Advertisement
Advertisement
Advertisement
Advertisement

रसुवा बाढीपछि उद्धार र व्यवस्थापनमा सरकार चुक्यो: कांग्रेस प्रमुख सचेतक थापा

  |      16:42:00   |  
रसुवा बाढीपछि उद्धार र व्यवस्थापनमा सरकार चुक्यो: कांग्रेस प्रमुख सचेतक थापा
भदौ १८ , काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार तथा व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै थापाले आकस्मिक रूपमा आएको बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरे पनि त्यसपछि योजनाबद्ध रूपमा अघि बढ्न नसकेको बताइन्।
‘एकदमै इमर्जेन्सीमा आएको बाढीका बेला राज्य, सरकारले र हामीले जति गर्न सक्थ्यौँ, दुई दिनभित्र त्यति गर्‍यौँ। त्यसपछि प्रिप्लानिङसहित अगाडि बढ्नुपर्थ्यो, तर हामी त्यसमा चुकेका छौँ,’ उनले भनिन्।
विपद्पछिको उद्धारमा मित्रराष्ट्रहरूको सहयोग समयमै लिन नसक्दा समस्या थपिएको उनको भनाइ छ। जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका मानिसको अझै उद्धार हुन नसकेको उनले बताइन्।
थापाले सुरुङ बाहिर तथा आसपास रहेका व्यक्तिको उद्धार भए पनि अहिलेसम्म कुनै पनि सुरुङभित्र प्रवेश गरेर मानिसको उद्धार गर्न नसकिएको दाबी गरिन्। सुरुङ निर्माणका क्रममा तयार भएका नक्सा तथा प्राविधिक विवरण सम्बन्धित निकायसँग भए पनि उद्धार टोली कतिपय सुरुङको आसपाससम्म समेत पुग्न नसकेको उनले बताइन्।
सरकारले सुरुङभित्र रहेका मानिसको उद्धार गरेको भन्दै गलत प्रचार गरिरहेको आरोप लगाउँदै उनले वास्तविक उद्धारमा जोड दिन आग्रह गरिन्।
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र अझै मानिस जीवितै रहेको हुन सक्ने आशा रहेको पनि थापाले बताइन्। उनका अनुसार दैलेखका पाँच जनामध्ये दुई जना सुरुङभित्र रहेको आशंका छ।
‘उहाँहरू जीवित हुनुहुन्छ भन्ने आशा हामीले राखेका छौँ,’ उनले भनिन्।
विपद्का समयमा विदेशी सहयोग लिन हिच्किचाउन नहुने बताउँदै थापाले उद्धारका लागि स्थानीय तह र प्रदेश सरकारसँग पनि प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाइन्। स्थानीय तहलाई तुईन व्यवस्थापन तथा आवश्यक उद्धारका काम गर्नसमेत सरकारले पर्याप्त सहजीकरण नगरेको उनको भनाइ छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement