वेब तस्विर
मंसिर २७, काठमाडौं । शारीरिक सौन्दर्यका लागि दातको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण हामीले दातको विशेष ध्यान दिनुपर्छ । दातलाई सुरक्षित राख्न दैनिक खानेकुरा र सरसफाइ जस्ता कुरामा पनि उतिकै ध्यान दिनु आवश्यक हुन्छ ।
दात सुरक्षित राख्ने उपाय
- दात बिग्रने प्रमुख कारण यसको स्याहार नर्गनु नै हो । दैनिक दातको राम्रो स्याहार गर्न सकियो भने दात बिग्रदैन ।
- दात र मुखको स्याहार नर्गदा दात र मुखमा जटिल रोगहरु देखा पर्न सक्छन्।
- बिहान बेलुका खाना खाए पछि ब्रस गर्नुपर्छ ।
- राम्रो पेस्टको प्रयोगले दात सफा हुन्छ । जंकफुड खाने बानी त्याग्नु पर्छ । जंकफुड खानेमा दातको समस्या हुन सक्छ । चकलेट धेरै खाने बालबालिकाको पनि दात कमजोर हुन्छ । यस्तो बानीले दातमा समस्या भएर दात निकाल्नुपर्ने पनि हुनसक्छ ।
- खानेकुरा खादा विशेष ध्यान दिनुपर्छ । खानेकुरा बिस्तारै खानुपर्छ ।
- अत्यन्तै तातो र चिसो खानेकुराले पनि दात बिगार्छ । मासुको हड््डीजस्ता साह्रो खानेकुरा सकेसम्म खानु हुदैन् । खाए पनि बिस्तारै खानुपर्छ ।
Share this with your friends: