Advertisement
Advertisement
Advertisement
Advertisement

राजधानीमा मिदोरी क्याफे लोकप्रिय बन्दै

  |      21:36:00   |  
राजधानीमा मिदोरी क्याफे लोकप्रिय बन्दै

साउन २५, काठमाडौं । पछिल्लो समय आधुनिक खानाका लागि देशबाहिर नै जानुपर्ने बाध्यता राजधानीमा खुलेका आधुनिक क्याफे तथा रेस्टुराँहरुले टारिदिएका छन् ।  विभिन्न देशका स्वाद आफ्नै मुलुकमा पस्किन सफल गन्तव्य खुल्ने क्रम पनि पछिल्लो समय निकै बढेको छ । यस्तै, जापानिज स्वादका विभिन्न परिकारका आयाम लिएर भर्खरै बालुवाटारमा ‘मिदोरी’ नामक क्याफे संचालनमा आएको छ । जापानिज , चाइनिज , इटालियन , कन्टिनेन्टल , इन्डियन तथा नेपाली थाली सेट खाना पाइने रउत्कृष्ट गन्तव्य बन्दै गएको मिदोरीको निकै चर्चा छ । मिदोरीको अर्थ जापानिज भाषामा हरियाली हो । 

-चिकेन तेर्याकी सेट

हरियाली क्यानभास तथा डिजाइनका साथ खुलेको मिदोरी छोटो अवधिमै लोकप्रियता कमाउन सफल भएको छ । सामान्यदेखि उच्च वर्गका मानिसहरुको खानपान तथा भलाकुसारी गर्ने उपयुक्त गन्तव्य बनेको मिदोरी बालुवाटारको निकै व्यस्त हुनेमध्येको एक उत्कृष्ट क्याफे हो । शान्त र सफा वातावरणमा संचालित मिदोरीमा विभिन्न स्वादका परिकार पाउनुका साथै ग्राहकको माग बमोजिमका खानेकुरा समयमै टेवलमा आइपुग्छन् । 

-चिकेन सेकुवा सेट

काठमाडौंको व्यस्त वातावरणलाई मध्यनजर राखी मिदोरीले  पार्टी, झेला, जन्मदिन आयोजन गर्न सकिने शान्त वातावरणको समेत व्यवस्था गरेको छ । मिदोरीको अर्काे आकर्षक पाटो भनेको ग्राहकलाई हरियाली वातावरणमा आकर्षक ढंगले स्वागत गर्नु हो र ग्राहकका लागि भने जस्तै जापानिज खानाका परिकार तयार गर्नु हो । 

-फ्राइ आइस क्रिम

दिनभरको कामको थकान र मध्यान्ह लाग्ने भोकलाई उत्कृष्ट सत्कारका साथ मिदोरीमा स्पेशल खानका परिकारको मज्जा लिन सकिन्छ । यहाँ विभिन्न किसिमका उत्कृष्ट बेभरेज तथा पेय पदार्थ पनि भने जस्तै पाइन्छन् ।

 

मिदोरीको विशेष जापानिज खानाको अलावा यहाँ राजधानीका अन्य क्याफेमा बिरलै पाइने फ्राइ आइसक्रिम लोकप्रिय आइटममा पर्ने मिदोरी क्याफेका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘ चिकेन तेर्याकी सेट, चिकेन सेकुवा सेट पनि मिदोरीका लोकप्रिय आइटममा पर्छन् । प्राय ग्रहाकलाई मिदोरीका यी खानाले लोभ्याएको छ ।’ राजधानीको व्यस्त तथा देशका माथिल्लो वर्गका मानिसहरुको विशेष चहलपहल हुने ठाउँमा संचालित मिदोरीले निकट भविष्यमै अन्य सेवा सुविधा थप्ने योजना बनाएको छ । अहिले मिदोरीले विभिन्न कार्यक्रम तथा समारोहका लागि क्याटरिङको सेवा पनि प्रदान गर्दै आइरहेको छ । 

 

भदौ १ गतेदेखि विदेशी ग्राहकलाई केन्द्रीत गरी क्याफे भित्रको वाल(पर्खाल)मा नेपाललाई चिनाउने विभिन्न क्यानभास प्रदर्शन गर्ने लगायतका नयाँ आकर्षक योजना थप्दै जाने मिदोरीको प्रबन्ध निर्देशक गोविन्द ओझाले जानकारी दिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement