Advertisement
Advertisement
Advertisement
Advertisement

यातायातलाई राजस्वको स्रोत होइन, विकासको मेरुदण्डका रूपमा हेर्नुपर्छ: रितु सिंह वैद्य

  |      14:32:00   |  
web image
web image
साउन २६ ,काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले यातायात क्षेत्रलाई सरकारको राजस्व संकलनको माध्यमका रूपमा मात्रै नहेरी राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताएकी छन्।
दोस्रो संस्करणको नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै वैद्यले नेपालको यातायात प्रणालीलाई दिगो, सुरक्षित र भरपर्दो बनाउन स्थिर सरकारी नीति तथा आधुनिक पूर्वाधार आवश्यक रहेको बताइन्।
विश्व अटोमोबाइल बजारमा प्रविधिको तीव्र विकाससँगै ठूलो परिवर्तन भइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि विद्युतीय सवारीसाधनसँगै विभिन्न प्रकारका हाइब्रिड तथा नयाँ प्रविधिमा आधारित सवारी भित्रिरहेको बताइन्।
नयाँ प्रविधिको प्रवेशसँगै सरकारले कर प्रणाली, सवारीसाधनको वर्गीकरण तथा नियमनलाई पनि समयअनुकूल बनाउनुपर्ने उनको भनाइ छ। सरकार र निजी क्षेत्रले नयाँ प्रविधिका प्राविधिक पक्षलाई गहिराइमा बुझेर नीति निर्माण गर्नुपर्ने भन्दै उनले नाइमा आवश्यक प्राविधिक सहयोग र विज्ञता उपलब्ध गराउन तयार रहेको बताइन्।
वैद्यले ‘सबैका लागि गतिशीलता’लाई नाइमाको प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गर्दै यातायातलाई केवल सवारीसाधनको प्रयोगसँग जोडेर हेर्न नहुने धारणा राखिन्। उनका अनुसार प्रभावकारी यातायात प्रणाली नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी तथा बजारसम्मको पहुँचसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।
नेपालमा सुरक्षित तथा प्रभावकारी यातायात प्रणाली विकास गर्न सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम, भरपर्दो विद्युतीय चार्जिङ पूर्वाधार, आधुनिक सवारी परीक्षण केन्द्र र दक्ष जनशक्ति आवश्यक रहेको उनले बताइन्। सवारीसाधनको संख्या बढ्दै जाँदा सडक सुरक्षालाई पनि समान प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन्।
अटोमोबाइल क्षेत्रमा दीर्घकालीन लगानी आकर्षित गर्न स्थिर र अनुमानयोग्य सरकारी नीति आवश्यक रहेको वैद्यले बताइन्। नीतिमा पटकपटक हुने परिवर्तन तथा अस्पष्टताले व्यवसायी र लगानीकर्तामा अन्योल सिर्जना गर्ने उनको भनाइ छ।
दशकौँदेखि नेपालमा लगानी तथा रोजगारी सिर्जना गर्दै आएका अटोमोबाइल कम्पनीलाई प्रोत्साहन गर्दै क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताइन्।
नयाँ प्रविधिको प्रवेशसँगै अटोमोबाइल क्षेत्रलाई नियमन गर्ने नीति, कर संरचना तथा आवश्यक पूर्वाधारलाई पनि सोही गतिमा आधुनिकीकरण गर्नुपर्नेमा वैद्यले जोड दिइन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement