Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

  |      10:46:00   |  
लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

वैशाख २, काठमाडौँ । महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ । 

लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको कामपाले जानकारी गराएको छ ।
 
“लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ”, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ ।”
  
सोमबार कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपाल ९काठमाडौँ जिल्ला कार्यसमिति०सँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने भएको हो । कामपाका प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक सङ्घका तर्फबाट अध्यक्ष गोबद्र्धन सापकोटाले संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको हो ।
 
सम्झौताअनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनले करार अवधिभर अन्य प्रयोजनमा एम्बुलेन्स चलाउन पाइने छैन । त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीहरुको नाम, थर र अन्य विवरणको लगत अद्यावधिक गरी प्रमाणित गर्नुपर्नेछ । निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग थप भाडा दस्तुर वा सेवा शुल्क लिन पाइनेछैन भने निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउनजान आनाकानी वा मोलतोल गर्न पाइने छैन ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement