चैत २७, काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा आइतबार बिहान पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाट रहेकी छिन् ।
ग १४ प ६५७ नम्बरको मोटरसाइकल हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गर्दा नियन्त्रण गुमाएर पल्टिँदा पछाडी सवार उनी घाइते भएकी थिइन् । जिल्ला अस्पताल दमौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।