Advertisement
Advertisement
Advertisement
Advertisement

मिर्गौला प्रत्यारोपणः जोसुकैलाई दिन अघि सर्ने महिला स्वयम्‌लाई भने दाता पाउन मुस्किल

  |      11:49:00   |  
मिर्गौला प्रत्यारोपणः जोसुकैलाई दिन अघि सर्ने महिला स्वयम्‌लाई भने दाता पाउन मुस्किल

मतिना त्वानाबासु

चैत ९, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक प्रत्यारोपणका लागि आवश्यक मिर्गौला दान गर्न भाञ्जी भनिएकी एक महिला अगाडि सरिन्। ओलीले पहिलोपटक मृगौला पनि एक महिलाबाटै पाएका थिए।

खासमा प्रधानमन्त्रीका लागि मात्र नभइ घर परिवारका सदस्यलाई मिर्गौला दान दिन परे परिवारका महिला नै अगाडि सर्ने गरेको पाइएको छ।

नेपालमा मिर्गौला दान गर्नेहरूमा पुरुषको तुलनामा महिलाहरूको सङ्ख्या धेरै रहेको विभिन्न तथ्याङ्कले देखाएको छ।

स्वस्थ महिला वा पुरुष जो कसैले मिर्गौला दिन सक्ने भए पनि समाजमा व्याप्त लैङ्गिक विभेद र पुरुषप्रधान सोचका कारणु मिर्गौला दिनेमा महिला बढी र लिनेमा पुरुष बढी देखिँदै आएको चिकित्सकहरू बताउँछन्।

आफन्तलाई आवश्यक पर्दा मिर्गौला दिनेमा महिलाहरूको सङ्ख्या धेरै रहे पनि उनीहरूलाई चाहिँदा भने सहज रूपमा पुरुषहरूबाट पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ।

पीडामा खुशी

बुटवलकी दुर्गादेवी विष्टले भक्तपुरस्थित शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा गत साता आफ्नी कान्छी छोरी सम्झनालाई मिर्गौला दिएकी हुन्।

पाठेघर फालिसकेको बताउने उनले केही समयअघि पायल्सको शल्यक्रिया गरेकी थिइन्।


मिर्गौला स्वस्थ राख्न जान्नैपर्ने कुरा
६ महिनापछि पित्त थैली फाल्ने योजना रहेको सुनाउँदै उनले आफ्नी छोरीको जीवन र उनको भविष्यको लागि मिर्गौला दिँदा आफूलाई पीडाभन्दा पनि खुशी लागेको बताउँछिन्।

ुछोरीका बाबाले मलाई कमजोर छौ नदेऊ भन्नुभएको थियो। तर मैले नै मानिन। म यसै कमजोर उसै कमजोर। मलाई छोरी बचाउनु थियो। अरु केही चाहिन्नथ्यो। अहिले त मभन्दा पनि तगडा भइसकिन्। म खुशी छु।

बाध्यता

सोही केन्द्रमा श्रीमानको ज्यान जोगाउन दोलखाकी २९ वर्षीया स्वस्थानी दाहालले पनि मिर्गौला दिएकी छन्।

विदेशमा कार्यरत उनका श्रीमान यमु दाहालको मिर्गौला बिग्रिएको पत्ता लागेपछि उनलाई नेपाल फर्काइयो।


उनको श्रीमानलाई कसैले मिर्गौला नदिएपछि स्वस्थानी आफैले दिइन्
स्वस्थानीलाई अस्पतालमा कुरुवा बसेकी दुर्गा कार्कीले भनिन् दाइको लागि मिर्गौला दिने मान्छेको खोजी गर्‍यौँ। उहाँको बुवा आफै छोरालाई मिर्गौला दिन्छु भनेर आउनुभयो। तर कान्छी आमाले मान्नुभएन।

परिवारमा कसैले पनि उनको श्रीमानको लागि मिर्गौला दिने मनसाय नदेखाएपछि आफै अघि सरेको स्वस्थानीले बताइन्।

श्रीमानलाई बचाउन कोही आएनन्। मैले पनि नदिए कसले दिने ? श्रीमान नै रहेनन् भने मेरो जीवनको के अर्थ ? मरे सँगै मरुँला बाँचे सँगै बाँचुला भनेर मैले नै दिएकी हुँ।

आफ्नो सन्तान, श्रीमान वा आफन्तलाई मिर्गौला दान गर्ने महिलाहरूको सङ्ख्या ठूलो छ नेपालमा।

पुरुषप्रधान सोच

शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म सो केन्द्रमा ५५० जना पुरुष र १४२ जना महिलाहरूको मिर्गौला प्रत्यारोपण गरिएको छ।

तर मिर्गौला दान गर्ने दाताहरूको तथ्याङ्क हेर्दा ४ सय ८८ जना महिलाहरूले मिर्गौला दान गरेका छन् भने पुरुष दाताको सङ्ख्या १७९ देखिन्छ।

इच्छा, लोभ, जिम्मेवारीबोध, दबाब, जुनसुकै कारण भएपनि ुदिने महिला लिने पुरुषु पुरुषप्रधान समाजको यो विशेषता मिर्गौला दानमा पनि प्रतिविम्वित हुँदै आएको बताउँछिन् नेफ्रोलोजिष्ट डा कल्पनाकुमारी श्रेष्ठ।

हामीकहाँ मिर्गौला लिने र दिनेबीचको लैङ्गिक खाडल ठूलो छ। परिवारमा कसैलाई अप्ठ्यारो पर्यो भने सबैभन्दा पहिला महिला अघि सर्छिन्। तर उनलाई अप्ठ्यारो पर्यो भने उनको परिवार अरूलाई अघि सार्छन्। सकभर माइती तिरका मानिसलाई अघि ल्याउँछन्। महिलाहरू घरको काम गर्छन् जुन जो कसैले गर्न सक्छन्। तर पुरुषले बाहिर गएर काम गरेर कमाएर ल्याउन पर्छ। उ कमजोर हुनुहुँदैन भन्ने पुरुषप्रधान सोचका कारण नचाहँदा नचाहँदै पनि कति महिलाहरुले अङ्ग दान गरिरहेका छन्।

मिर्गौलादाताहरूको तथ्याङ्कमा देखिएको लैङ्गिक खाडल कम गर्ने उद्देश्यले पुरुष दातालाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने कार्यक्रम समेत सञ्चालन गरिएको थियो।


अब ओलीको शरीरमा कतिवटा मिर्गौलारु डा। ज्ञवाली यसो भन्छन्
तर अपेक्षाकृत रुपमा सफलता हासिल गर्न नसकिएको जानकारहरू बताउँछन्।

अर्का चिकित्सक डा। लुसन सिं महिलाहरूको समर्पणभावका कारण बढीजसो मिर्गौला प्रत्यारोपणमा दाताको भूमिकामा उनीहरू देखा पर्ने गरेको सुनाउँछन्।

तर महिला स्वयमलाई चाहिएको अवस्थामा भने पुरुष दाताहरू पाउन धौधौ पर्ने गरेको अनुभव उनको पनि छ।

कानुन

अङ्ग प्रत्यारोपणबारेको नयाँ नियमावलीले स्वस्थ व्यक्तिको अङ्गदानमा महिलालाई हुने गरेको भेदभाव मृत्युबाट हुने अङ्गदानले केही हदसम्म कम गर्ने विश्वास लिएको चिकित्सकहरू बताउँछन्।

मिर्गौला आवश्यक पर्दा महिलालाई तीन नम्बर र पुरुषलाई एक नम्बर दिने गरेको भन्दै यस्तो कानुन संसारमा कतै नभएको डा। कल्पना श्रेष्ठ बताउँछिन्।

यस्तो छ ओलीको मिर्गौला प्रत्यारोपण गर्ने प्रमुख चिकित्सकको अनुभव

उनले भनिन्, नयाँ कानुन महिलामैत्री बनाइएको छ। मिर्गौला आवश्यक पर्दा महिलालाई तीन नम्बर र पुरुषलाई एक नम्बर दिने गरिन्छ। यस्तो नियम संसारमा कतै पनि छैन।ु

महिला पुरुष जो कसैले मिर्गौला दिएपनि त्यसपछिका दिनमा सामान्य जीवन बाँच्न सक्छन् भन्ने जनचेतना व्यापक रुपमा फैलाउन सकियो भने पुरुष दाताहरू बढ्न सक्ने बताइएको छ।


दाइलाई मिर्गौला दिने बहिनी
त्यस्तै मृत्युपछि नष्ट हुने अङ्गहरू दान दिने संस्कारमा वृद्धि गर्न सकिए पनि महिलाहरूले मिर्गौलालगायत अन्य अङ्गहरू आवश्यक पर्दा पाउन सहज हुने विश्वास गरिएको छ।

बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement