Advertisement
Advertisement
Advertisement
Advertisement

रौतहटमा उपचारको क्रममा २ वर्षीय सचिन पटेलको मृत्यु, स्वास्थ्यकर्मी पक्राउ

  |      15:15:00   |  
web imege
web imege

असार १४,काठमाडौं ।रौतहटको गरुडा नगरपालिकामा क्लिनिकमा उपचार गर्न लैजाँदा २ वर्षीय बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–९ स्थित गमहरियामा संचालित ‘ओम क्लिनिक’मा उपचारको क्रममा सचिन पटेलको मृत्यु भएको हो ।

देवाहीगोनाही नगरपालिका–४ घर भएका शिवशंकर पटेलका छोरा सचिनलाई ज्वरो आएपछि परिवारले ‘ओम क्लिनिक’मा लगेका हुन् । क्लिनिक सञ्चालक गणेश सहनीले बालकलाई सिरिन्ज लगाई दिएका थिए । ‘एकछिनमा ठिक हुन्छ’ भनेर सहनीले भनेपनि बालकको स्वास्थ्य अवस्था झन् बिग्रिएसँगै परिवारले उनलाई अनामिका अस्पतालमा लाँदै थिए । अनामिकामा पुग्नासाथ चिकित्सकले बालकलाई मृत घोषण गरे ।

ओम क्लिनिक’का संचालकले सिरिन्ज लगाएका कारण बालकको मृत्यु भएको परिवारको आरोप छ । अनुसन्धानका लागी क्लिनिक सञ्चालक गणेश सहनीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।

डिएसपी खनालले भने,‘बालकको शव पोष्टमार्टमा गर्न प्रादेशिक अस्पतालमा पठाएका छौं, आवश्यक अनुसन्धान हुँदै छ ।’ 

स्थानीय स्तरमा चिकित्सक भनेर चिनिएका गणेश चिकित्सक होइनन् । उनले कस्तो सिरिन्ज लगाएका हुन् भन्नेबारे प्रहरीले चिकित्सकको सहयोगमा अनुसन्धान गरिरहेको छ । सहनिले आफ्नै घरमा क्लिनिक सञ्चालन गरेका छन् ।

रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement