बैशाख १२, काठमाण्डौ । स्कटल्यान्डकी ट्रेसी म्याग्वायरलाई अहिले पनि त्यो समयको यादव आउँछ जब उनलाई डाक्टर आफ्ना तीनहप्ने छोरी पेटनको नाकबाट कोरोनाभाइरस परीक्षणका लागि स्वाब नमुना झिकेका थिए। ‘त्यतिखेर मलाई त्यो दृश्यले मलाई निकै गाह्रो भएको थियो’, उनले भनिन्, ‘त्यो पहिलोपटक थियो जब मैले मेरो छोरीको आँखामा आँसु देखेँ।’
ज्ञछडठज्ञण्ठठद्दटद्दछण्हद्दछण्उह।नष
डाक्टरले तोकेको समयभन्दा अगाडि जन्मिएकीले पेटनको तौला केवल डेढ किलो थियो। उनी केवल ३ हप्ताकी थिइन् जब उनमा कोरोना पोजेटिभ देखियो।
गत मार्च २६ पेटनको जन्म भएको थियो। उनी ८ हप्तापहिले नै यो धर्तीमा आएकी थिइन्।
ज्ञछडछघडछढठटद्दठछहद्दद्दण्।नष
करिब ८–१० दिनअघि जब आफ्नी छोरीलाई ट्रेसीले नुहाउन थालिन् तब नाकबाट पानी बगेको र शरीर हल्का तातेकेकोजस्ता लक्षण देखियो जुन कोरोनासँग मिल्दोजुल्दो थियो। ‘तर लक्षण समान र सामान्य थियो, मैले तुरुन्त चिकित्सकलाई खबर गरेँ’, ट्रेसीले भनिन्, ‘त्यसपछि चिकित्सकले परीक्षणपछि मेरी छोरीलाई कोरोना पोजेटिभ भएको बताए, उनीहरुले डराउनुपर्ने अवस्था छैन, सब ठीक हुन्छ भने।’
बीबीसीका अनुसार पेटन स्कटल्यान्डकै सबैभन्दा कम उमेरकी कोरोना संक्रमित भएकी छन्। ट्रेसीले आफ्नी ३ हप्ते छोरीलाई कोरोना संक्रमण हुन्छ भन्ने कल्पनासमेत नगरेको बताइन्। ‘मेरी छोरीले कोरोनासँग कसरी मुकाबला गर्न सक्छ भन्नेमा मलाई निकै चिन्ता थियो’, उनले भनिन्।
पेटनको फोक्सो मजबुत बनाउनका लागि चिकित्सकले स्टेरोयड दिएका थिए। नर्सहरुले पनि निकै मेहनतका साथ पेटनको रेखदेख गरेका थिए।
ज्ञछडण्घडण्ढढठद्दछण्(ह(द्दछण्।नष
पेटनलाई अप्रेसन गरी जन्माइएको थियो। ‘मलाई चिकित्सकले डिस्चार्ज हुँदा १४ दिनम्म छोरीसँग अलग्गै बस्न भनेका थिए’, ट्रेसीले भनिन्, ‘मैले फोनबाटै चिकित्सकलाई आफ्नी बच्चीसँग टाढा बस्न नसक्ने भनेकी थिएँ।’
ट्रेसीको हारगुहारपछि चिकित्सकले उनलाई पेटनसँग सँगै बस्न अनुमति दिए। तर उनका पति एन्ड्रिआन घर फर्किएपछि आइसोलेसनमा बस्न थाले। ट्रेसीले भनिन्, ‘सायद एन्ड्रियानले हिम्मत हारिसकेका थिए, एकातिर छोरी बिरामी र अर्को मेरो अवस्था पनि त्यस्तै।’
अन्ततः हिजो बिहीबार पेटनले कोरोनामाथि जित हासिल गरेकी छिन्। उनी ठिक भएर घर फर्केकी छन्। यो जितसँगै ट्रेसी र उनका पति एन्ड्रियानले अस्पतालका चिकित्सक र नर्सलाई धन्यवाद दिए। ‘कोरोनाविरुद्धको लडाइँमा अस्पतालका चिकित्सक र नर्सहरुलाई साँच्चै नै अविश्वसनीय काम गरिरहेका छन्’, ट्रेसीले भनिन्, ‘उनीहरु आफूलाई जोखिममा पारेर कोरोना संक्रमितको उपचार अग्रपंक्तिमा खटिएका छन्।’
पेटन आफ्ना लागि यो संसारकै सबैभन्दा अनमोल रहेको ट्रेसीले सुनाइन्। ‘आज अस्पालका चिकित्सक र नर्सहरुका कारण मेरी छोरी ठिक भएर मसँगै छिन्’, उनले भनिन्।