Advertisement
Advertisement
Advertisement
Advertisement

रेडियो सुन्दै पढ्दै

  |      11:04:00   |  
रेडियो सुन्दै पढ्दै

►पवित्रा घिमिरे
वैशाख ५, तानसेन । कोभिड –१९ को संक्रमण फैलिरहेका परिवेशमा  विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुशी भएका छन् । बन्दाबन्दकिा कारण एसइईको चिन्तामा रहेका विद्यार्थी  रेडियोले पढाउन थालेपछि भने  उत्साहित छन् ।
रामपुर नगरपालिका वडा नं ५ का सुमित डोटेल एसइईको तयारी गरिरहँदा एक्कासि लकडाउनले परीक्षा मिति अनिश्चित बनेको र  ट्युशन बन्द हुँदा चिन्तामा हुनुहुन्थ्यो ।  अहिले उहाँ रेडियोमार्फत शिक्षकले कक्षामा झैँ पढाइएपछि नियमित कक्षामा सहभागी भएको अनुभव गर्नुहुन्छ । 
परीक्षा स्थगन भएपछि सामुदायिक रेडियो मदनपोखराले‘दूरशिक्षा रेडियो कार्यक्रम‘मार्फत विद्यार्थीलाई पढाइरहेको छ ।  रेडियोको नियमित कक्षा सुनेपछि धेरै कुरा बुझ्ने अवसर मिलेको र कक्षामा शिक्षकले पढाएजस्तै अनुभव भएको एसइईको तयारीमा जुटेकी रामपुरकी मनिषा बोटेको अनुभव छ ।
तानसेन नगरपालिकासँगको सहकार्यमा हरेक दिन बिहान सवा १० देखि ४ बजेसम्म दूरशिक्षा रेडियो कार्यक्रम ‘एसइई पाठशाला’ उत्पादन र प्रसारण गरिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले बताउनुभयो । 
बन्दाबन्दीको अवस्थालाई ध्यानमा राखी शुरु गरिएको एसइई पाठशालामा अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली र कम्यूटर विषयको पठनपाठन गरिएको छ । हरेक विषयका कक्षा हरेक दिन ४५ मिनेट  हुन्छ ।  
नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यार्थीको ध्यान बाहिरी कुरामा नगई परीक्षाको तयारीमा  पुगोस् भन्ने उद्देश्यले रेडियोबाट पढाइने कार्यक्रम शुरु गरिएको बताउनुभयो । “घरमा बन्दाबन्दीमा परेका बालबालिकाले रेडियोमार्फत पढ्न, नयाँ कुरा सिक्न र  नबुझेका कुरा शिक्षकसँग सोध्न पाउने भएकाले पाठशाला अत्यन्त प्रभावकारी बनेको छ ”,उहाँले भन्नुभयो । 
एसइई पाठशाला रेडियो कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक होत्रीराज ढुंगानाले अंग्रेजी, जीवन आचार्यले कम्प्युटर र एकराज ज्ञवालीले सामाजिक अध्ययन, तानसेनको जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणी साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान र माउन्ट भ्याली बोर्डिङ स्कूलका प्रेमराज खरालले नेपाली विषय पढाउँदै आउनुभएको छ ।  
 जनता विद्यालयका विद्यार्थी अंकित गैरेले भन्नुभयो, “विद्यालय बन्द हुुँदा र परीक्षा सरेको खबरले निकै दुःख लागेको थियो तर अहिले रेडियो सुन्दै दिनदिनै पढ्छु, यही पढाइले ए प्लस ल्याउने तयारीमा छु ।” 
जनता मावि मात्रै होइन, दमकडाका अनिश पाण्डे, तानसेन ९ तिन्टीआँपका अर्चना ज्ञवाली र  देववाणी  विद्यालयका सुजन बस्यालको पनि रेडियो सुनेर पढ्ने दिनचर्या नै बनेको छ । सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक अर्यालले भन्नुभयो, ‘यो एसइईका लागि सहयोगी कक्षा हो । अन्तिम तयारीमा रहेका बालबालिकालाई परीक्षा सरेपछि जानेका कुरा पुनः दोहो¥याउने र नजानेका कुरा सिक्ने अवसर मिलाइएको छ । 
नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा सूचना प्रविधिको उपयोग र विद्यालय कक्षालाई डिजिटलाइज्ड गर्नसमेत मद्दत पुग्ने विश्वास गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्षसमेत रहनुभएका गणित शिक्षक  ढकालले विद्यार्थीले घरमै बसेर सिक्न पाउने, फुर्सदका समयमा उपयोग गर्न मिल्ने, शिक्षकसँग भेट नहुँदा पनि पढ्न पाउने, रेकर्ड गरेर दोहो¥याइतेह¥याई सुन्न पाउने भएकाले दूरशिक्षा रेडियो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । 
एसइई पाठशाला पाल्पाका मदनपोखरा, रेडियो रामपुर र मुक्तिनाथ, गुल्मीका गुल्मी, रुरु र श्रृंगेश्वर, बाग्लुङको रेडियो सारथी तथा अर्घाखाँची, नुवाकोट, रसुवा, जुम्ला, बाँके, पर्वतलगायत जिल्लाका ३० भन्दा बढी रेडियोले पनि शुरु गरेका छन् । रेडियो मदनपोखराले विसं २०६० देखि २०६३ सम्म कक्षा ८, ९ र १० लाई अंग्रेजी, गणित र विज्ञान विषय पठनपाठन गराएको थियो । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement