साउन ५,काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठले पार्टीमा खल्तीका मान्छेलाई अवसर दिलाउने प्रतिस्पर्धा भैइरहेको बताएकी छन् । पार्टीमा योङ महामन्त्रीहरूआउनुभएको छ, केन्द्रीय सदस्यहरू पनि योङ–योङ हुनुहुन्छ । तर पार्टीको अवस्था उही छ, उस्तै कार्यशैली छ,’ अञ्जनी श्रेष्ठले जानकारी दिइन् ।
उनले अगाडि भनिन्, ‘अहिले पार्टीको संगठन यस्तो भएको छ कि अवसर दिने, नियुक्ति दिने, मनोनयन गर्ने काम भइरहेकै छ । यसरी सबै खल्तीका मान्छेमात्रै राखेर भ्रातृ संस्था कसरी चल्छन् रु पार्टीको संगठन कसरी बन्छ रु’ महामन्त्रीहरूले कार्यतालिकाले पार्टीमा आशा जगाएको भन्दै त्यसलाई थपघट गरेर यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ ।
केन्द्रीय सदस्य श्रेष्ठले चुनावमा पार्टीले गठबन्धन गर्दा चितवनलाई अन्याय भएको गुनासो गरिन् । ‘एउटा चुनावमा गठबन्धन हुन्छ, एउटा विषयमा साझेदारी हुन्छ । तर भएजति सबै चुनावमा गठबन्धन गर्ने त कसरी मिल्छ रु नभए पार्टी अलग–अलग हुनुको के अर्थ रु त्यसमाथि चितवनमा त कांग्रेसले जतिपटक चुनाव आउँछ, सबैमा पद गुमाउनुपर्छ,’ उनले भनिन् । सबै पद जति अरुलाई छोड्नका लागि चितवनका बासिन्दाले कांग्रेसमा किन लाग्ने भनेर उनले प्रश्न गरिन् ।