Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रपति भन्छिन्- २०७७ साल उपलब्धिपूर्ण, उपराष्ट्रपति भन्छन्- बितेको वर्ष सुखद् रहेन

  |      12:32:00   |  
Web : Image
Web : Image

वैशाख १ , काठमाडौं । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले छुट्टाछुट्टै सन्देश जारी गर्दै सबै नेपालीमा शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले २०७७ साल राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको उल्लेख गरे पनि उपराष्ट्रपति पुनले भने वितेको वर्ष सुखद नरहेको जनाएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्शा जारी हुनु, मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरु हुनु र शान्ति वार्तालाई महत्वपूर्ण सफलताको रुपमा उल्लेख गरेकी छन् ।

उनले संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोरोनाविरुद्धको खोप अभियान थालनी हुनु, रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण सम्पन्न हुनु जस्ता कार्य पनि सकारात्मक उपलब्धि भएको जनाइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले भने २०७७ साल सुखद् नरहेको भन्दै २०७८ साल सुखद हुने विश्वास व्यक्त गरेका छन् । कोरोनाभाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने उनको विश्वास छ ।

‘विसं २०७८ शुभारम्भसँगै हामीले २०७७ लाई बिदाइ गरेका छौँ । बितेका वर्ष हाम्रा लागि सुखद् रहन सकेन । विश्वव्यापी महामारी कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी) बीच स्वागत गरिएको २०७७ सालभरि हामीले महामारीको असर भोगिरह्यौं’ उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा लेखिएको छ ।

अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्दै उपराष्ट्रपति पुनले महामारीकै कारण लाखौँलाख विद्यार्थी विद्यालयको कक्षाकोठामा पुग्न नपाएको पनि उल्लेख गरेका छन् ।

जस्तोसुकै प्रतिकूलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने हामी नेपालीको विशेषता भएको भन्दै उनले विषम परिस्थितिका बीच हाम्रो घरआँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउन आह्वान पनि गरेका छन् ।

साभार :  अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement