२,काठमाडौं । दूध पिउनुका अनगिन्ती फाइदाहरू छन् किनभने यसमा सबै पोषक तत्वहरू पाइन्छ जुन शरीरलाई राम्रोसँग काम गर्न जिम्मेवार हुन्छ। दूध र दुग्धजन्य पदार्थमा क्याल्सियम, प्रोटिन, भिटामिन बी२ (रिबोफ्लेभिन), भिटामिन बी १२, पोटासियम, फस्फोरस, भिटामिन ए र भिटामिन डी जस्ता पोषक तत्वहरू प्रशस्त हुन्छन्।
दूधलाई पूर्ण आहार मानिन्छ र दैनिक दूध पिउनाले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन, हड्डी र दाँतको स्वास्थ्यलाई बढावा दिन, पाचन क्रियामा सुधार गर्न, मुटुलाई स्वस्थ राख्न, छाला र कपालको स्वास्थ्य सुधार गर्न, मानसिक स्वास्थ्यलाई व्यवस्थित राख्नमा फाइदा हुन्छ । दुधका यति धेरै फाइदाहरू भए पनि कतिपयको लागि दूध पिउनु खतरनाक हुनसक्छ। कुन-कुन व्यक्तिले दूध पिउनु हुँदैन र किन खानु हुँदैन भन्ने बारेमा जानकारी दिँदै पोषणविद ।
फ्याटी लिभरका बिरामीले दूध पिउनु हुँदैन
यदि तपाई फ्याटी लिभरको समस्याबाट ग्रसित हुनुहुन्छ भने दूध नपिउनु पर्ने चिकित्सकले बताएका छन् । फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्मा हुने अवस्था हो जसले गर्दा कलेजोमा सूजन हुन्छ।
दूध वा दहीले बान्ता भएमा
दुध र दुधजन्य पदार्थ खाएपछि वाकवाकी लाग्ने वा बान्ता हुने समस्या भएका व्यक्तिले दूध पिउनु हुँदैन । यस्ता धेरै मानिस छन्, जो दूधको एक चुस्की पिएपछि नर्भस हुन थाल्छन् ।
क्यान्सर रोगी
प्रोस्टेट क्यान्सर होस्, स्तन क्यान्सर होस् वा अण्डाशयको क्यान्सर होस्, क्यान्सर भएका व्यक्तिले दूध पिउनु हुँदैन ।
एलर्जी पीडितहरू
दूध पिउँदा एलर्जी हुने, सास फेर्न गाह्रो हुने, बान्ता हुने, दिसाबाट रगत आउने जस्ता व्यक्तिले दूध पिउनु हुँदैन ।
छाला रोगमा दूध पिउनु हुँदैन
यदि तपाईलाई कुनै प्रकारको छालाको रोग छ वा दूध पिउनाले छालामा पिम्पल, एक्ने, दाग वा चाउरी पर्ने खतरा छ भने तपाईले दूध पिउनु हुँदैन। यी बाहेक मुटुका बिरामीले दूध पिउनु हुँदैन ।