Advertisement
Advertisement
Advertisement
Advertisement

यी हुन् स्लिम बन्ने ७ उपाय

  |      12:54:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २९, काठमाडौं । बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन भने यसले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट पनि बचाउँछ।छरितो र पातलो शरीर मन नपर्ने मानिस कमै हुन्छन्। यस्तो शरीर देख्दा सुन्दर त हुन्छ नै, स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ। तपाईं पनि स्लिम बन्न चाहनुहुन्छ भने आउनुस् यी सात उपाय अपनाउनुस्। जसको नियमित अभ्यासले एक महिनामै परिणाम पाउनु हुनेछ।

 

१. पर्याप्त पानी पिउनुहोस्:

बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले तपाईंको शक्ति रूपान्तरण गर्छ र शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन। पानीले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट बचाउँछ। तपाईं शुद्ध पानीमा ग्रिन टी राखेर पनि आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ। ग्रिन टि पिउँदा त्यो दिन नै तपाईंलाई फरक अनुभूति हुनेछ। यसको सेवनले तपाईंको तौल घटाउन पनि मद्दत पुग्छ।

 

२. खाना खाएपछि केहीबेर हिँड्नुहोस्:

शरीर सन्तुलनमा राख्न यदि तपाईं कुनै व्यायाम वा दौडिने गर्नुभएको छ भने अर्को सजिलो उपाय पनि छ। त्यो हो, खाना खाएको केही समयपछि १० मिनेटजति हिँड्नुहोस्। यसो गर्दा तपाईंको शरीरमा रहेको क्यालोरी घट्न  तथा खाना छिटो पचाउन सहयोग पुग्छ।
यति मात्र हैन, यस्तो हिँडाइले तपाईंको रगतमा भएको चिनीको मात्रा मिलाउनसमेत मद्दत गर्छ। जुन बिहान ४५ मिनेट हिँड्दा पनि यति फाइदा हुने सम्भावना हुँदैन। अनुसन्धानकर्ताहरू भन्छन्– खानापछिको हिँडाइले शरीरमा भएको ग्लुकोजको मात्रा जोर्नीतिर पुर्‍याउँछ। अर्को कुरा, खाना पछि थोरै हिँड्नाले खोकी पनि हटाउँछ।

. बढी फाइवर भएका खानेकुरा खानुहोस्:

बढी फाइवर भएका खानेकुराहरू स्वस्थ रहन र तौल घटाउन दुवै हिसाबले राम्रो मानिन्छ। यस्ता खानाहरूले तपाईंलाई पेट भरिनुअघि नै अघाएको अनुभूति गराउँछन्।  तर हामी कम फाइवर भएका खानेकुरा मात्र खाने गर्छौं। यसो गर्नु ठीक होइन। सकेसम्म बढी फाइवर भएका खानेकुराहरू खानुपर्छ। फाइवर भएका खानेकुरा चपाउन बढी समय लाग्छ। जसले गर्दा हामीलाई पेट टन्न हुनुअघि नै अघाएको अनुभूति हुन्छ। उच्च फाइवर भएका खानेकुराहरू कम इनर्जी संकलन हुन्छ। यसको अर्थ उत्तिकै आयतन भएका खानाको कम क्यालोरी जम्मा हुनु हो।  
त्यसकारण दिनको सुरुवात नै बढी फाइवर भएका खानेकुरा ९खाजा० खाएर गर्नु राम्रो हुन्ण्छ। त्यसका लागि गहुँको आँटा, च्याँख्ला जस्ता चिजको खाजा बनाउन सकिन्छ। यसका साथै प्रत्येक खानामा ताजा मौसमी सलाद र सागपात समावेश गर्नुहोस्।

 

४. घरकै खाना खानुहोस्;

सहरी जनजीवनमा परिवारका सबैजसो सदस्य व्यस्त हुने भएका कारण सातामा कम्तीमा चारपटक होटल तथा रेस्टुरेन्टमा खाना खाने चलन बढेको छ। रेस्टुराँका धेरैजसो खाना बढी चिल्लो र क्यालोरी भएका हुन्छन्। यदि यस्ता खाना नियमित खाएमा स्वास्थ्यका लागि हानिकारक हुन्छन्। किनकि शरीरले बढी क्यालोरी भएका खानाहरू खपत गरिरहेको हुन्छ। यदि घरमै खानुहुन्छ भने तपाईं खाना बनाउँदा नै के कति पदार्थहरू राख्ने भन्ने विषयमा नियन्त्रण गर्न सक्नुहुन्छ। स्वास्थ्य बढाउन तथा तौल घटाउन घरमै बनाएर खाना खानु एक मात्र उत्तम उपाय हो। सकेसम्म बाहिर खाँदै नखाने खाने बानी छ भने एकदम कम गर्नुहोस्।

 

५. नुनको प्रयोग सक्दो कम गर्नुहोस्;

नुन भएका खानाहरू सकेसम्म कम गर्नुहोस्। जस्तो, नमकिन, आलु चिप्स, धेरै सोडियम भएका अचारहरू, लेज, कुरकुर्रेजस्ता प्रशोधित तथा संरक्षित गरी राखिएका खानेकुराहरू। जसमा नुनको मात्रा ज्यादा हुन्छ। यस्ता चिजले शरीरमा पानीको मात्रा घटाउँछ भने सोडियम र नुनको मात्रा बढाउँछ। जसले तपाईंलाई मोटो देखाउँछ। नुन यस्तो नशालु पदार्थ हो, जसले तपाईंलाई एकपटक खाँदा सन्तुष्टि दिन सक्दैन।

 

६. दौडिनुहोस्:

सायद तपाईंलाई नियमित दौडिनुका सबै फाइदाबारे थाहा नभएको पनि हुन सक्छ। नियमित दौडिनाले तपाईंको शरीरमा जम्मा भएको क्यालोरी हटाउन, तनाव घटाउन मद्दत गर्छ। यदि हिँडाइलाई हामीले अलिकति दौडका रूपमा बढाउँदै गयौं भने छिटो क्यालोरी घट्छ। क्यालोरी घटिसकेपछि पनि दौडाइलाई जारी राख्नुपर्ने अनुसन्धानकर्ताहरू बताउँछन्। दिनमा एकदेखि दुई घन्टासम्म दौडिनु आवश्यक हुन्छ।

 

७. पुसअप र स्कवाट्स;

एउटा यस्तो प्रभावकारी व्यायाम छ कि जसले क्यालोरी घटाउँछ। यदि तपाईंसँग पर्याप्त समय, धैर्यता र साधन छैन भने सजिलो व्यायाम छ। त्यो हो, पुसअप र स्क्वाट्स। मात्र १५ मिनेट यो अभ्यास गर्नुभयो भने तपाईंको शरीरबाट पसिना बग्न थाल्नेछ। यसबाट प्राप्त हुने परिणामले तपाईं अचम्ममा पर्नुहुनेछ। यसको नियमित अभ्यासले तपाईंको शरीमा रहेको बोसो पगाल्छ भने हातखुट्टाको मसल पनि बलियो बनाउँछन।

नागरीक खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement