Advertisement
Advertisement
Advertisement
Advertisement

यी हुन् सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

  |      12:31:00   |  
यी हुन् सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

चैत २०, काठमाडौँ । विश्वभरका १८८ देशमा आंतक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएको छैन। संक्रमण फैलन सक्ने उच्च जोखिममा भने छ।

यही जोखिमलाई मध्यनजर गर्दै सरकारले जनतालाई आंतकित नबन्न तर सुरक्षित हुन अनुरोध गरेको छ। दुई साताका लागि देशनै लकडाउन गरिएको छ।

घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ।

कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भनेपनि पछि गएर लक्षण देखिन सक्छ।

त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ। अन्य व्यक्तिको सम्पर्कमा आउनु हुँदैन। यसरी अलग्गै बस्नुलाई अन्य सेल्फ क्वारेन्टाइन भनिन्छ। 

यस्तो अवस्था अरुको सम्पर्कमा नआउने, भीडभाडमा नजाने, सार्वजनिक यायायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन  हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने, लागेका व्यक्तिको नजिक नजाने गर्नुपर्छ। 

सेल्फ क्वारेन्टमा बस्दा के के गर्ने भन्ने विषयमा बढी गुनासो आएपछि स्वास्थ्य मन्त्रालय १५ वटा नियम सार्वजनिक गरेको छ।

यी हुन् सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१। म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसंग कम्तिमा १ मिटर दूरी राख्नेछु।

२। म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा गर्नेछु।

३। म आफु बस्ने कोठा आफैं सफा गर्नेछु।

४। म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवात जावतलाई सीमित गर्नेछ । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको ९वा झ्याल खुला रहने० सुनिश्चित गर्नेछु।

५। म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन। म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जांदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन।

६। म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु। म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु।

७ मैले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाडा, तौलीया र रुमाल, ओछयान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसंग साझा प्रयोग गर्दिन। प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफा संग धुनेछु।

८। म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन।

९। यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर ९३ फिट० को दूरी राख्नेछु र म अर्को व्यक्तिसंग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु।

१०। खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नेछु।

११। म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फाले पछि तुरून्तै कम्तिमा २० सेकेन्ड सम्मका लागी अफ्ना हातहरू साबुन र पानीले मिची मिची धुनेछु। रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासंग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु।

१२। म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु।

१३। म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिईएको फाराममा रेकर्ड गर्नेछु। मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु।

१४। कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु।

१५। म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना स्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन। आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement