साउन २२, काठमाडौं । आरके इन्टरटेनमेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमा पाँच मिसको खोजि गर्दै मिस ग्रान्ड नेपाल २०२१ आयोजना गर्ने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरेको छ।
नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी गर्दै आरके इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल , मिस स्कुवा इन्टरनेसनल , मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्को एउटा ताज सहमेत थप गरी ५ सुन्दरीहरुलाई इन्टरनेसनल प्रतिस्पर्धाका लागि पठाउने निर्णय समेत गरेको छ । इच्छुक सहभागिले भदौं १५ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।
राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालका अध्यक्ष राम केसीले जानकारी दिनुभयो । पछिल्लो तीन वर्षदेखि लगातार रुपमा आयोजना भइरहेको यस प्रतियोगितामा स्थानियय तथा प्रदेशमा रहेका युवतीलाई समेत सहभागी गराउने उद्देश्यले साउन २० देखि भाद्र ११ सम्म नेपालगन्ज, बुटवल, पोखरा, चितवन, विरगन्ज, धरान र झापामा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने आयोजकले जानकारी दिनुभयो । अन्तिम अडिसनका लागि भने होटल नेपालयमा भदौ १९ मा गरिने श्री प्रशाद शर्माले बताउँनुभयो । युवतीहरुका बाहिर तथा भित्री सौन्दर्यलाई प्राथमिकतामा राखेर मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने किरियो ग्राफर रोजिन शाक्यले बताउँनुभयो । आरके इन्टरटेन्मेन्टले अद्भुत प्रतिभालाई मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने अध्यक्ष केसीको भनाई छ।
पत्रकार सम्मेलनमा मिस ग्रान्ड नेपाल टुरिजम प्रीति पौडेल , मिस ग्रान्ड नेपाल लण्डस्केप अस्मिता ढुंगाना , किसन राज सिंह लगायतले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता आयोजना गरेर आरके इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन योगदान पुगेको दाबि गर्नुभयो।
यस्तै मिस ग्रान्ड नेपाल २०२१ को अफिसियल पहिरन डिजाइनरका रुपमा टिपाज क्रियसनका संचालक तथा नेपालका चर्चित तथा सफल फेसन डिजाइनर प्रेम देवले सहभागि प्रतियोगिहरुका लागि पहिरन डिजाइन गर्ने जिम्मेवारी लिनुभएको छ । यो भन्दा अगाडि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्नो सिप प्रदर्शन गरिसकेका प्रेम देव कुशल तथा लोकप्रिय डिजाइनरका रुपमा परिचित व्यक्तित्व हुन् ।
मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै, मोबाइल फोन , कम्पनी बmदबककबमयच र नेपाली चलचित्रमा नायिका हुने अवसर पाउने, बिजेता सबैले इन्टरनेशनल प्रतियोगिता २०२१, मा नेपाली झन्डा फहराउँदै नेपालको प्रतिनिधित्व गर्न पाउने छन् । उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि फारम भर्ने मिति साउन २० गतेबाट खुल्ला गरिएको छ । अडिसन, पोखरा, बिराटनगर ,बुटवल, चितवन, धरान ,लागाएतका विभिन्न सहर हरुमा हुने र मेगा अडिसन काठमाडौँमा गरिने आयोजक संस्थाले जानाएको छ । छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको आवश्यक तालिम समेत प्रदान गरिने छ ।
अडिसन हुने स्थान र मिति
साउन २८ गते पाल्पा
साउन ३० गते पोखरा
भदौ ३ गते चितवन
भदौ ५ गते बिराटनगर
भदौ ९ गते धारन
भदौ १३ गते बुटवल
भदौ १५ गते हेटौडा
भदौ २० गते काठमाडौं