Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउन कम्तीमा एकसाता लम्बिने, प्रधानमन्त्रीको सम्बोधन पुनः आउने

  |      12:14:00   |  
लकडाउन कम्तीमा एकसाता लम्बिने, प्रधानमन्त्रीको सम्बोधन पुनः आउने

अन्तराष्ट्रिय उडान र सीमा भने तत्काल नखोल्न विज्ञको सुझाव
चैत २२, काठमाण्डौ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउन पुनः लम्ब्याउने तयारी थालिएको छ । 

स्वास्थ्य विज्ञहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामहरुको प्रशंसा गर्दै जोखिमलाई कम गर्न लकडाउनको अवधि अझै लम्ब्याउनुपर्ने सुझाव दिएपछि सरकारले लकडाउन लम्ब्याउने तयारी थालेको हो । 

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ डा। खेम कार्कीले आफूहरुले सरकारलाई लकडाउनको अवधि अझै एक साता लम्ब्याउन सुझाव दिएको बताएका छन् । 


स्वास्थ्य मन्त्रालयको यो सुझावको विषयमा सरकारका मन्त्रीहरु समेत सकारात्मक छन् । डा। कार्कीले भनेजस्तो एकसाता मात्रै लकडाउन लम्ब्याउँदा बैशाख २ गतेसम्म जान्छ । तर, सरकारका अधिकांश मन्त्रीहरु भारतले आह्वान गरेको लकडाउनको अन्तिम दिनभन्दा पनि केही पछिसम्म नेपालमा समेत लकडाउन जारी राख्नुपर्ने तर्क गरिरहेका छन् । 

भारतमा मोदी सरकारले २४ मार्चमा अप्रील १५ सम्मका लागि लकडाउन गरेको छ । सरकारका मन्त्रीहरु नेपालमा पनि अप्रील १७ सम्म लकडाउन गर्नुपर्ने विषयमा छलफल गरिरहेका छन् । 

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी९सीसीएमसी०का सदस्य समेत रहेका एक मन्त्रीले दिएको जानकारी अनुसार लकडाउनको अवधि कम्तीमा एकसाता लम्बिने र बढीमा अप्रील १७ सम्म जानसक्छ। 


विज्ञहरुको सल्लाह र सीसीएमसीका सदस्यहरुले दिएको जानकारीका आधारमा नेपालमा जारी लकडाउन कम्तीमा एकसाता अझै लम्बिने चाहि प्रष्ट देखिन्छ । 

स्वास्थ्य विज्ञ तथा मन्त्रीहरु भारतबाट नेपालमा मानिसहरुको प्रवेशको क्रम पछिल्लो पटक धेरै भएको र सबैलाई क्वारेन्टाइनमा नराखिएकोले कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्ने संभावना रहेको भन्दै तत्काल लकडाउन खोल्न नहुने पक्षमा देखिएका छन् । 

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक रहेका ती मन्त्रीले जानकारी दिए । ‘कोरोना भाइरसको संभावित जोखिम नियन्त्रणका लागि लकडाउनको अर्को विकल्प नै छैन ।’ ती मन्त्रीले भने–‘लकडाउन लम्ब्याउने विषयमा सोमबार निर्णय हुनेछ ।’ 

त्यसो त सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रील १५ सम्म राख्ने यसअघि नै निर्णय गरिसकेको छ । 

लकडाउनको अवधिलाई केही लम्ब्याउने र त्यसपछि पनि अन्तराष्ट्रिय उडान तथा सीमा नाका खोल्न भने हतार गर्न नहुने विज्ञहरुले सरकारलाई सुझाइरहेका छन् । 

विश्वका अन्य देशहरुमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएका कारण अन्तराष्ट्रिय उडानहरु अन्तराष्ट्रिय परिस्थिति सामान्य नभई खोल्न नहुने विज्ञको सुझाव छ । 

यस्तै, भारतमा समेत कोभिड १९ संक्रमण फैलिन कम नभएकोले अप्रील १७ पछि लकडाउन खोले पनि सीमा नाकाबाट हुने सर्वसाधारणको आवातजावत बन्द जारी राख्नुपर्ने उनीहरु बताउँछन् ।

‘देशभित्रको लकडाउन मात्र खोल्न सकिन्छ, तर अन्तराष्ट्रिय उडान र सीमा खुल्ला गर्नतर्फ लागियो भने संक्रमण फेरि भित्रिन सक्छ ।’ विज्ञहरु भन्छन्–‘सरकारले यी दुई विषयमा लकडाउन खोलेपछि पनि विचार पुर्याउन आवश्यक छ ।’

प्रधानमन्त्रीले पुनः सम्बोधन गर्ने
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा भइरहेका प्रयास, यसमा जनताले दिएको साथ लगायतका विषयलाई लिएर देशबासीको नाममा पुनः सम्बोधन गर्ने भएका छन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले देशबासीको नाममा पुनः सम्बोधन गर्ने तयारी भइरहेको बताए । उनका अनुसार प्रधानमन्त्रीले पुनः सम्बोधन गर्ने दिन र समय भने निश्चित भइसकेको छैन । 

सरकारकै अर्का एक मन्त्रीले प्रधानमन्त्रीेले नै देशबासीको नाममा सम्बोधन गरी लकडाउनको अवधि पुनः लम्ब्याउने विशेष घोषणा गर्नसक्छन् । त्यसो हुँदा प्रधानमन्त्रीको सम्बोधन सोमबारसम्म आइसक्नुपर्ने हुन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement