Advertisement
Advertisement
Advertisement
Advertisement

मोटोपना कति खतरनाक ?

  |      12:38:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २७, काठमाडौं । कति मानिसहरू आफ्नो शरीरको तौल बढी भएपनि खासै वास्ता गर्दैनन् । कतिले स्वास्थ्य परीक्षण गराउन पनि जाँदैनन् । मोटोपनाले कतिपय अवस्थामा ज्यानै पनि लिन सक्छ । सचेत बनौँ। एक भारतीय नागरिक  तारक मेहताको तौल दुई सय केजी थियो ।  यही मोटोपनकै कारण केही समय पहिले उनको मृत्यु भयो । के हृदयघातसँग मोटोपनाको सम्बन्ध छ रु मोटोपनाको कारण एक होइन, अनेक हुन्छन् । पछिल्लो  समय मोटोपना विश्वभरका मानिसको चिन्ताको विषय बनेको छ । भारतमा मात्र तीन करोड मानिस मोटोपनाको शिकार भइरहेको बताइन्छ।

अमेरिकामा प्रत्येक चार जनामध्ये एक जना मोटोपनले पीडित छन् । बढी तौल हुनुलाई शरीर मापक सूचकको रुपमा लिने गरिन्छ । बडीमास इन्डेक्स बढी हुनुलाई मोटोपनाभित्र समावेश गरिन्छ । कतिपयलाई मोटोपनाले केही हुँदैन भन्ने भ्रम पनि छ । तर यो गलत हो । मोटोपनाको कारण शरीरमा विभिन्न रोग लाग्न सुरु भइसकेको हुन्छ । मोटोपनाको कारण हृदयाघात, मस्तिष्क घात, मधुमेह, क्यान्सर, युरिक एसिड, उच्च रक्तचाप लगायत रोग लाग्छन् । यसको साथै मोटोपना भएका मानिसहरूलाई निदाउन पनि गाह्रो हुन्छ । आफ्नो उचाइअनुसार तौल हुनुपर्ने शरीर मापन सूचांकको नियम छ । यसको लागि शरीर मापन सूचाकंकअनुसार ५।७ फिट उचाइ भएका मानिसको स्वस्थ तौल ३० देखि ३९ केजी हुनुपर्छ ।  

 

सोधकर्ताका अनुसार मोटोपना ६ प्रकारका हुन्छन् ।

 

१. आनुवंशिक मोटोपना:

 परिवारमा वंशाणुगत गुणको कारण परिवारका सबै सदस्यहरू मोटा हुन्छन् । परिवारका अन्य सदस्यहरूको पनि खानपानको उस्तै बानीका कारण थप मोटोपना हुन सक्छ ।  यद्यपि ती मानिसको मोटोपना  आनुवंशिक हो । वंशाणुगत मोटोपनाबाट मुक्ति पाउन धेरै कठिन हुन्छ । तर भोजनमा नियन्त्रण गरेर यसबाट छुटकारा पाउन सकिन्छ ।

 

२. खानपानको कारण मोटोपना:

मोटोपनाका यो कारण सबैलाई जानकारी भएको विषय हो । हाम्रो दैनिक जीवनशैली प्रायः यो मोटोपनाका लागि जिम्मेवार हुन्छन् । मोटोपनाको सबैभन्दा सामान्य कारण पनि यही हो । खानपानमा नियन्त्रण गरेर यो नियन्त्रण गर्न सकिन्छ ।

 

३. अनियमितताको कारणले हुने मोटोपना:

कोही मान्छेहरू  यस्ता हुन्छन् कि आफू भोकाएको तथा अघाएको बारेमा ख्याल राख्न सक्दैनन् । जसलाई खाना खानेबित्तिकै पनि भोक लागिहाल्छ । यस्ता मानिसलाई जतिबेला पनि खानाको ईच्छा हुन्छ । यो बानी नै मोटोपनाको कारण बन्छ ।

 

४. नर्वस मोटोपना;

खाना खानाले मस्तिष्कको  सन्तुष्टि त मिल्छ तर फेरि पछुतो पनि । तर जो  मानिस लागि मनोवैज्ञानिक रुपमा दिक्क भइरहेका हुन्छन् र उनीहरू पश्चातापमा पनि हुन्छन् ।  यस्ता मानिसहरू खानाकै चिन्तामा हुन्छन् । उनीहरू खानाको खोजीमा आफैं चिन्तित हुन्छन् र भोक लागेपछि धेरै खान्छन् । यही कारण उनीहरूमा बढी मोटोपना बढेको हुन्छ ।

 

५.  हर्मोनजन्य मोटोपना;

हाम्रो शरीरमा हुने हर्मोनमा असन्तुलन आयो भने पनि मोटोपन बढ्छ । यसको चिकित्सकको सल्लाहमा उपचार गरेपछि मोटोपना घट्न सक्छ ।

 

६.  थर्मोजेनिक ओबेसिटी (शक्ति सञ्चयको कारण हुने मोटोपना);
हामीले जति पनि खाने कुरा खान्छौँ, त्यो शरीरमा शक्तिको रुपमा रुपान्तरित हुन्छ । यो शक्ति खर्च गरेनौँ भने या कुनै पनि माध्यमबाट बाहिर निस्केन भने शरीरभित्र जम्मा भइराख्छ । यो पनि मोटोपनाको कारण हो ।

 

मोटोपना किन खतरनाक हुन्छ ?

पोषणविद् तथा चिल्लोपना विज्ञ डा। शालिनी मोटोपना तथा बढी तौल आजको समयमा ठूलो स्वास्थ्य समस्याको रुप बनेको बताउँछिन् । यसको सिधा सम्बन्ध हाम्रो जीवनशैलीसँग छ । उनी भन्छिन्, ‘यसमा कुनै शंका छैन कि मुटुसँग जोडिएको रोग हृदयघात, मुटुको चाल बन्द हुने समस्याको पछि मोटोपना मुख्य कारण देखिन्छ । मोटोपना बढ्नासाथ उच्च रक्तचाप बढ्न थाल्छ, मधुमेह हुन्छ, रगतमा कोलस्ट्रोल बढ्दै जान्छ । यी सबैको असर हृदयघात तथा मुटुरोगको रुपमा देखिन्छ । डा. शालिनीको विचारमा भारतका दैनिक भोजनमा चिल्लो तथा कार्वोहाइडे«डको मात्रा बढ्दै  गएको छ । तर प्रोटिनको मात्रा घट्दै  गएको छ । यसको सोझो असर मुटुमा पर्छ । यसको साथै शारीरिक व्यायाम कम हुँदा यसको थप खतरा बढ्छ । मोटोपना फाउण्डेशनको एक अध्ययन अनुसार मोटोपना भएका मानिसहरूमा गठियाँ, अनिन्द्रा, क्यान्सर, हृदयघात तथा मुटुसम्बन्धी अन्य रोगहरू लागेको पाइएको छ । यस्ता मानिसमा आकस्मिक मृत्युको खतरा बढ्छ । डा। शालिनी भन्छिन्, ‘आजभोलि विभिन्न रोगको मुख्य कारण मोटोपना नै देखिन्छ । मोटोपनाको कारण हाम्रो गलत जीवनशैली नै हो ।’ अमेरिकन कलेज अफ कोर्डियोलोजीमा प्रकाशित एक अध्ययन अनुसार जो मानिसहरू मोटोपनाको शिकार हुन्छन् या मोटोपनले पीडित छन् उनीहरूलाई आकस्मिक हृदयघातको आशंका बढिरहेको हुन्छ । यो पनि प्रश्न उठ्छ कि मोटोपनाले कसरी मन या मुटुमा कसरी असर गर्छ रु या कसरी मोटोपना हृदयघातको कारण बन्छ रु यी प्रश्नको जवाफको लागि हामीले यो कुरा बुझ्न आवश्यक छ कि हृदयघात के हो ? आकस्मिक हृदयघात र मुटुरोगबीच फरक छ । मुटुमा त्यतिबेला खराबी आउँछ जब मुटुमा पुग्ने रगतमा कुनै कारणले बाधा आउँदा मुटुमा एक्कासी गडबडी हुन्छ । यही कारण अचानक मुटुले काम गर्न छोड्छ । यसलाई कार्डियाक अरेस्ट ९हृदयघात० भनिन्छ । यस्तो अवस्थामा व्यक्ति बेहोस हुने, श्वास फेर्न बन्द हुने अर्थात् तुरुन्तै उपचार नपाएमा व्यक्तिको मृत्यु् पनि हुन सक्छ।

 

मोटापनाले कसरी हृदयघात हुन्छ ?

भारतीय मुटुरोग विशेषज्ञ डा.  विवेकका अनुसार मोटोपन आकस्मिक हृदयघातको कारण हुन सक्छ । ‘मोटोपनाले कोलस्ट्रोल बढ्छ, जो एक्कासी हृदयघातको कारण बन्छ’, जति उमेर बढ्दै जान्छ, त्यत्तिकै यसको खतरा बढ्छ ।’ उनले भने ।

 

यसबाट कसरी बच्ने ?
डा.  विवेक कुमार उपचारभन्दा यो समस्या आउन नदिनमै सचेत हुन सुझाउँछन् । जस्तो कि कुनै पनि व्यक्तिको तौल एक÷दुई किलो बढ्ने बित्तिकै सचेत हुनुहोस् । किन कि एकपटक मोटोपन बढेपछि यसलाई घटाउन कठिन हुन्छ । यसकारण सुरुमै ध्यान दिऔँ ।

 

मोटोपना बढ्न नदिने यस्ता जीवनशैली अपनाउन चिकित्सक सुझाउँछन् ।

–खानामा कार्वोहाइड्रेट अन्न जन्य खाना, आलु, पिँडालु, सखरखण्ड को मात्राको सन्तुलन हुनेपर्छ ।
– खानामा फलफुल सलादको समावेश गर्ने
– दैनिक व्यायाम गर्ने
– सन्तुलित भोजन गर्ने
–रातिको भोजन हल्का खाने

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement