Advertisement
Advertisement
Advertisement
Advertisement

मिठो निद्रा कसरी पाउँने ?

  |      12:56:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ३०, काठमाडौं । हिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो। मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य कारणले गर्दा मानिसको निद्रा अनियमित हुँदै गएको छ।  राम्रो निद्रा नलाग्नु र दीर्घकालीन रुपमा निद्रा नलाग्नुले बुढेसकालमा देखा पर्ने रोगहरु लाग्ने अनुसन्धकर्ताहरु बताउँछन्। यसले गर्दा दोस्रो खालको मधुमेह, उच्च रक्तचाप, मोटोपना, सम्झने शक्ति घट्दै जाने, बुढो देखिनेजस्ता स्वास्थ्य समस्या चाँडै देखा पर्ने अध्ययनहरु बताउँछन्। यदि तपाईं निकै थकित हुनुहुन्छ तर सुतिरहनुभएको छैन, तपाईंले गलत गरिरहनुभएको छ, अनुसन्धाता भन्छन्। यस्ता विभिन्न कारणले गर्दा मानिसहरुले निद्रालाई असर पुर्या्इरहेको अध्ययनहरुले देखाएका छन्ः

 

१.  घडी हेर्ने
सुतिरहेको बेला ब्युझेपछि घडी हेर्ने र निदाउन नसक्ने सबैभन्दा गाह्रो विषय भएको विशेषज्ञहरु बताउँछन्। म किन यति चाँडै ब्युँझे ? फेरी सुतुँ कि नसुतुँ ?, यस्ता प्रश्नहरुले गर्दा मानिसहरुको निद्रालाई असर गर्ने उनीहरुको दाबी छ।

 

२.. उज्यालो कोठामा सुत्ने
उज्यालो कोठामा सुत्ने वा चम्किलो बत्ती बालेर सुत्नाले निद्रामा असर गर्छ। हाम्रो दैनिकी उज्यालो र अँध्यारोले नियमन गर्छ। अँध्यारोले हाम्रो मष्तिष्कलाई निद्रा लागेको महशुस गराउँछ भने उज्यालोले मस्तिष्कलाई ब्युझाउँछ। धेरै मानिसहरुका लागि उज्यालोभन्दा अँध्यारो कोठा सुत्नका लागि उपयुक्त हुने अध्ययनहरुले बताउँछन्।

 

३.  अनियमित तालिका
हामी सबैको व्यस्त समयतालिका हुन्छ। तर हाम्रो सुत्ने र उठ्ने समय अनियमित भएमा निद्रामा समस्या देखा पर्छ। केही साताको अवधिसम्म सुत्ने र उठ्ने नियमित समय तालिका मिलाउने हो भने निद्रा एउटा तालिकामा आउँछ। यसले निद्राको गुणस्तर सुधार्ने मात्र नभई जीवनको गुणस्तर पनि सुधार्ने विशेषज्ञहरु बताउँछन्। ६ सातासम्म यसो गर्यो भने फरक महसुस गर्ने उनीहरु बताउँछन्।

 

४. धेरै मात्रामा क्याफिन पिउने
बेलुका ८ बजे कफी खाएर मस्त निदाउन सक्ने निकै कम मानिस हुन्छन्। सामान्यतयाः मानिसलाई धेरै जसो क्याफिन प्रशोधन गर्न आठ देखि १० घन्टाको समय लाग्छ। यदि कसैलाई निद्रामा कठीनाई छ भने, कफीको अन्तिम कप मध्याह्न १२ बजेभित्रै लिनुपर्छ।

 

५. टेलिभिजन हेर्ने, वा ट्याब्लेट वा फोनमा व्यस्त रहने
उज्यालो प्रकाशले हाम्रो सुत्ने व्यवहारमा असर गरेजस्तै टेलिभिजन, ट्याब्लेट, ल्यापटप वा स्मार्टफोनको चम्किलो स्त्र्किनले पनि सुत्ने बानीमा असर गर्छ। यदि तपाईंले टेलिभिजनमा केही हेर्दै हुनुहुन्छ भने त्यसले तपाईंको प्राकृतिक तनावको मात्रा बढाउन सक्छ। विशेष गरी फिल्म वा थ्रिलर हेर्दा, त्यसले हाम्रो मानसिक अवस्थामा परिवर्तन ल्याउँछ। स्मार्टफोन वा ट्याब्लेटको पनि त्यस्तै हो। विशेष गरी सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा त्यसले निद्रामा असर गरिरहेको हुन्छ। विशेषज्ञहरु शयन कक्षलाई ुनो टेक्नोलोजी जोनु बनाउने प्रयास गर्न सुझाउँछन्।

 

६।. सुत्ने बेला तरल पदार्थ पिउने
सुत्ने बेलामा मदिराजन्य र अन्य पदार्थ पिउनाले पनि निद्रालाई असर गरेको हुन्छ। कसैलाई मदिरा पिउनाले राम्रो निद्रा पर्छ भन्ने भ्रम रहेको हुन्छ। तर, यो सत्य होइन।

 

७. बेलुकाको खाना ढिलो खाने
समयमा निद्रा नपर्नुको अर्को कारण बेलुकाको खाना ढिलो खानाले हो। यदि तपाईंलाई निद्रामा समस्या छ भने, डिनर चाँडै खानुहोस्। खाना खानासाथ सुत्नु पनि स्वास्थ्यका लागि राम्रो नहुनाले बेलुकाको खानेकुरा चाँडो खानु राम्रो हुन्छ।

 

८. हल्लामा सुत्ने
हल्ला भनेको सवारी साधनको आवाज, रोइरहेको बच्चा वा छिमेकमा भएको हल्ला हुन सक्छ। यसले गर्दा मस्त निद्रामा असर गरेको हुन सक्छ। त्यसैले, सुत्ने बेला सकेसम्म हल्लाबाट टाढा रहनु राम्रो हुन्छ। यदि हल्लाबाट टाढा रहन सम्भव भएन भने कानमा केही लगाएर सुत्दा राम्रो हुन्छ ।

 

९.  तातोमा सुत्ने
जाडो महिनामा हिटर वा इलेक्ट्रिक ब्ल्याङ्केट चलाएर सुत्नाले पनि निद्रामा समस्या हुन सक्छ। धेरै तातोभन्दा ठिक्कको तापक्रम भएको बेडरुम उपयुक्त हुने अनुसन्धाताहरु बताउँछन्। बेडरुमको तापक्रम १५ देखि १९ डिग्री सेल्सियस हुनु राम्रो मानिन्छ।

  नागरीक खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement