पुस १६, काठमाडौं।
बेसार पानी
बेसारमा पाइने कर्क्युमिनले रुघाखोकीसँग लड्न मद्दत गर्छ । प्रतिरोधात्मक क्षमता बढाउँछ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर बिहान बेलुका दुईपटक सेवन गर्नुपर्छ ।
अदुवा र मह
राति सुत्नुभन्दा अगाडि दूध वा तातोपानीमा अदुवा र मह मिसाएर पिउँदा गहिरो खोकी, घाँटी दुखाइ र घाँटी खसखस, सुन्निनु, निल्न अप्ठेरो हुनु जस्ता समस्या अदुवाको प्रयोग गर्ने गरिन्छ ।
तुलसीको पात
दूधको चिया वा तातोपानीमा पाँचवटा तुलसीको पात हालेर दुई मिनेटसम्म तताएर दिनमा दुई–तीन पटक पिउँदा खोकीबाट छुटकारा पाउन सकिन्छ । चिया जस्तै खान नसकेमा तुलसीको पात चपाउनाले घाँटीको खसखस र खोकीबाट राहत मिल्छ ।
ल्वाङ, मरिच र मह
मरिज पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघाखाकी निको हुन्छ । यसमा ल्वाङमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेट्री र एन्टिसेप्टिक गुण भएको हुन्छ, जसले गर्दा रुघाखोकी निको हुन्छ ।
ज्वानो
रुघाखोकीको लागि झोल पदार्थ धेरै पिउनुपर्ने भएका कारण रुघाखोकी लाग्दा ज्वानोको झोलले शरीर तातो बनाइराख्ने काम गर्छ । जसले गर्दा शरीर चिसो हुनबाट जोगिन्छ ।
जाइफल
जाइफललाई तातो पानीमा मिलाएर पिउने वा तेलमा मिसाएर मालिसको रुपमा उपयोग गर्न सकिन्छ । यसले खोकी कम गरेर आनन्दको निद्रा पुर्याउँछ ।