिन्। उनी घरमा ट्युुसन पढाउने काम गर्छिन्। उनका पति इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने भारतीय मिडियाहरुले जनाएका छन्। 

लकडाउनका कारण दुुवै पति–पत्नी घरमै बसिरहेका थिए। दुुवैजनाले समय कटाउन अनलाइन लुुडो खेल्ने फैसला गरेका थिए। 


काउन्सलरका अनुुसार पत्नीले आफ्ना पतिलाई लगातार तीनदेखि चार राउन्डसम्म हराएकी थिइन्। पटकपटक हारेपछि पति आफ्नी पत्नीदेखि रिसाएका थिए र उनले झगडा गर्न सुुरु गरेका थिए। 

झगडाका क्रममा उनी यति क्रोधित बनेका थिए कि उनले आफ्नी पत्नीको ढाडको हड्डी नै भाँच्न पुुगे। पछि रिस साम्य भएपछि उनले पत्नीलाई आफै अस्पताल पुुर्याएका थिए।  

अस्पतालमा उपचार भएपछि पत्नीले घर जान मानेकी थिइनन्। तर पतिले आफ्नो गल्ती महसुस गर्दै माफी मागेपछि उनी घर जान राजी भएकी थिइन्। 

परियोजनाका संयोजक चन्द्रकान्त मकवानाले पतिलाई चेतावनी दिँदै आइन्दा यस्तो हर्कत गरे कानुुनी कारवाही गर्ने चेतावनी दिएका छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement