Advertisement
Advertisement
Advertisement
Advertisement

मेकअपले बढ्दो उमेरमा आउने चाउरीपन कम गर्न सकिन्छ

  |      16:27:00   |  
तस्विर: नायिका स्वस्तिमा खड्काको फेसबुक पेजबाट
तस्विर: नायिका स्वस्तिमा खड्काको फेसबुक पेजबाट

मंसिर ७, काठमाडौं। मेकअपले सौन्दर्य बढाउनुका साथै सही मेकअपबाट बढ्दो उमेरमा आउने चाउरीपन पनि कम गर्न सकिन्छ । जवान देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ : 

ओठको मेकअप :  पातलो एवं सुख्खा ओठ बढ्दो उमेरको निशानी हो । सही ढंगमा ओठको मेकअप गरे यो समस्याबाट बच्न सकिन्छ । गाढा रंगको साटो हल्का रंगको लिपिस्टिक तथा लिपग्लस लगाउनुपर्छ । यसले ओठ मोटो देखिन्छ ।
मस्कारा :  मस्कारा प्रयोग गरिसकेपछि परेला कर्ल गर्नुपर्छ । यसले आँखा ठूलो तथा राम्रो देखिन्छ । यङ लुक्सका लागि मस्काराको २–३ कोट प्रयोग गर्नुपर्छ ।
आइस्याडो : उमेरको सबैभन्दा बढी असर आँखामा देखिन्छ । आँखामा देखिएको चाउरीपन हटाउन गाढा, सिमरी आइस्याडो लगाउनुपर्छ । आइस्याडो लगाउँदा आँखाका साथै आँखाको भित्री कर्नर तथा आइब्रोको तल थोरै आइस्याडो लगाउनुपर्छ ।
पाउडर : उमेर वृद्धिसँगै छालाको प्राकृतिक सुन्दरतामा कमी आउँछ । यस्तो अवस्थामा पाउडर प्रयोग गर्दा चाउरी देखिन सक्छ । धेरैले अनुहारमा आउने चिल्लोपन कम गर्न पाउडर प्रयोग गर्छन् । यद्यपि पाउडरले चाउरीपनको समस्या उत्पन्न गर्छ । पाउडरको साटो मोस्चराइजरयुक्त फाउन्डेसन प्रयोग गर्नुपर्छ । यसले छालामा देखिने चिल्लोपन कम गरेर त्यसमा निखार ल्याउँछ ।
ब्लसर : अनुहारमा लगाइने पाउडरजस्तै ब्लसरको प्रयोग गर्दा पनि केही समयपछि चाउरीपन देखा पर्न थाल्छ । त्यसैले क्रिमयुक्त ब्लसर प्रयोग गर्नुपर्छ । जवान देखिन पिंक कलरको ब्लसर प्रयोग गर्न सकिन्छ । ब्लसर लगाउँदा औंला सफा हुनुपर्छ ।
आइलाइनर : आँखाको सौन्दर्य बढाउन आइलाइनरलाई आँखाको एउटा कुनाबाट अर्को कुनामा मिलाएर लगाउनुपर्छ । यसले आँखाको सौन्दर्यमा निखार ल्याउँछ ।
कन्सिलर : उमेर वृद्धिसँगै धेरैजसोको आँखाको तल कालो दाग देखापर्छ । आँखामुनिको कालो घेरा छोप्न कन्सिलर प्रयोग गर्न सकिन्छ । जवान देखिन साधारणभन्दा पनि पिच तथा आफ्नो छालाको कलरको हल्का कन्सिलर प्रयोग गर्नुपर्छ ।
राम्रो छालाका लागि :  धेरैबेर घाममा बस्दा प्रिमेच्योर एजिङको समस्या हुनसक्छ । त्यसले कडा घाममा सकेसम्म जानुहुँदैन । खानेकुराको असर पनि सीधै छालामा पर्छ । त्यसैले राम्रो छालाका लागि सन्तुलित खानेकुरा खानुपर्छ ।
–शरीरमा पानीको कमी भए छालाको चमक फिक्का हुन्छ भने चाउरीपनको समस्या पनि बढ्न सक्छ । त्यसैले पर्याप्त पानी तथा तरल पदार्थ सेवन गर्नुपर्छ ।
–धूम्रपान छालाका लागि हानिकारक हुन्छ । यसले अनुहारको कम्प्लेक्सन बदलिनुका साथै अनुहार नराम्रो देखिन्छ । धूम्रपानको लत छालाका साथै स्वास्थ्यका लागि पनि हानिकारक छ ।
–थोरै अल्कोहलले स्वास्थ्यमा क्षति नपुर्‍याए पनि धेरै पिए छाला डिहाइड्ेरड हुन्छ । यसले अनुहार वरपरको छालालाई पनि प्रभावित तुल्याउँछ । अल्कोहलको सेवनले शरीरको आवश्यक भिटामिन पनि नाश हुन्छ ।
–तनाव पनि सौन्दर्यको शत्रु हो । तनावले अनुहारमा एक्स्ट्रा ओयल बनाउँछ । यसले अनुहारका रौंछिद्रहरू बन्द गरिदिन्छ । यसले ब्ल्याक हेड्स तथा दाग पैदा गर्छ । तनावबाट टाढा रहन एवं जवान देखिन केही समय ध्यान गर्नु आवश्यक छ ।
–मोटोपन अर्थात् आवश्यकताभन्दा बढी तौलले सुन्दरता बिगार्न सक्छ । कम उमेरमा यो कुरा थाहा नभए पनि उमेर वृद्धिसँगै त्यसले सताउन थाल्छ । यद्यपि उमेर वृद्धिसँगै डाइटिङ गर्दा तौल कम हुनुका साथै साइड इफेक्ट पनि देखिन्छ । अचानक तौल कम गर्दा गाला तथा घाँटीको छाला लुज हुन्छ । त्यसैले डाइटिङभन्दा तौल कम गर्ने प्रयास गर्नुपर्छ ।
–जवान तथा फिट देखिन नियमित रूपमा व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा शरीरबाट प्राकृतिक ओयल निस्कन्छ अनि छाला नरम हुन्छ भने रक्तसंचार पनि सुचारु हुन्छ । त्यसपछि छालाको अक्सिजनको कमी पनि पूरा हुन्छ । जसले गर्दा छाला स्वस्थ  तथा सुन्दर देखिन्छ ।
–ब्रेड, चिनी भएको जुस, चकलेट, चिप्स, पिज्जाजस्ता खानेकुराले पाचनप्रणालीलाई प्रभावित तुल्याउँछन् । जसको नकारात्मक असर छालामा देखिन्छ । त्यसैले स्वस्थ तथा सुन्दर छालाका लागि यस्ता खानेकुराबाट टाढै रहनुपर्छ ।
जवान देखिने सजिलो उपाय
सही तरिकाले मेकअप नगरे अनुहारको सौन्दर्य बिग्रन सक्छ । त्यसैले जवान तथा            सुन्दर देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ?
–बढी उमेरका महिलाहरू डार्क सर्कल लुकाउन आँखाको तलको परेलामा बढी कन्सिलर लगाउँछन् जसले आँखा सानो देखिन्छ । त्यसैले आवश्यकताभन्दा बढी कन्सिलर लगाउनुहुँदैन।
–बढ्दो उमेरका महिलाले कालो आइलाइनरको प्रयोगबाट बच्नुपर्छ । कुनै नरम तथा खैरो आइलाइनर लगाउनुपर्छ । यसले जवान देखाउँछ ।
–आँखीभौंमा धेरै गाढा पेन्सिल लगाउनुहुँदैन । यसो गर्दा उमेर धेरै भएजस्तो देखिन्छ ।
बढ्दो उमेरको संकेत थाहा पाउनुपर्छ
आँखा वरपरको छाला संवेदनशील हुन्छ । त्यसैले बढ्दो उमेरको संकेत सबैभन्दा पहिले आँखा वरपर देखिन्छ ।
बढ्दो उमेरको संकेत
–अनुहारको कान्ति नष्ट हुनु ।
–छालाको चमक जानु ।
–छालाको कसिलोपन कम हुनु ।
–आँखाको तल लाइन तथा चाउरी देखिनु ।
–निधारमा रेखा देखिनु ।
–हाँस्दा गालामा रेखा देखिनु ।
एन्टी एजिङ ब्युटी ट्रिटमेन्ट
केही खास ब्युटी ट्रिटमेन्टबाट बढ्दो उमेरको संकेत रोक्न सकिन्छ ।
–इन्जेक्टेबल फिलर्स ट्रिटमेन्टको प्रयोगबाट छालामा एजिङको प्रभाव कम गर्न सकिन्छ ।
–परम्परागत फेस लिफ्टका अतिरिक्त रेडियो फ्रिक्वेन्सी ट्रिटमेन्ट पनि अपनाउन सकिन्छ ।
–लेजर प्रविधिले पनि छालामा एजिङको प्रभाव कम गर्छ ।
सावधानी : यी सबै ट्रिटमेन्ट दक्ष डर्मेटोलोजिस्टबाट मात्र गराउनुपर्छ ।

 

नयाँ बानेश्वरस्थित आयना ब्यूटि पार्लरकी ब्यूटिसियन सोनु श्रेष्ठसँगको कुराकानीमा आधारित सौन्दर्य जानकारी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement