Advertisement
Advertisement
Advertisement
Advertisement

रोजगारीको प्रलोभनमा दिल्ली पुर्‍याएर वेश्यावृत्तिमा लगाइएका दुई महिला उद्धार, तीन पक्राउ

  |      13:13:00   |  
web image
web image
भदौ १६ , काठमाडौं । पश्चिम बंगालबाट रोजगारीको प्रलोभनमा दिल्ली ल्याएर जबर्जस्ती वेश्यावृत्तिमा लगाइएका दुई महिलाको उद्धार गरिएको छ। दिल्लीको जीबी रोडस्थित एक वेश्यालयबाट गत अगस्ट २६ मा २६ र २८ वर्षीया महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा वेश्यालयका तीन जना महिला हेरचाहकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५५, ५८ र २९ वर्षीया महिला रहेका छन्। वेश्यालयकी सञ्चालिका भने फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २६ वर्षीया महिला तीन सन्तानकी आमा हुन्। उनी गत मे २ देखि पश्चिम बंगालबाट सम्पर्कविहीन थिइन्। अगस्ट २५ मा आमासँग सम्पर्क गरी आफूलाई जीबी रोडस्थित कोठा नम्बर ५८ मा बन्धक बनाइएको जानकारी दिएपछि उनकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरीले अगस्ट २६ मा वेश्यालयमा छापा मारेर उनलाई उद्धार गरेको थियो। पीडितका अनुसार पश्चिम बंगालको एक रेल्वे स्टेसनमा भेटिएका करिब ३० वर्षीय ‘कालु’ नाम गरेका व्यक्तिले रोजगारी मिलाइदिने भन्दै उनलाई दिल्ली ल्याएका थिए। दिल्ली ल्याएपछि उनको मोबाइल खोसेर ५५ वर्षीया हेरचाहकर्तालाई बिक्री गरेको आरोप छ।
त्यसपछि ती महिलालाई करिब एक महिनासम्म हेरचाहकर्ताको घरमा राखिएको र पछि वेश्यालयमा पुर्‍याएर जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको प्रहरीले जनाएको छ। उनले कमाएको रकम वेश्यालय सञ्चालिका र अन्य हेरचाहकर्ताले राख्ने गरेको आरोप छ।
छापा मार्ने क्रममा प्रहरीले अर्की २८ वर्षीया महिलालाई समेत उद्धार गरेको थियो। उनका अनुसार करिब दुई वर्षअघि श्रीमान् र सासूसँग विवाद भएपछि उनी आठ वर्षीय छोरासहित घरबाट निस्किएकी थिइन्। रेल्वे स्टेसनतर्फ जाँदै गर्दा एक अपरिचित महिलाले छोरालाई खाना र पेय पदार्थ दिएर विश्वासमा पारी सहयोग गर्ने बहानामा आफ्नो घरमा लगेको र पछि उनीहरूलाई दिल्ली ल्याइएको प्रहरीले जनाएको छ।
दिल्ली पुगेपछि उनलाई पनि ५५ वर्षीया हेरचाहकर्ताको घर हुँदै जीबी रोडस्थित वेश्यालयमा पुर्‍याइएको थियो। सुरुमा सरसफाइको काम लगाइए पनि पछि जबर्जस्ती वेश्यावृत्तिमा धकेलिएको उनले प्रहरीलाई बताएकी छन्।
पीडित महिलाले आफ्नो छोरालाई अर्को हेरचाहकर्ताले छात्रावासमा लगेको र आफूले वेश्यावृत्ति गर्न अस्वीकार गरे छोरालाई मारिदिने धम्की दिने गरेको बताएकी छन्। उनलाई तीन–चार महिनामा एकपटक मात्र छोरासँग भेट्न दिइने गरेको प्रहरीको भनाइ छ। प्रहरीले हाल ती आठ वर्षीय बालकको खोजी गरिरहेको छ।
उद्धार गरिएका दुवै महिलाको लोकनायक अस्पतालमा स्वास्थ्य परीक्षण गरी परामर्श प्रदान गरिएको छ। उनीहरूको बयानसमेत प्रहरीले रेकर्ड गरेको छ।
घटनाबारे कमला मार्केट प्रहरी थानामा मानव बेचबिखन, अपहरण, यौन शोषण, बलात्कार तथा आपराधिक षड्यन्त्रलगायतका कसुरमा दुई छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ। साथै, अनैतिक व्यापार नियन्त्रणसम्बन्धी कानुनअन्तर्गत समेत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वेश्यालयबाट ५५ हजार भारतीय रुपैयाँ नगद तथा अन्य प्रमाणसमेत बरामद गरेको जनाएको छ। घटनामा फरार रहेकी वेश्यालय सञ्चालिकाको खोजी भइरहेको छ भने मानव बेचबिखनको सञ्जालमा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजीका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement