Advertisement
Advertisement
Advertisement
Advertisement

यी महिलाको ‘वुहान डायरी’ मा कोरोनाभाइरसको ‘पर्दाफास’, सच्चाईबाट डरायो चीन

  |      16:16:00   |  
यी महिलाको ‘वुहान डायरी’ मा कोरोनाभाइरसको ‘पर्दाफास’, सच्चाईबाट डरायो चीन

बैशाख १२, काठमाण्डौ। चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरसले अहिले पूरै विश्वमा त्रासदी मच्चाइरहेको छ। तर चीनले सुरुआती अवस्थादेखि नै यो भाइरससम्बन्धी जानकारी र सूचनामा मनमानी गरिरहेको आरोप लागिरहेका छन्। 


चीनमाथि सुरुमै सही सूचना नदिँदा अहिले पूरै विश्वमा कोरोनाको कहरमा परेको आरोप लागिरहेको छ। यसबीच वुहान सहर लकडाउन हुँदा एक महिलाले तयार पारेको ‘वुहान डायरी’ अहिले बाहिर आएको छ। यो डायरीमा कोरोना संक्रमणपछिको वुहानको वास्तविक अवस्थाबारे उनले चित्रण गरेकी छन्। जसले गर्दा अहिले सारा विश्वको ध्यान यो डायरीमा परेको छ। 

यो डायरीमा कोरोनाबाट भएको मृत्युवरण, शोक र यातनासम्मका सम्पूर्ण कुरा उल्लेख गरेकी छन्। सुरुसुरुमा त चीनका मानिस यो उनको डायरीमा निकै लगाव राख्थे तर जब पछि थाहा भयो कि पूरै कहानी जर्मन र अंग्रेजी भाषामा आइरहेको छ तब उनीहरु यो डायरीकी नायिकलाई खलनायिका भन्न थाले। 


यो डायरीका लेखिका हुन् फाङ फाङ । अवार्ड विजेता फाङ फाङलाई अहिले मार्नेसम्मका धम्की आइरहेका छन्। धम्की चीनबाटै आइरहेका छन्। फाङको एउटै मात्र गल्ती छ उनी वुहानको सारा सच्चाई सबैसामु यो डायरीमात्र ल्याइन्। 

फाङले यो भाइरसबारे सम्पूर्ण कुरा खेलेकी छन्। जसले अहिले पूरै विश्वमा सन्त्रास फैलाइरहेको छ। फाङले वुहानमा ७६ दिन लामो लकडाउनमा बस्दा यो डायरी लेखेकी थिइन्। 

यो डायरीमा त्यतिबेला वुहानको स्थिति, चीन अधिकारीहरुको कर्तुत र अस्पतालमा बिरामीमो दुर्दशा, श्मशान र कब्रिस्तानमा देखिएको मातमका बारेमा लेखिकी छन्। उनले यो डायरी अनलाइनमा पनि हालेकी छन्। अहिले यही डायरीबाट उत्पन्न हुन सक्ने परिस्थितिबाट डराएर चीन उनको ज्यानको पछि लागेको छ।

के छ वुहान डायरीमा ?

यो डायरी जर्मन र अंग्रेजी भाषामा छापिएको छ। यो डायरीको अनलाइन भर्जनमा कुल ६४ पोस्ट रहेका छन्। फाङले एउटा राम्रो रिपोर्टरजस्तै जे देखिन् र जे सुनिन् त्यही लेखेकी छन्। उनले चिकित्सकको हवाला दिँदै यो बिरामी संक्रामक रहेको खुलासा पनि गरिन्। यही कारणले यो डायरीबाट सबैजना पहिला निकै प्रभावित भए। 

फाङले आफ्नो डायरीमा एउटा कब्रिस्तानको तस्बिर पनि हालेकी छन्। ‘यो तस्बिर मलाई मेरो डाक्टर साथीले उपलब्ध गराएका हुन्’, उनले भनेकी छन्, ‘यो तस्बिरको चारैतिर भुइँमा मोबाइल फोनहरु फालिएका छन्। सायद यी मोबाइलका मालिकहरु अहिले छैनन्।’

जब चीन सरकारले मृत्युको आँकडा सार्वजनिक गर्न थाल्यो। तब यो तस्बिरले मृत्युको आँकडा सरकारले भने भन्दा धेरै हुन सक्ने आँकलन गर्न कुनै कठिनाइ नहुने प्रस्ट पाथ्र्यो। फेब्रुअरी २७ मा फाङले आफ्नो डायरीमा लेखेकी छन्, ‘अहिले केही अस्पतालहरुमा मृत्यु प्रमाणपत्रहरु धमाधम बाँड्ने काम भइरहेको छ र शव वहानहरुमा थुप्रै शवहरु श्मशानसम्म पुर्याउने काम भइरहेको छ। यी शव वहान दिनमा सयौँपटक ओहोरदोहार गर्छन्।’

त्यसो त फाङको उद्देश्य केवल मृत्युको ताण्डव गाथा लेख्ने मात्र थिएन। उनले अस्पतालहरुमा देखिएको दुर्दशाका बारेमा पनि उल्लेख गरेकी थिइन्। ‘अस्पतालहरुमा अहिले ठाउँ छैन। चिकित्सकहरुले बिरामीलाई हेर्न भ्यान नभ्याइ छ। कसैलाई कसैको चिन्ता छैन’, उनको डायरीमा लेखिएको छ।

पश्चिमी देशहरुको स्याटेलाइट्सहरुबाट वुहानमा थुप्रै शव एकैपटक जलाइएकोजस्तो धुँवाको मुस्लो देखिएको थियो। यसले पनि वुहानमा सुरुआती दिनहरुमा सयौँको ज्यान गयो भन्ने थप प्रस्ट पार्छ। पश्चिमी देशहरुले यसबारे थुप्रै जानकारी र सूचना दिए तर चीनको रेकर्ड बुकमा मृतकको संख्या केवल ३५ सयको हाराहारीमा मात्र रहेको छ। गत सातामात्रै चीनले यो तथ्यांकमा थोरै संशोधन गरेको थियो। 

वुहान डायरीकी लेखिका फाङले आफूले जे देखिन् त्यो सारा विश्वलाई बताइन्। यो डायरीमा मृत्युका कहानी, चीनको चालबाजीजस्ता थुप्रै कुरा समेटिएका छन्। 

चीन भलै फाङको ज्यानको दुश्मन बनेको तर उनी आफ्नो लेखनीमा अडिग छिन्। त्यसैले चीनको त्यो सच्चाइहरु अहिले बाहिर आइरहेका छन्। 

चीनले चाहे जति पनि कोरोनासम्बन्धी दलील पेस गरोस् तर वुहान डायरीकी लेखिकाको खुलासले चीनको वास्तविक अनुहार सामुन्ने आएको छ। 

कसरी वुहान कालको समुद्र बन्यो र पूरै विश्व यसमा फस्यो?

वुहानमा डिसेम्बर १ मा कोरोनाको पहिलो बिरामी फेला परेको थियो। तर जनवरीको अन्त्यसम्म त्यहाँ अन्तर्राष्ट्रिय उडान जारी राखिएको थियो। नतिजा कोरोनाभाइरस चीनबाट पूरै विश्वमा फैलियो। अवस्था बिग्रिन थालेपछि चीनले यो औद्योगिक नगर जनवरी २३ बाट लकडाउन गर्यो। यो सहर ७६ दिन लकडाउनपछि अहिले खुलेको छ।

कोरोनाको इपिसेन्टर वुहानमा लकडाउन त गरियो तर यतिखेरसम्म विश्वमा यो भाइरस फैलिसकेको थियो। केही देशले समयमै यो भाइरसबाट जानकारी नदिएको र सावधानी अपनाउन सचेत नगराउँदै अहिले सारा विश्वमा बबन्डर मच्चिएको आरोप लगाएका छन्। 

चीनले यो भाइरस चमेराबाट मानिसमा फैलिको बताइरहेको छ तर यसमा पनि विश्वास गर्ने अवस्था छैन। झन्डै १८ वर्षअघि पनि चीनमाथि सार्सको संक्रमण फैलाएको आरोप लागेको थियो। अहिले कोरोना फैलाएको आरोप लागिरहेको छ। कोरोना फैलाएको आरोप चिनियाँ ल्याबका एक वरिष्ठ रिसर्चरमाथि लागेको छ। ती रिसर्चरलाई अमेरिकाले ‘ब्याट वुमन’ को नाम दिएको छ।

कसरी विश्वभर फैलियो रु

वुहान चीनको सबैभन्दा ठूलो औद्योगिक केन्द्र हो। यस कारण विश्वका थुप्रै देशका मानिसहरु कारोबारका सिलसिलामा वुहान जान्छन्। वुहानमै अन्तर्राष्ट्रिय हवाई अड्डाबाट बर्सेनि करिब २ करोड मानिसको आउजाउ हुन्छ। यहाँ लन्डन, पेरिस, दुबईसमेत विश्वका सबै सहरका लागि सीधा हवाई उडान हुन्छ। 

विश्वका करिब ५०० ठूलो कम्पनीमध्ये २३० कम्पनीले वुहान सहरमा लगानी गरेका छन्। कारोबार जगत्मा वुहान सहरको नाम अग्रस्थानमा आउँछ। थुप्रै देशका नागरिक वुहान सहरमा आउने भएकाले यो भाइरस यति छिटै विश्वभर फैलिएको स्वास्थ्य विज्ञहरु बताउँछन्। 

यता चीनले भने आफ्नो गल्ती कहिल्यै स्वीकारेन। उनले वुहानमा ज्यान गुमाउनको संख्या पनि दबाएर राख्यो। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement