Advertisement
Advertisement
Advertisement
Advertisement

युट्युब हेर्दै खानाका परिकार बनाउन सिक्दै

  |      10:22:00   |  
युट्युब हेर्दै खानाका परिकार बनाउन सिक्दै

►शेरिफ केसी
वैशाख १०, जीतपुर । कपिलवस्तु, वाणगङ्गा नगरपालिका–४ की अस्मिता कुँवरले लकडाउन सदुपयोग गर्दै ढाकाका कपडा बुनिरहनुभएको छ । कुँवरलाई कपडा सिलाइको व्यस्तताले गर्दा समय बितेको पत्तो छैन । बुद्धभूमि नगरपालिकाका–४ का विनोद केसीलाई भने यस समयमा खूब अध्ययन गर्ने मौका जुरेको छ । एक महिनाका अवधिमा उहाँले आधा दर्जनभन्दा बढी पुस्तक पढिसक्नुभएको छ । केसीले भन्नुभयो, “पहिला बैंकको कामले एकछिन फुर्सद पाउँदिनथे तर आजभोलि अध्ययन गर्दै मीठो खाना बनाउन पनि सिक्दै छु ।”
शिवराज नगरपालिका –१ की सुनिता कहाँर भने यति बेला युट्युबका माध्यमबाट झुमरा, ढकिया, फूलदानीलगायत  घर सजावटका विभिन्न सामग्री बनाउँदै हुनुहुन्छ । बहिनीको कामबाट प्रेरणा पाउनुभएका अनिताले पनि यस समयलाई भने खेर जान दिनुभएको छैन । आफ्नो इच्छानुसार काम गर्न लकडाउनले ठूलो अवसर प्रदान गरेको बताउँदै उहाँले आफूले विभिन्न खालका चित्र तथा  मूर्ति बनाउने गरेको जानकारी दिनुभयो । उहाँको जस्तै अनुभव अनुपा पासीको पनि छ । लामो समय लकडाउन हुँदा दिक्क मान्ने पासीलाई घरकै कामले भ्याइनभ्याई छ । 
वाणगङ्गा –२ की मीना सुनार जागीरका कारण घरभन्दा बाहिर बस्दै आउनुभएको थियो । पटकपटक परिवारमा समय नदिएको गुनासो सुन्दै आउनुभएकी सुनारले यतिबेला घर परिवारमा पर्याप्त समय दिनुभएको छ । यसरी परिवारसँग समय व्यतीत गर्दा छुट्टै किसिमको आनन्द मिल्ने गरेको उहाँले सुनाउनुभयो । 
विद्यालय बन्द हुँदा मोबाइलमा मात्रै रमाउने वाणगङ्गा–४ की दिया श्रेष्ठ र उहाँकै छिमेकी स्नेहा क्षेत्री पनि नयाँनयाँ परिकार बनाउन सिकिरहनुभएको छ । घरमै सेलरोटी, पानीपुरीलगायत परिकार बनाउने गर्नुभएको छ । सधैँं एकैप्रकारको खाना खाँदा वाक्क लाग्ने भएकाले युट्युब हेरेर वा साथीहरूबाट सिकेर नयाँ खाजाका परिकार बनाउन सिक्ने अवसरका रुपमा यो समयलाई उपयोग गर्दै आएको उहाँको भनाइ छ । 
वाणगङ्गा–३ चम्कीपुरकी ५५ वर्षीया सुनरमतिया थारुलाई पनि खाली समय बिताउन समस्या भएपछि छिमेकीसँग घर सजावटका सामान बनाउन सिकिरहनुभएको छ । केही गर्ने इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण उहाँबाट पाउन सकिन्छ । वरपर छिमेकीले हातेपङ्खा, ढकिया बनाएको देखेपछि उहाँमा पनि यो जाँगर चलेको छ । थारु भन्नुहुन्छ, “दिनमा चारपाँच वटा पङ्खा, ढकियाहरु बनाउँछु ।” सजावटका सामान बनाउँदा लकडाउनको समय पनि सजिलोसँग बितेको उहाँको अनुभव छ ।
बन्दाबन्दीका समयमा अभिभावकहरु काममा नजाँदा बालबालिकाले पनि जान्नेबुझ्ने अवसर पाएका छन् । यही अवसरको सदुपयोय गर्दै वाणगङ्गा–५ की पाँच वर्षीया कृतिका न्यौपानेले विद्यालय जान नपाए पनि आमासँग घरमा बसेर पढ्नुभएको छ ।  यस समय उहाँ जस्तै अन्य बालबालिकाले घरमै व्यवहारोपयोगी ज्ञान र सीप सिक्न पाएका छन् । 
एसइई परीक्षाको तयारीमा रहनुभएका एलिना पाण्डेले पनि अध्ययनको तयारी गर्दै घर सजावटको काम सिकिरहनुभएको छ । कतै जान नपरेपछि अध्ययन गर्न पर्याप्त समय भएकाले दिउँसो चित्र बनाउने र घर सजावटको काम सिक्ने गरेको पाण्डे बताउनुहुन्छ । समयमै परीक्षा दिन नपाउँदा उहाँलाई लकडाउको समयभर पट्यारलाग्दो भएको छ । उहाँले भन्नुभयो, “राति सपनामा पनि परीक्षा दिएको देख्छु पहिले नै दिन पाएको भए आनन्द हुने थियो । 
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्ने हो भने झनै उपयोगी बनाउन सकिने मनोपरामर्शकर्ता बताउँछन् । “कोरोनाले बालमनोविज्ञानमा एकप्रकारको छाप त छाडेको छ तर यसले बालबालिका तथा किशोरकिशोरीलाई सीप सिकेर जीवन उपयोगी  नयाँ अनुभव हासिल गर्ने अवसरसमेत दिएको छ”, मनोपरामर्शकर्ता  प्रकाश घिमिरे भन्नुहुन्छ । यस समयलाई कहरका रुपमा नलिई नयाँ काम सिक्ने रहरका रुपमा ग्रहण गर्नुपर्ने उहाँको भनाइ छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement