Advertisement
Advertisement
Advertisement
Advertisement

रसुवा बाढीपीडितको उद्धारमा पूर्ण क्षमता लगाउन सांसद तामाङको माग

  |      16:53:00   |  
web image
web image

भदौ १० , काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बसुमाया तामाङले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल खोजी तथा उद्धारमा सरकारलाई पूर्ण क्षमता परिचालन गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद तामाङले हेलिकोप्टरसहितका उद्धार टोली परिचालन गरी सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको अविलम्ब खोजी गर्न आग्रह गरिन्।

उनले घरबारविहीन भएका बाढीपीडितका लागि निःशुल्क खानपिन, अस्थायी आवास र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

बाढीबाट क्षतिग्रस्त सडक तथा बगेका पुलका कारण रसुवा, नुवाकोट र धादिङको सडक सम्पर्क प्रभावित भएकाले बेलिब्रिज तथा वैकल्पिक मार्ग तत्काल सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

सांसद तामाङले जनधन तथा पूर्वाधारमा भएको क्षतिको मूल्यांकन गर्न उच्चस्तरीय टोली गठन गरी पीडितका लागि दीर्घकालीन पुनःस्थापना र उचित क्षतिपूर्तिको प्याकेज घोषणा गर्नसमेत माग गरिन्।

उनले त्रिशूली र भोटेकोसी नदी किनारका नुवाकोट, रसुवा र चितवनका नागरिकलाई नदीको बहाव नघटेसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement